AnonymousUser

Logout

काभ्रेमा बाढीपहिरोको ७ महिनापछि थालियो निजी आवासको क्षति आकलन

रोशीमा तीनवटा क्लस्टर बनाएर क्षति आकलनको काम थालिएको छ। यसमा प्राविधिकले क्षति हेरेर विवरण निर्धारण गरेपछि मात्र सोहीअनुसार गाउँपालिकाले काम गर्नेछ।

सुनसरी र सुर्खेतमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु, ३ घाइते

धरान–इटहरीबीचको चारकोसे जंगलस्थित सडकमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्। 

कोशी पर्यटन वर्ष: यी हुन् घुम्नलायक १० गन्तव्य

नयाँ वर्षका दिन शुभारम्भ गरिएको पर्यटन वर्षका लागि १०० बढी गन्तव्यहरू सरकारले नै तयारी गरिसकेको छ। ८२ गन्तव्यहरूको पहिचान गरी सूची नै तयार भएको छ। 

सम्झौताको ९ वर्षसम्म दोदामा निर्माण भएन पुल

पुल निर्माणका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो।

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। 

सुक्यो २ करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी

सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृंखला तथा तराईका फाँट अवलोकन गर्न सकिने ठाउँमा अवस्थित इन्द्रेणीपोखरीको स्तरोन्नतिपछि पर्यटक बढ्ने अपेक्षा गरेका स्थानीय पोखरीको पानी सुकेपछि निराश बनेका छन्।

जानकीवल्लभ–चन्द्रप्रभा दाहाल स्मृति कोषबाट पत्रकारद्वय दिपा दाहाल र मातृका दाहाल सम्मानित

खोज पत्रकारितामार्फत भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै समाजमा सुशासनको प्रवर्द्धनमा योगदान दिएको भन्दै जानकीवल्लभ–चन्द्रप्रभा दाहाल स्मृति कोषले पत्रकारद्वय दिपा दाहाल र मातृका दाहाललाई सम्मान गरेको छ।

इजरायली आक्रमणबाट गाजामा २ दिनमा ९२ जनाको मृत्यु

इजरायली आक्रमणमा पछिल्लो ४८ घण्टामा ९० भन्दा बढीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ। 

बालुवाटारमा ३ दलका शीर्ष नेताबीच के भयो कुराकानी?

छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिको कामबारे सामान्य जानकारी गराइएको थियो।

वर्षासँगै सूर्यविनायक–साँगा सडक एकतर्फी

सूर्यविनायक धुलिखेल सडकखण्ड निर्माणाधीन अवस्थामा रहेका कारण साँगा खण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुने र सवारीसाधन चिप्लिने समस्या हुने गरेको छ। 

बुटवलमा चिया पसलेमाथि गोली प्रहार, लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै

रूपन्देहीको बुटवल उपमहानगर-११ बुद्धनगरमा चिया पसल सञ्चालन गर्दै आएकी एक जना युवतीमाथि शनिबार गोली प्रहार भएको छ। 

कालीकोटको सान्नी त्रिवेणीमा मृत भेटिए प्रधानाध्यापक

सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक मृत अवस्थामा भेटिएका छन्।

मुसीकोटमा मन्दिरको गेट निर्माणका क्रममा च्यापिएर १ जनाको मृत्यु

रुकुमपश्चिमको मुसीकोट नगरपालिका–४ मुसीडाँडामा गेट निर्माणका क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ। 

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ।

वर्षाका कारण खेल रद्द हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल

वर्षाका कारण मैदानमा असर परेर अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल आईसीसी यू१९ विश्वकपमा पुग्न असफल भएको छ।

सरकारले ९ महिनामा उठायो ३ खर्ब ६६ अर्ब ऋण

सरकारले यस आर्थिक वर्षका लागि ३ खर्ब ३० अर्ब आन्तरिक ऋण र २ खर्ब १७ अर्ब बाह्य ऋण उठाउने लक्ष्य राखेको छ।

नेपालगन्ज रंगशालामा ६ वर्षपछि खेलकुदको रौनक

बाँकेमा आठौँ राष्ट्रिय खेलकुद पछि करिब ६ वर्षसम्म ठूलो प्रतियोगिता हुन नसक्दा सुनसान रहेको नेपालगन्ज रंगशालामा लुम्बिनी कप फुटबलले खेलकुदको रौनक ल्याएको छ।

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहयोगी बनेका करिडोर सडक

चोक–चोकमा हुने सवारी जामका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको अवस्थामा करिडोर सडक यसको विकल्प बनेका छन्। उपत्यकाको भित्री बस्तीका लागि त यी सडक ‘लाइफलाइन’ नै बनिरहेका छन्। 

सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी विजयी

नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी भए।

बसाइँ सरेको १८ वर्षपछि आफ्नै गाउँ फर्किए वेदबहादुर 

जन्मभूमिप्रतिको माया र छिमेकीको सद्भाव बिर्सिन नसकेर गाउँ फर्किएको खोटाङ बराहपोखरी गाउँपालिका–६ का वेदबहादुर खड्का बताउँछन्। उनलाई पालिकाले प्रोत्साहनस्वरुप १ लाख रुपैयाँ प्रदान गरेको छ।