अमेरिकामा आँधीबेहरी र हावाहुरीका कारण ३४ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ।
आइतबार नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ को विन्दुमा कायम भएको छ।
सरकारले ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष समय थप गर्ने भएको छ।
हुथी विद्रोहीले अमेरिकी सैन्य र व्यापारिक जहाजमाथि गरेको आक्रमणले विश्व अर्थतन्त्रलाई अर्बौं डलरको क्षति पुगेको ट्रम्पको भनाइ छ।
पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन भत्ता, घरभाडा, सवारी साधन, सचिवालयका लागि कर्मचारी र सहयोगी राख्नेसहितको कानूनको मस्यौदा बनिरहेको भन्ने सुन्नमा आएको भन्दै सांसदहरूले विरोध गरेका छन्।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार नेपाली बजारमा छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
रिङरोड बनेपछि मुख्य सडकबाट ओझेलमा परेका ठिनी, ढुम्बा, सम्ले, छैरो र चिमाङलगायत आधादर्जन गाउँका कृषि उपजको बजारीकरणमा सहज हुने जनाइएको छ।
चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका हुन्।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ मंसिरमा निर्माण थालिएको पुल ठेकेदारको लापरबाहीका कारण बन्न नसकेको स्थानीयको भनाइ छ।
नदीमा पानीको बहाव कम हुँदा आयोजनाको क्षमताभन्दा आधा मात्रै विद्युत् उत्पादन भइरहेको छ। पुसबाट विद्युत् उत्पादन घट्न थालेको आयोजनाले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
निगमका अनुसार आइतबारदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेल प्रतिलिटर चार रुपैयाँका दरले मूल्य घटाइएको छ।
चैत मसान्तसम्म सञ्चालन हुनुपर्ने चिनी उद्योग उखु अभावका कारण फागुन मसान्तमै बन्द भएको छ।
संघीय संसद् सचिवालयले आगामी १५ गतेसम्मको प्रतिनिधिसभाको क्यालेन्डर तयार गरेको छ।
तेस्रो ‘गोर्खा ट्रेल ब्लेजर’ १० किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ सुरज लिम्बू र महिलातर्फ पुष्पा सेर्माले जितेका छन्।
वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युत्को प्रयोग हुने हुँदा विद्युतीय गाडी यात्राका लागि सहज र सस्तो हुने गरेको छ।
अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोपमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनका लागि दक्षिण अफ्रिकाका राजदूतलाई देश निकालाको घोषणा गरेका छन्।
एफएटीएफको ‘ग्रे सूची’मा परेपछि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी विषयमा पनि चनाखो हुनुपर्ने आवश्यकता आईएमएफले औँल्याएको छ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको शैलुङ जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ।