मगर समुदायले माघे सङ्क्रान्तिलाई आफ्नो मुख्य चाडका रूपमा धूमधामसाथ मनाउँछन्। यस पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा विविध कार्यक्रमको आयोजना गरिएको छ।
संसद्मा विचाराधीन ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’लाई फिर्ता लिएर सरकारले दोस्रो पटक अध्यादेशमार्फत ‘बजेट क्यालेन्डर’ संशोधन गरेको छ।
नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी नेपालका लागि एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)को दूत नियुक्त भएका छन्।
महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार रुपैयाँ कायम भएको छ।
उत्तरी भित्री क्षेत्रबाट प्रहार गरिएको छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र कोरियाली प्रायद्वीप र जापानको सीमा क्षेत्रस्थित समुद्रमा अवतरण गर्नुअघि लगभग २५० किलोमिटर उडेको दक्षिण कोरियाले जनाएको छ।
सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
१५ वर्षीय किशोरलाई भारतबाट अपहरण गरी ल्याएर बन्धक बनाई फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्रेर अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान शुरू गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माइती नेपालको अक्षय कोष वृद्धि गर्न एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प, बाढी पहिरोजस्ता विपद्बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण गर्न करिब एक खर्ब एक अर्ब १२ करोड लागत लाग्ने अनुमान गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा चार वटा अध्यादेश जारी गरेका छन्।
स्वर्णलक्ष्मी सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी मुद्दामा सोमबार थुनछेक बहस नसकिएको र मंगलबार सार्वजनिक बिदा परेकाले पूर्वगृहमन्त्री रवि लामिछाने बुधबारसम्म प्रहरीकै जिम्मामा रहने भएका छन्।
लस एन्जलसमा लागेको भीषण डढेलोमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ भने करिब एक लाखको हाराहारीको संख्यामा विस्थापित भएका छन्।
नागरिक समाजका अगुवाहरूले यथाशक्य चाँडो संसद् बैठक आह्वान गर्न माग गरेका छन्।
आईसीसी यू१९ महिला टी२० विश्वकपको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको छ।
हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध भएको छ।
पछिल्लो ९ वर्षमा कक्षा १२ उत्तीर्ण भएपछि नेपालका शैक्षिक संस्था नपुगेका लाखौँ विद्यार्थी कहाँ गए भन्ने अध्ययन भएको छैन। ‘हराउने’को संख्या बर्सेनि थपिइरहँदा कतिपय क्याम्पसमा विद्यार्थीको संकट छ।
राष्ट्र बैंकको प्रतिवेदनले देशमा सञ्चालित अधिकांश उद्योग ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालित रहेकाले बढी क्षमतामा सञ्चालन हुने वातावरण तयार पार्नुपर्ने औँल्याएको छ।
सोमबार नेप्से परिसूचक १५ अंकले घटेर २५९४ को बिन्दुमा सीमित भएको छ।