विश्व बैंक, यूई र संयुक्त राष्ट्रसंघको संयुक्त मूल्यांकनका अनुसार रुसी आक्रमणबाट ध्वस्त भएका संरचना पुनर्निर्माणका लागि युक्रेनलाई पाँच खर्ब डलरभन्दा बढी आवश्यक पर्ने देखिएको छ।
बाढीपहिलोले क्षति पुर्याएको पाँच महिना पुग्दासमेत काभ्रेका स्थानीय तहले यकिन विवरण तयार पार्न नसक्दा सरकारले दिन लागेको अल्पकालीन राहत–रकम वितरण गर्न सकिएको छैन।
पाल्हीनन्दन गाउँपालिकामा केटाकेटीको प्रेम सम्बन्धलाई लिएर शुरू भएको विवादले झडपको रूप लिएपछि प्रहरीले नियन्त्रणमा लिन पाँच राउन्ड टियर ग्यास र तीन राउन्ड हवाई फायर गरेको छ।
सांसदले एफएटीएफले नेपाललाई ग्रे लिस्टमा राखेपछि यसबाट बाहिर निस्कनका लागि नेपालले गरिरहेको तयारीबारे संसद्मा सरकारको जवाफ माग गरेका छन्।
पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ।
मंगलबार नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ को विन्दुमा कायम भएको छ।
ज्येष्ठ नागरिकका लागि राष्ट्रिय परिचयपत्र बाध्यकारी नबनाउन र सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र बनाउन मिल्ने व्यवस्था गर्न पनि सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।
ट्रम्पले रुससँगको कूटनीतिक वार्ता पुनः शुरू गर्न र युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न आफू तयार रहेको घोषणा गरेपछि म्याक्रोँ वासिङ्टन पुगेका थिए।
सोमबार प्रतितोला १ लाख ७० हजार ८०० रुपैयाँमा किनबेच भएको सुनको सुन बढेर तोलाको १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको छ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको सात महिनामा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
बायोग्यास प्लान्टबाट दैनिक ३० हजार किलो फोहरलाई व्यवस्थापन गरी तीन हजार ५०० किलो जैविक मल र एक हजार किलो बायोमिथेन ग्यास उत्पादन गर्दै आएको छ।
बेलबगर, जैमिनी धाम, छरिलौवा, न्वाराढिक, धुस, सुस्सा फाँटलगायत क्षेत्रमा बस्ती बस्न थालेका छन्। ग्रामीण क्षेत्रबाट झरेर करिडोर आसपासमा व्यापार व्यवसाय गर्ने क्रम पनि बढेको छ।
तराईका थोरै स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बागलुङ प्रहरीका अनुसार घाइतेमध्ये एक जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ भने अरू घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँगको भेटमा युरोपमा ‘रुसी खतरा’को सामना र युक्रेनमा शान्ति सुनिश्चितका लागि प्रस्ताव पेश गर्ने भएका छन्।
तीनकुनेबाट सिनामंगलतर्फ, बौद्ध क्षेत्रबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालवाहक सवारीसाधनलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
दलित समुदायमाथिको विभेद अन्त्य, अन्तरजातीय विवाहलगायत विषयमा उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षणका लागि सरोकार भएकाहरूले सोमबार काठमाडौँमा प्रदर्शन गरेका छन्।
आर्थिक प्रलोभनमा पारी म्यानमार पुर्याएर ‘अनलाइन स्क्यामिङ’मा लगाइएका थप दुई जना नेपालीको उद्धार भएको छ।
संसद्को रोस्ट्रमबाट पूर्वप्रधानमन्त्री दाहालले केही समयअघि सरकार भ्रष्टाचारी जोगाउन र भ्रष्टाचार दबाउन लागिपरेको आरोप लगाइरहँदा केही भ्रष्टाचार काण्डलाई भने खुलेर बचाउ गरे। के हुन् ती काण्ड?
सांसदले सशस्त्र प्रहरी कर्मचारीले सेवा छाड्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उनीहरूको मनोबल उच्च बनाउने गरी विधेयक निर्माण आवश्यक भएको बताएका छन्।