AnonymousUser

Logout

भारतका विद्युत्‌मन्त्री खट्टर काठमाडौँमा

नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनको हस्ताक्षर कार्यक्रममा मन्त्री खट्टर सहभागी हुनेछन्।

बाबुआमाले लछारपछार गर्दा नवलपरासीमा ४ महिने शिशुको मृत्यु

शिशुको हत्या आरोपमा २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एकैदिन तोलामा ६ हजार ९०० ले बढ्यो सुन

नेपाली बजारमा छापावाल सुन तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

आवश्यक सबै तयारी भइसकेकाले परीक्षा नरोक्ने र तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन्।

कर्णालीको शिक्षा रूपान्तरणको माग गर्दै सम्पन्न भयो एजुकेसन एक्स्पो

सुर्खेतमा तीन दिनसम्म चलेको एक्स्पोले शिक्षा प्रणालीमा आमूल परिवर्तनको अभियानलाई सार्वजनिक बहसको विषय बनाउनुपर्नेमा जोड दिएको छ।

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ

पर्यटकको संख्या बढेसँगै होटलमा बास पाउनसमेत मुस्किल भएको छ। खुम्बु क्षेत्रमा आएका अधिकांश पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गर्ने गरेका छन्।

कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना 

कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बालबालिकालाई शिक्षाको अधिकारबाट वञ्चित नगर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकालाई शिक्षाको अधिकारबाट वञ्चित नगर्न आन्दोलनरत पक्ष र सरकारसँग आग्रह गरेको छ। 

जलवायु परिवर्तनको असर : हिन्दकुश–हिमालयमा घट्दै हिउँ

हिन्दकुश–हिमालय क्षेत्रमा यस वर्ष २३ वर्षयताकै सबैभन्दा कम हिउँ परेकोले दुई अर्ब मानिसको खानेपानीको स्रोतमा गम्भीर संकट उत्पन्न हुने खतरा रहेको वैज्ञानिकहरूले बताएका छन्।

दानव खोलामा बेपत्ता तीन बालकमध्ये एकको शव भेटियो

दानव खोलामा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको, अरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल इन्धन डिपोः अढाई दशकदेखि विध्वंसको पर्खाइ!

चैत १५ गते केही व्यक्तिले सडकमा राखिएका ड्रममा आगो लगाएर विमानस्थल क्षेत्रभित्र फालेका थिए, यद्यपि विमानस्थलको दमकलले समयमै आगो निभाउँदा आयल निगमको इन्धन डिपो जोगिएको थियो।

शिक्षकहरूको आन्दोलनबीच शिक्षामन्त्री भट्टराईको राजीनामा

शिक्षकहरूले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको छ।

कुल निर्यातमा भटमास तेलको हिस्सा एक तिहाइ, ९ महिनामा साढे ६२ अर्बको निकासी

विगतमा पाम तेलको निर्यात सबैभन्दा बढी हुने गरेमा २०७७ सालमा भारतले कडाइ गरेपछि भटमास तेलको निर्यात बढ्दै गएको देखिन्छ।

रुपन्देहीको दानव नदीमा डुबेर ३ बालक बेपत्ता

लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलास्थित दानव नदीमा सोमबार पौडी खेल्ने क्रममा डुबेर तीन बालक बेपत्ता भएका छन्।

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

सोमबार नेप्से परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ को बिन्दुमा कायम भएको छ।

चितवनमा सञ्चालित उद्योग–व्यवसायमा कोभिडको असर कायमै

निरन्तरको प्रयासपछि केही उद्योग पुरानै लयमा सञ्चालन हुन थाले पनि अधिकांश उद्योगमा कोरोनाको असर अझै कायमै रहेको उद्योगी/व्यवसायीहरूको भनाइ छ।

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

फोक्सोको संक्रमणबाट पीडित पोप फ्रान्सिसको सोमबार बिहान आफ्नै निवासमा निधन भएको हो। उनी पोपको पदमा पुग्ने पहिलो ल्याटिन अमेरिकी पादरी थिए।

जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या

बाँधदेखि ड्यामसम्मको करिब चार किलोमिटर क्षेत्रमा पानी सुकेपछि चराचुरुंगी तथा जंगली जनावरलाई समेत पानीको समस्या हुने गरेको स्थानीयले बताएका छन्।

एकछिन फोन गर्नका लागि भन्दै मोबाइल मागेर फरार हुने ३ जना पक्राउ

काठमाडाैँको ठमेल र धुम्बाराही क्षेत्रमा ट्याक्सी चालकहरूसँग विभिन्न बहानामा कुरा गरी, साथीलाई फोन गर्छु भन्दै मोबाइल मागेर फरार हुने गरेका थिए।

सुनको मूल्य तोलाको १ लाख ९१ हजार पुग्यो

सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार रुपैयाँ पुगेको छ। नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो।