आज नेप्से परिसूचक १.८३ अंकले बढेर दुई हजार ५९५.९६ को बिन्दुमा कायम भएको छ।
संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिप्रसाद फुयालले उक्त मुद्दा आफूले हेर्न नमिल्ने भनेर घोषणा गरेपछि आजका लागि तोकिएको सुनुवाइ हुन नसकेको हो।
वि.स. २०३७ सालमा निर्माण गरिएको धनगढी डिपोको भण्डारण क्षमता हालको बजार मागलाई अपुग हुनुको साथै डिपोको भौतिक पूर्वाधार पनि जीर्ण भएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रननगरमा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला–२०८१ को आयोजना गरिएको छ।
आगलागीबाट करिब ५० करोड रुपैयाँ बराबर क्षति भएको र २९ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ।
डब्लूएचओले तान्जानियाका छिमेकी देशलाई सतर्क रहन र सम्भावित संक्रमणको व्यवस्थापनका लागि तयार रहनसमेत आग्रह गरेको छ।
नेपाली बजारमा छापावाल सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बेलायतमा यौन दुर्व्यवहार र बलात्कारका ठूला काण्डमध्येका यी श्रृंखलाबद्ध घटनालाई सामसुम पार्ने प्रयास भएको थियो। तर मस्कले संकेत गरेजस्तो यो मुद्दा विगतमा नउठेको होइन।
सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्नेसमेत निर्णय भएको बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।
चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ। सडकमा सवारीसाधन कम चलेका छन्। ज्यालादारी काम गर्ने बढी मारमा परेका छन्।
राष्ट्रपति युनले गत डिसेम्बर ३ मा सैन्य शासन लागू गर्ने घोषणा गरेका थिए। तर यसको विरोध भएपछि केही घण्टापछि फिर्ता लिएका थिए।
भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र यसका लागि नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने विज्ञले बताएका छन्।
बराहक्षेत्र नगरपालिका–३ मा भएको दुर्घटनामा न्यायाधीश नारायणप्रसाद रेग्मी र कारमा सवार मोरङ विराटनगर–४ का ७६ वर्षीय कृष्ण खनाल घाइते भएका छन्।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
स्वास्थ्य बीमा ऐन, २०७४ मा भएको संशोधनअनुसार अब स्वास्थ्य बीमा बोर्डले हरेक तहमा कम्तीमा एउटा सेवाप्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ।
हमास लडाकु समूहको नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मंगलबार इजरायल र कतारका मन्त्रीसँग फोनवार्ता गरेकी छन्।
संस्थाले साधारण र नियमित प्रकारका बचत खाता सञ्चालन गर्न सक्ने र सहकारीका सदस्यले १० लाख रुपैयाँभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रूपमा स्रोत खुलाउनुपर्ने मस्यौदामा उल्लेख छ।
कतारमा भइरहेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने वार्तासँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।
गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ।
बाँसबारीको १० रोपनी सरकारी जग्गा सरकारको स्वामित्वमा आए पनि कुन प्रयोजनमा लगाउने भन्नेबारे सरकारले योजना बनाएको छैन। त्यहाँ अहिले चौधरी ग्रुपको चाँदबाग स्कुल सञ्चालनमा छ।