पलाँता गाउँपालिका–९ थिर्पुबाट खाद्यान्न, खुद्रा सामान लिएर पलाँता–४ छलतर्फ जाँदै गरेको ट्र्याक्टर बुडाडाँडा नजिक गएराति दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
कुनै पनि देशबाट अमेरिकामा आठ सय अमेरिकी डलरभन्दा बढी मूल्यको पार्सल ढुवानी सोमबारदेखि अस्थायी रूपमा रोक्का गरिएको जर्मन कम्पनी डीएचएलले जनाएको छ।
फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको जिप विद्युत्को पोलबाट चुँडिएको तारमा अल्झिँदा आगलागी भएको प्रहरीको भनाइ छ।
इजरायली सेनाले गत महिना गाजामा १५ प्यालेस्टिनी डाक्टरको हत्या गल्तीबस भएको जनाएको छ।
सोमबार बिहान करिब ५ः०० बजे विद्युत्को पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा मोटरसाइकल सडकबाट करिब ३०० मिटर तल त्रिशूली नदी किनारमा खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुटवल उपमहानगर–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते भएकी युवतीको चितवन मेडिकल कलेजको आईसीयूमा राखेर उपचार भइरहेको छ।
संघ, प्रदेश र स्थानीय तहमा विकास आयोजना बाँडफाँटसम्बन्धी मापदण्डबमोजिम कार्यक्रम तथा आयोजना बाँडफाँट हुनुपर्ने आयोगको सुझाव छ।
सिंहदरबार र बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका राप्रपाका नेताहरू रिहा भएका छन्।
विस्तार हुँदै गरेको सूर्यविनायक–धुलिखेल सडकका कारण पर्यटक आउने सिजनमा धुलिखेलका होटल व्यवसायी धुलो पुछ्दै र बढार्दै बस्नुपर्ने अवस्था छ। ठेक्का अवधि सकिनै लाग्दा सडकको काम सम्पन्न हुने छाँटकाँटै छैन।
तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा आइतबार माइक्रोबस र स्कुटर ठोक्किँदा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ।
दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि २०२४ देखि २०३० सम्म औसतमा जीडीपीको ४५.४ प्रतिशत लगानी आवश्यक पर्ने योजना आयोगको अनुमान छ।
सबैभन्दा कम उमेरमा आईपीएल खेल्ने खेलाडी हुन्, वैभव सूर्यवंशी। लखनउ सुपर जाइन्ट्सविरुद्धको खेलमा आफ्नो टिम राजस्थान रोयल्स पराजित भए पनि आक्रामक ब्याटिङ गरेका वैभवको भने तारिफ भइरहेको छ।
वैशाख ७ देखि १४ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइनमार्फत निवेदन दिन सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
आइतबार नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६.०४ को विन्दुमा कायम भएको छ।
भानु नगरपालिका–१०, कालीमाटीमा आइतबार माइक्रोबस र स्कुटर ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
प्रहरीले सिंहदरबार भित्रबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै सांसदहरू बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ।
कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ। माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ।
वासिंटनमा प्रदर्शनकारीहरूले न्यायिक प्रक्रियाको अधिकारसहित लामो समयदेखि सम्मानित संवैधानिक मान्यतालाई ट्रम्पले खतरामा पारेको भन्दै नारा लगाएका थिए।