AnonymousUser

Logout

थाइल्यान्डमा स्कुल बसमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु

प्रत्यक्षदर्शीले स्थानीय मिडियामा बताएअनुसार गुडीरहेको बसको टायर फुटेर सडकछेउको ब्यारियरमा ठोक्किन पुगेको थियो।

विपद् प्रभावितलाई तत्काल राहत वितरण र पुनर्स्थापना गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले विपद्का कारण अवरुद्ध राजमार्गमा अलपत्र यात्रीलाई तत्काल उद्धार गरेर गन्तव्यमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ।

नेप्से परिसूचक ११४ अंकले बढेर २६२३ को विन्दुमा, साढे ७ अर्बको कारोबार

मंगलबार नेप्से परिसूचक ४.५७ प्रतिशतले बढेर २६२३ को विन्दुमा पुगेको छ भने सात अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

निगुरो बेचेर एक वर्षमा १० लाख आम्दानी

साउनदेखि असोजसम्म शर्मिला पुर्जासहित दोवा गाउँका महिलाहरू निगुरो खोज्न र बेच्नमा व्यस्त हुन्छन्। निगुरो उपभोक्ताको रोजाइमा परेपछि पुर्जासहितका महिलालाई आयआर्जनमा सहयोग पुगेको छ।

पूर्वबाट मौसम बदली शुरू, गण्डकीसम्म वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश, बागमती र गण्डकीसम्म देखिनेछ। 

ललितपुरमा बाढीपहिरो: थप ६ जनाको शव फेला, मृत्यु हुनेको संख्या ४० पुग्यो

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार मंगलबार बिहान ६ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो।

पाकेर लहलह झुलेको धान बाढीले सखाप, बगर बन्यो खेत

शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो। बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेत बगर बनाइदियो। धानबाली सखाप भयो।

दाउन्नेमा भासिएको सडक एकतर्फी सञ्चालन

सडक अवरुद्ध भएर यात्रु अलपत्र परेपछि सोमबार राति ११ बजे नै सडक मर्मत शुरू गरिएको थियो।

हवाई उडानमा नयाँ रेकर्ड: सोमबार एकैदिन ५५९ उडान

बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन्। सडक अवरुद्ध भएपछि तीन दिनयता हवाई यात्रीको चाप ह्वात्तै बढेको हो।

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवैजना चालकको मृत्यु भएको हो।

हेवाको पुल बगेपछि ताप्लेजुङमा सामान ढुवानीमा कठिनाइ, जनजीवन प्रभावित

पुल नहुँदा मेची राजमार्ग हुँदै ताप्लेजुङबाट इलाम, झापा लगायतका ठाउँमा जाने र ताप्लेजुङतर्फ आउने यात्रु मारमा परेका छन्। ढुवानीका सवारीसाधन ठप्प छन्। 

विपद्‌मा परी मृत्यु हुनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जनाइएको छ।

सिन्धुलीलाई रामेछाप र ओखलढुंगासँग जोड्ने १० पुलमा बाढीले क्षति

बाढीले पुल बगाउँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। सिन्धुली हुँदै रामेछाप, ओखलढुंगालगायत जिल्लामा दैनिक उपभोग्य सामान लैजान कठिन भएको छ।

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना 

कोशी प्रदेशका केही, बागमती र गण्डकीका पहाडी भूभागका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता

बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २०९ जना पुगेको छ। अन्य २९ जना बेपत्ता रहेको र १४२ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ।

सरकारले राहत तथा उद्धारका लागि विपद् व्यवस्थापन कोषमा १ अर्ब उपलब्ध गराउने

सरकारले अविरल वर्षा कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ।

आयल निगमले घटायो इन्धनको मूल्य

आयल निगमले पेट्रोल, डिजेल/मट्टितेल, हवाई इन्धनको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ।

दाउन्नेमा सडक भासिँदा सवारी आवागमन अवरुद्ध

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा सडक भासिँदा सवारीसाधनको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

बाढीले इमाडोलका उद्योग र बल्खु तरकारी बजारमा करोडौँको क्षति

शनिबार बेलुकीदेखि पानीको सतह घटेपछि बाढीबाट जोगिएकाहरू अहिले आ–आफ्नो सरसामान स्याहार्न जुटिरहेका छन्। उनीहरू आवासीय घर, पसल तथा कारखानामा जमेको लेदो सफा गरिरहेका छन्।

विपद्मा परेका ७१३ जनाको हवाई उद्धार

नेपाली सेनाले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका ७१३ जनाको हेलिकप्टरमार्फत उद्धार गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।