AnonymousUser

Logout

पुनः नगदेबालीको पहिचान बनाउँदै उखु, किसान उत्साहित

विगतमा राज्यले समयमा उखुको समर्थन मूल्य नतोक्ने र उद्योगीले वर्षौंसम्म पनि भुक्तानी नदिने समस्याबाट किसान हैरान हुनु परिरहेको थियो।

तोलामा १ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा आइतबार एक औँस सुनको मूल्य २ हजार ७०४ अमेरिकी डलर निर्धारण भएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको हो।

लस एन्जलस आगलागी: ‘बम खसेजस्तो’ भयानक अवस्था

शुक्रबार करिब एक लाख ४४ हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको थियो। यीमध्ये अधिकांश मानिसले आफूले बोक्न सक्ने सामान लिएर घर छोडेका थिए।

न्यायाधीश सरुवाले पर्वत जिल्ला अदालतमा मुद्दा सुनुवाइ ठप्प

पर्वत जिल्ला अदालतमा एउटा मात्र न्यायाधीशको दरबन्दी छ। न्यायाधीश नहुँदा अहिले दैनिक चारदेखि आठवटासम्म मुद्दाको इजलासबाट सुनुवाइ कार्य स्थगन हुने गरेको छ।

देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा हल्का वर्षाको सम्भावना छ।

पश्चिम नेपालबाट पुनः मौसम बदली शुरू, आइतबार वर्षाको सम्भावना

मौसमविद् विनु महर्जनका अनुसार आइतबार सबै प्रदेशका उच्च र हिमाली क्षेत्रमा हिमपात, दिउँसोतिर हल्का वर्षाको सम्भावना रहेको छ। 

मनहरी दुर्घटनामा घाइते थप १ जनाको उपचारका क्रममा मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ स्थित सडकमा दुई गाडी आपसमा ठोक्किँदा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन

हिउँदमा बेलिब्रिज जडानसँगै उदयपुर र खोटाङ जिल्लाको सिधा यातायात सम्पर्क जोडिए पनि वर्षामा पुनः समस्या हुने भन्दै स्थायी पुल निर्माणका लागि स्थानीयले आग्रह गरेका छन्।

जेजु एयरको विमान दुर्घटना हुनुअगावै रोकिएको थियो ब्ल्याक बक्समा रेकर्डिङ

दक्षिण कोरियाको यातायात मन्त्रालयले अनुसन्धानका क्रममा दुर्घटनाग्रस्त जेजु एयरको विमानको ब्ल्याक बक्सले दुर्घटना हुनुभन्दा चार मिनेटअघि नै रेकर्डिङ गर्न छोडेको पाइएको जनाएको छ।

दोहाबाट आएका ३ जना सुनसहित पक्राउ

प्रहरीले दोहाबाट काठमाडौँ आएका तीन जनालाई सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको छ।

मकवानपुरमा कार दुर्घटना हुँदा चालकको मृत्यु, १३ जना घाइते

मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

खोलानालामा वातावरणीय बहाव कम भएकोप्रति जलस्रोतविद् चिन्तित

जलविद्युत् उत्पादनका लागि पूरै बहाव सोझ्याएर पानीविहीन बनाइएका विभिन्न नदी खण्डमा माछा र अन्य जलचर मात्र होइन स्थानीय किसान समुदाय सिँचाइ सुविधा पाउनबाट वञ्चित हुनेक्रम बढेको छ।

बाढीले क्षतिग्रस्त नख्खुडोल पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण

ललितपुर महानगरपालिका–२५ का स्थानीय उमेश थापा नख्खुडोल पुल भत्केपछि करिब डेढ किलोमिटर पश्चिमतर्फको नख्खु पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यता थपिएको सुनाउँछन्।

विद्युत् चुहावट १२.७३ प्रतिशतमा सीमित   

नेपाल विद्युत् प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२.७३ प्रतिशतमा सीमित गरेको छ।

कोलम्बियामा जहाज दुर्घटना हुँदा १० जनाको मृत्यु

जहाजमा चालक दलका दुई सदस्य र आठ यात्रु सवार थिए। उनीहरू सबैको मृत्यु भएको बताइएको छ।

पनौतीमा बाढीपहिरो प्रभावितको जग्गा यकिन गरिँदै

पनौतीमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो। ५८६ घरमा पूर्ण तथा ९४४ घरमा आंशिक क्षति पुगेको थियो।

आलुखेतीमा व्यस्त शंखरापुरका किसान (तस्वीरहरू)

स्वदेशमै आलु उत्पादनका लागि पर्याप्त सम्भावना हुँदाहुँदै पनि उत्पादनशील जनशक्ति पलायन हुँदा आलुमा परनिर्भरता झन् बढेको हो।

शनिबार काठमाडौँका यी स्थानमा काटिँदैछ बिजुली

थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, दशरथ रंगशाला, ब्लु क्रस अस्पताललगायत क्षेत्रमा पनि बिजुली कटौती हुनेछ।

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षाको सम्भावना 

कोशी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। बाँकी स्थानमा मुख्यतया सफा रहेको छ।

पुल भाँचिएर अवरुद्ध पूर्वपश्चिम राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

प्रहरीका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी क्रसर हुँदै सिजीचोक, डाँडाचौर, होङ्सी गेट निस्कने गरी वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको हो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।