AnonymousUser

Logout

तिलिचो तालको आधार शिविरमा राष्ट्रिय ग्रिडको बिजुली

समुद्री सतहबाट चार हजार २५० मिटर उचाइमा रहेको आधार शिविरमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युत् आपूर्ति शुरू गरिएको हो।

नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाँणका लागि सत्ता नै ‘दाहिना’, पुनरावेदनमा नजाने निर्णय

राज्यसंरक्षित मानवतस्करी, नक्कली शरणार्थी प्रकरणमा संलग्न पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थुनामुक्त गर्ने आदेशविरुद्ध पुनरावेदनमा नजाने निर्णय महान्यायाधिवक्ताको कार्यालयले गत फागुनमै गरेको खुलेको छ।

मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेर पठाइदिन पत्राचार गरेपछि जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई पक्राउ गरेको हो।

ललितपुर महानगरले भत्कायो सहकारी विकास बोर्डको अनधिकृत संरचना

हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना ललितपुर महानगरपालिकाले भत्काएको छ।

बाढीले बगर बनाएको गोटीखेल बजार, ६ अर्बका संरचना ध्वस्त

२०५३ सालदेखि विद्युत् उत्पादन गरिरहेको विद्युत्‌गृहमा आंशिक क्षति भएको छ। खानेपानीका अधिकांश ट्यांकी र पाइप नष्ट भएका छन्।

प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख ६६ हजार कायम भएको छ।

इजरायल र हमासको मध्यस्थकर्ताको भूमिकाबाट पछि हट्यो कतार

बन्धक र कैदीको रिहाइका लागि युद्धविराम गर्न महिनौँदेखि निरर्थक देखिएको वार्ताको कतारले नेतृत्व गरिरहेको थियो।

म्याग्दीको ग्रामीण भेगमा विस्तार हुँदै कोदोखेती

बजारमा कोदोको माग बढेपछि किसानले यसको खेती पनि विस्तार गरेका छन्। कोदो टिप्न नपाउँदै व्यापारी घरघरमा आएर अग्रिम रूपमा पेस्की दिएर जान थालेका छन्।

देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

क्रोएसियामा नेपालीसहित विदेशी कामदारमाथि आक्रमणको आरोपमा ४ जना पक्राउ

एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमणको आरोपमा चार जनालाई पक्राउ गरेको क्रोएसियाको प्रहरीले जनाएको छ।

यू१९ एशिया कपमा खेल्ने नेपाली टोलीको घोषणा

मंसिर १४ गते यूएईमा आयोजना हुने यू१९ एशिया कप–२०२४ का लागि क्यानले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ।

हवाई टिकटको उपलब्धता सहज बनाउन पाँचबुँदे सहमति

सहमति अनुसार सबै वायुसेवा सञ्चालकले दुई पक्षीय हवाई सेवा सम्झौताको ‘प्राइसिङ’ शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ प्रावधानको पालना गर्नुपर्नेछ।

प्रधानमन्त्रीको चीन भ्रमणमा विगतका समझदारी कार्यान्वयनमा जोड दिइने

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण ‘एकदम छोटो’ हुने र भ्रमणका क्रममा विगतमा भएका ‘उच्चस्तरीय समझदारी’ कार्यान्वयनमा जोड दिइने बताएका छन्।

म्याग्दीको टिमुर तारे होटलदेखि विदेशसम्म

पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारका रूपमा लगाइएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको किसानहरू बताउँछन्।

लीलाबल्लव अधिकारी एमालेबाट निलम्बित

एमालेले मानव तस्करीको आरोप लागेका कोशी प्रदेश सांसद एवं पूर्वमन्त्री लीलाबल्लव अधिकारीलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको छ।

यू१९ विश्वकप छनोट : नेपाल र यूएईसँग पराजित

आईसीसी यू१९ महिला टी२० विश्वकप एशिया छनोटअन्तर्गत शनिबारको खेलमा नेपाल यूएईसँग १३ रनले पराजित भएको छ।

गाजा युद्धमा ज्यान गुमाएकामध्ये ७० प्रतिशत महिला तथा बालबालिका 

संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयको प्रतिवेदनअनुसार करिब ८० प्रतिशतको आवासीय भवनमा मृत्यु भएको थियो, जसमा ४४ प्रतिशत बालबालिका र २६ प्रतिशत महिला थिए।

मेची भन्सार कार्यालय : १० वर्षमा ६६ करोडको सामग्री बरामद

भारतसँगको खुला सीमाका कारण मालवस्तु अवैध रूपमा निकासी पैठारी हुने गरेको भन्सार कार्यालयले जनाएको छ।

यू१९ महिला विश्वकप एशिया छनोट: यूएईले नेपाललाई दियो १२३ रनको लक्ष्य

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनायो।

पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट: २४ जनाको मृत्यु

अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटास्थित रेल स्टेसनमा शनिबार बिहान विस्फोट भएको थियो।