AnonymousUser

Logout

न्यून ‘भिजिबिलिटी’ले त्रिभुवन विमानस्थलमा हवाई उडान प्रभावित

काठमाडौँमा बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित भएको छ।

कालीकोटको खाँडाचक्रमा शिक्षकले पाएनन् ६ महिनादेखि तलब

नगरपालिकाले दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको तलबभत्ता नदिएको शिक्षकहरूको भनाइ छ। 

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक ३.३५ अंकले बढेर २७०३.३९ को बिन्दुमा कायम भएको छ भने सात अर्ब ८४ करोडमाथिको शेयर किनबेच भएको छ।

आगजनीबाट क्षतिग्रस्त जडीबुटी कम्पनी अस्थायी रूपमा सञ्चालनमा ल्याउन १० करोड चाहिने

वनमन्त्री ऐनबहादुर शाहीले राजसंस्था समर्थकको चैत १५ गतेको प्रदर्शनका क्रममा आगजनी भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीलाई अस्थायी रूपमा सञ्चालन गर्न तत्काल करिब १० करोड आवश्यक पर्ने बताएका छन्।

बागलुङमा पिकअप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

बागलुङमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

राष्ट्रसंघीय अधिकारी भन्छन्– गाजामा पीडा र मृत्युको अनन्त चक्र चलिरहेको छ 

युद्धविराम अवधि सकिएपछि जबरजस्ती विस्थापनको आदेश जारी हुँदा पछिल्ला दुई दिनमा मात्रै एक लाख मानिसहरू रफाहबाट विस्थापित भएका छन्। 

६ महिना हिँडेर अमेरिका, २२ महिना थुनामा बसेपछि ‘डिपोर्ट’

थुनामा २२ महिना राखेपछि अमेरिकाको अदालतले उनको शरणार्थी दाबी अस्वीकार गरिदियो। उनी १० वर्षसम्म अमेरिका छिर्न नपाउने गरी डिपोर्ट भए। यद्यपि, नियमित उडानबाटै स्वदेश फर्कन पाए।

वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनू

स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान सर्वसाधारणमा अनुरोध गरेको छ। 

बारुदी सुरुङ जागरूकता दिवस मनाइँदै

युद्ध एवं सशस्त्र द्वन्द्वका बेला बिछ्याइएका बारुदी सुरुङ तथा प्रयोग भएका विस्फोटक पदार्थका अवशेष र विस्फोटक उपकरणहरू आज पनि चुनौती बनेका छन्। 

‘समर सेड्युल’ नहुँदा गौतम बुद्ध विमानस्थल फेरि सुनसान

चैत १६ गतेसम्म सामान्य चहलपहल रहेको विमानस्थलमा त्यसयता सुनसान छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालन आएसँगै भैरहवाबाट उडान भरिरहेका विमानले ‘सेड्युल’ लिन छानेका छन्।

काठमाडौँको आकाशबाट बादल फाट्न केही दिन लाग्ने

काठमाडौँ उपत्यकामा तत्काल वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको मौसमविद्‍ले बताएका छन्।

देशका अधिकांश भूभागमा आंशिक बदली

कोशी, मधेश, बागमती र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ।

तीनकुने घटनामा मृतकका परिवारलाई १० लाख राहत दिइने

सिंहदरबारस्थित मन्त्रालयमा बुधबार बसेको गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो।

अटिजमबारे जागरुकता जगाउन सडक नाटक

समुदायमाझ अटिजमबारे बुझाउने उद्देश्यले विश्व अटिजम जागरुकता दिवसको अवसरमा अभानी फाउन्डेशनले ललितपुर पाटनमा नाटक र नाचगान प्रदर्शन गरेको छ।

द्वन्द्वकालका ज्यादतीको न्याय निरूपणः कसरी रोकियो, कसले रोक्यो?

हिंसाको राजनीति ‘सधैँलाई बन्द गर्न’ १८ वर्षअघि शुरू भएको शान्तिप्रक्रिया टुंगिएको छैन, दशकदेखि जारी संक्रमणकालीन न्यायप्रक्रिया जहाँको तहीँ छ। कसले रोकिरहेछ द्वन्द्वकालीन ज्यादतीको न्याय निरूपण?

चैत १५ गतेको आन्दोलनका क्रममा २० जनामाथि गोली प्रहार

आन्दोलनमा जम्मा ५८ राउन्ड गोली प्रहार, ७४६ राउन्ड टियर ग्यास र १९२ पटक ब्ल्यांक फायर भएको केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले बताए।

कुलमान र हितेन्द्रदेवका रिट हेर्दाहेर्दैमा

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट निवेदन बिहीबारका लागि सुनुवाइ हुने भएको छ।

लरेन्स विश्नोईको नाम लिँदै फिराैती माग्दै हिँड्ने युवक पक्राउ

सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारी बस्ने ४१ वर्षीय रामबहादुर बिसी (बुढाक्षेत्री)लाई फिरौती माग गर्नुका साथै ठगीलगायत विभिन्न अरोपका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अमेरिकी सिनेटमा २५ घण्टा लामो भाषण, को हुन् कोरी बुकर?

सोमबार राति ७ बजेबाट मंगलबार साँझसम्म गरेको उक्त भाषणमा उनले राष्ट्रपति ट्रम्प र उनका नीतिहरूमाथि कडा आलोचना गर्दै अमेरिका संकटतर्फ धकेलिँदै गएको चेतावनी दिए।

२७ सयको विन्दुमा उक्लियो शेयरबजार

मंगलबार सामान्य अंकको करेक्सन भएर बन्द भएको बजार आज २३.८६ अंक बढेर २७००.०४ विन्दुमा पुगेको हो। नेप्से बढे पनि कारोबार रकम भने घटेको छ।