AnonymousUser

Logout

मनाङमा यस वर्षकाे पहिलो हिमपात

मनाङमा विगतका वर्षमा मंसिरदेखि हिउँ पर्ने भए पनि यस वर्ष पुसको अन्तिम सातामा मात्रै परेको हो।

बिरामीलाई अर्को अस्पतालमा रेफर गर्नेसम्बन्धी निर्देशिका जारी

निर्देशिकाले आकस्मिक तथा भर्ना भएका बिरामीको उपचार सम्भव नभएमा अर्को अस्पतालमा नपुर्‍याउँदासम्मको जिम्मेवारी प्रथम अस्पतालको हुने निश्चित गरेको छ।

गाजा युद्धविराम र बन्धकहरूको रिहाइका लागि बाइडेनले नेतन्याहुलाई गरे फोन

यस वार्तालाई डोनाल्ड ट्रम्पले राष्ट्रपति बन्नुअघि सहमतिमा पुग्ने अन्तिम प्रयासको हिस्साका रूपमा लिइएको छ।

विदेशी बजारमा कर्णालीको अदुवा

अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो।

रियललाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कप

साउदी अरबको जेद्दाहमा आइतबार सम्पन्न स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग रियल ५–२ गोल अन्तरले पराजित भएको हो।

‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए। 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा छिटपुट वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

भूकम्प र मनसुनजन्य विपद्पश्चात्को पुनर्निर्माण तथा पुनर्स्थापना योजना स्वीकृत

आन्तरिक वा बाह्य स्रोत परिचालन गर्न अर्थ मन्त्रालयले अग्रसरता लिने छ भने पुनर्निर्माण र पुनर्स्थानाका लागि प्राधिकरणको समन्वयमा साझेदार संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ।

मनहरीमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

मकवानपुरको मनहरीमा स्कुल बसको ठक्करबाट आइतबार दुई वर्षीया बालिकाको मृत्यु भएको छ।

त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकबाटै १ वर्षमा ७ जनाको कलेजो प्रत्यारोपण

त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकले स्वतन्त्र रूपमा कलेजो प्रत्यारोपण गरेको आइतबार एक वर्ष पुगेको छ भने, यो अवधिमा सात वटा कलेजो प्रत्यारोपण गर्न सफल भएका छन्।

चीनले ऊर्जा बचाउन सञ्चालनमा ल्यायो ‘कार्बन फाइबर’ मेट्रो ट्रेन

पूर्वी चीनको शानडोङ प्रान्तको बन्दरगाह शहर चेङ्दुमा सेट्रोभो १.० नामक ‘कार्बन फाइबर’ मेट्रो ट्रेन सञ्चालनमा आएको छ।

प्राकृतिक स्रोत रोयल्टी : प्रदेश र स्थानीय तहको हिस्सा बढाउने तयारी

विद्यमान कानूनमा तहगत सरकारबीच रोयल्टी बाँडफाँटको अनुपात सबै प्राकृतिक स्रोतका लागि समान रहेकोमा अब संशोधन गरेर फरक–फरक बनाउन लागिएको छ।

काठमाडौँमा १ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने

काठमाडौँमा एक लाख १० हजार २६३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ।

लस एन्जलसको डढेलोमा ज्यान गुमाउनेको संख्या १६ पुग्यो

लस एन्जलसमा फैलिएको डढेलोबाट कम्तीमा १६ जनाको मृत्यु भएको छ भने १२ हजारभन्दा बढी संरचना जलेका छन्।

रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले लगायो प्रहरीको जिम्मा

काठमाडौँ जिल्ला अदालतका अनुसार आइतबार बयान भए पनि थुनछेक बहसका लागि समय अभाव भएकाले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको हो।

बाघको आक्रमणबाट बर्दियामा १ जनाको मृत्यु

बर्दियाको ठाकुरबाबा नगरपालिकामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

नेप्से परिसूचक २५ अंकले घट्यो, करिब ४ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक २५ अंकले घटेर २६०९ को विन्दुमा सीमित भएको छ।

मकवानपुरबाट लागुऔषधसहित ३ जना पक्राउ

मकवानपुर प्रहरीले अफिम, चरेस र गाँजासहित दुई भारतीय र एक नेपाली नागरिक गरी ३ जनालाई नियन्त्रणमा लिएको छ।

सिँचाइ विभागका तत्कालीन इन्जिनियर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

अख्तियारले  विशेष अदालतमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध चार करोड ८८ लाख रुपैयाँ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेकोसम्बन्धी आरोपपत्र दायर गरेको छ।

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ देखि

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।