काठमाडौँको टेकु सबस्टेसन सञ्चालनमा आइसकेको छ। फुटुङ र मुलपानी सबस्टेसन अन्तिम चरणमा छन्। दुवै सबस्टेसन दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।
पावर टिलरको सहायताले आलु रोप्नदेखि निकाल्दासम्म सजिलो भएको छ। हप्ता दिनसम्म लाग्ने गरेको काम एक–दुई दिनमै सकिने गरेको किसान बताउँछन्।
ट्रम्पले, युक्रेनले रुससँग युद्ध जित्न नसक्ने दाबी गर्दै जेलेन्स्कीले अमेरिका र अमेरिकी नागरिकको अनादर गरेकोसमेत आरोप लगाएका छन्।
अफगानिस्तानले दिएको २७४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १२.५ ओभरमा १ विकेट गुमाएर १०९ रन बनाएको बेला मुसलधारे वर्षाले खेल रोकिएको थियो।
ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायत ठाउँमा भारी हिमपात भएको छ। ढोरपाटन पुग्ने पर्यटक बुर्तिबाङमा रोकिएका छन्।
पहाडी भूभागमा साधारणतयादेखि अधिकांश बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीमा हल्का वर्षा भइरहेको छ।
मौसमविद् सरोज पुडासैनीका अनुसार शुक्रबार पश्चिम क्षेत्रमा ६६ मिलिमिटरसम्म वर्षा भएको छ। शनिबार पनि वर्षाको सम्भावना रहेको तर आइतबारबाट मौसम खुल्दै जाने उनको भनाइ छ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको भूकम्पले सात जिल्लामा असर पुर्याएको छ भने ६ जना घाइते भएका छन्।
शुक्रबार बिहानदेखि चुमनुब्री गाउँपालिका–१ साम्दोसहित सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा बाक्लो हिमपात भएपछि पर्यटक होटलमा आश्रय लिएर बसेका छन्।
सिरहाको नवराजपुरकी रिंकु माघ ३० गते घरैमा मृत भेटिइन्। त्यसको तीन दिनअघि साँझ ९ बजे शौच गर्न निस्किएकी उनी बिहान ३ बजे मात्र घर फर्किएर आफूमाथि सामूहिक बलात्कार भएको आमालाई बताएकी थिइन्।
सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको भूकम्पका बेला भाग्दै गर्दा काठमाडौँमा दुई जना घाइते भएका छन्।
बद्रीनाथको माना गाउँको सीमा क्षेत्रमा सडक निर्माणमा खटिएका मजदुरहरू हिमपहिरोमा फसेको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बताएका छन्।
औषधि व्यवस्था विभागको टोलीले रौतहटको चन्द्रपुरमा अवैध रूपमा सञ्चालित औषधि पसलमा तालाबन्दी गरेको छ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षमा संघीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव पेश गर्ने समयावधि थपेको छ।
वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण शुक्रबार हवाई सेवा प्रभावित भएको छ।
मकवानपुरबाट राप्ती नदीलाई डाइभर्सन गरी दुधौरा झार्ने र बारा, पर्सालगायत जिल्लामा खानेपानी बाँड्ने सरकारको योजना छ। राप्तीलाई डाइभर्सन गरी करिब १२ किलोमिटर टाढा लगेपछि मधेश प्रदेश प्रवेश सम्भव हुनेछ।
सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ।
अवैध आप्रवासन र घातक फेन्टानिललाई लिएर ट्रम्पले हालै क्यानाडा र मेक्सिकोको आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए।
तुलसीपुर उपमहानगरपालिका–१९ स्थित सक्राममा पाँच वर्षअघि निर्माण भएको खानेपानी ट्यांकी प्रयोगमा नै नआई जीर्ण बनेको छ।