AnonymousUser

Logout

नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हायस ठोक्किँदा ५ जनाको मृत्यु

मृतकको सनाखत हुन नसकेको र घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। 

यस्तो रहनेछ शुक्रबारको मौसम

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

९ हजार रोजगारी कटौती गर्ने जापानी कार उत्पादक निसानको घोषणा

जापानी कार उत्पादक कम्पनी निसानले नौ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ भने वार्षिक बिक्री पूर्वानुमान पनि घटाएको छ।

दोलखाको ओराङ केन्द्र भएर भूकम्प

दोलखाको ओराङ आसपास केन्द्रविन्दु भएर बिहीबार साँझ ४.५ म्याग्निच्युडको भूकम्प गएको छ। 

लुक्लामा एकैदिन १८४ उडान, भित्रिए ४०० विदेशी पर्यटक

तेन्जिङ हिल्लारी विमानस्थल, लुक्लामा बिहीबार हेलिकप्टर र विमानले गरी १८४ पटक उडान गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ।

पोखरा विमानस्थलमा आठौँ पटक अन्तर्राष्ट्रिय उडान

पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्षको अवधिमा विभिन्न चार्टर्ड उडान भए पनि अहिलेसम्म व्यावसायिक नियमित उडान हुन सकेको छैन।

सिस्नेरी बेस क्याम्पमा करेन्ट लागेर सेनाका लेसनायकको मृत्यु, २ जना घाइते

नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत सेनाका लेसनायकको करेन्ट लागेर मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। 

छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य (तस्वीरहरू)

व्रतालुहरूले पोखरी, तलाउ तथा नदी किनारमा निर्माण गरिएका छठघाटमा अस्ताउँदै सूर्यलाई अर्घ्य दिएर तेस्रो दिनको छठ पर्व मनाएका छन्।

शहरमा तारको धरापः व्यवस्थापनको नीति बन्यो, काम भएन

इन्टरनेट सेवा प्रदायक दर्जनौँ कम्पनीका तारको आ–आफ्नो सञ्जाल छ। उपभोक्ताले कुनै कम्पनीको सेवा बन्द गरेपछि तार ननिकालिँदा पोलमा भार थपिने गरेको छ। प्रयोगविहीन तिनै तार दुर्घटनाको कारण बनेका छन्।

ट्रम्पको पुनरागमन ‘गलत नीति’को पुनरावलोकन गर्ने मौका : इरान

इरानले अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयलाई अमेरिकाका लागि विगतका ‘गलत नीति’को पुनरावलोकन गर्ने अवसर भएको बताएको छ।

‘ड्रागन फ्रुट’ खेतीबाट दोहोरो फाइदा लिँदै रामेछापका किसान

रामेछाप, मन्थली, खाडादेवी गोकुलगङ्गा, लिखु तामाकोसीसहितका पालिकामा ड्रागन फ्रुटको व्यावसायिक खेती विस्तार हुँदै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ।

निरीक्षकले उत्तरपुस्तिकामा केरमेट गरी अनुत्तीर्ण भएका छात्र पुनः परीक्षणमा उत्तीर्ण

परीक्षा निरीक्षकले शिवकुमार राईको उत्तरपुस्तिका नियतवश केरमेट गरेर अनुत्तीर्ण गराएको उजुरीका आधारमा पुनः परीक्षण गर्दा उनी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

यू१९ महिला विश्वकप छनोट: कुवेतमाथि नेपालको १०८ रनको जित

नेपालले दिएको १३१ रनको विजयी लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा अलआउट हुँदै २२ रनमा समेटियो।

१६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउँदै अस्ट्रेलिया

फेसबुक र इन्स्टाग्राम सञ्चालन गरेको मेटा कम्पनीले सरकारले पेस गर्न चाहेको जुनसुकै पनि उमेर सीमालाई सम्मान गर्ने जनाएको छ।

नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित  २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको हो।

प्रतितोला ४ चार हजार रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार तोलाको १ लाख ६८ हजार ५०० रुपैयाँ रहेको छापावाल सुन बिहीबार १ लाख ६४ हजार ५०० रुपैयाँमा झरेको छ। 

सञ्चालनमा आयो चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन

चिलिमे–मैलुङखण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर मल्टी सर्किट लाइन निर्माण गरिएको छ। 

फेवाफाँटको जेठोबुढोमा गभारो, भित्र्याउने बेलामा धान न पराल

गभारोका कारण पोखराको फेवाफाँटस्थित एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो धानबाली सखाप भएको छ।

क्षतिको विवरण तयार नहुँदा काभ्रेमा पुनर्वास कार्यक्रम प्रभावित

स्थानीय तहले क्षतिको पूर्ण विवरण तयार गर्न नसक्दा केन्द्र सरकारबाट प्राप्त हुने सहयोग उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कोदोको व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै बराहक्षेत्रका किसान

कोदोखेती गर्ने किसानलाई सरकारले आर्थिक अनुदान र प्रोत्साहन गरिदिए सहज हुने किसानको भनाइ छ। बीउ मात्रै उपलब्ध गराए पनि धेरै सहयोग पुग्ने उनीहरू बताउँछन्।