AnonymousUser

Logout

मुस्ताङमा सरकारी निकायसँग समन्वयबिनै सार्वजनिक जग्गामा स्याउखेती

कागबेनीमा मुक्तिनाथबाट बग्ने कागखोलाको धार अतिक्रमणमा पर्दा त्यहाँ प्राकृतिक विपद्को सामना गर्नुपरेको स्थानीयको गुनासो छ।

टी–२० विश्वकप एशिया छनोटको 'सुपर थ्री'मा पुग्यो नेपाल

शुक्रबार तय भएको हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि सुपर थ्रीमा नेपालको स्थान पक्का भएको हो।

काठमाडौँ र ललितपुरका सम्पदा जोड्ने गरी 'हेरिटेज रन' हुने

रेस नेपालको आयोजनामा यही जेठ २४ गते शनिबार काठमाडौँ र ललितपुरका सम्पदा जोड्ने गरी सम्पदा दाैड (नेपाल हेरिटेज रन) हुने भएको छ।

धारिलो हतियार प्रहार गरी २ बालबालिकाको हत्या

चितवनका ४२ वर्षीय ती व्यक्तिले भतिजो र आफ्नै छोरीको हत्या गरी आफूलेसमेत आत्महत्याको प्रयास गरेका छन्।

रुस–युक्रेन युद्धमा हात गुमाएर आए, फेरि उतै फर्किए

ड्युटीका लागि रेड जोन जाँदा ३० जना थिए, फर्किंदा सुमनले गाडीमा १२ सैनिक मात्रै गने। त्यसमध्ये पनि एक नेपाली र कमान्डर मात्रै सद्दे थिए। कतिका हात, कतिका खुट्टा र आधा शरीर नै बमले उडाइदिएको थियो।

बिहीबार मध्यरातदेखि गाजामा इजरायली आक्रमण, कम्तीमा ११४ जनाको मृत्यु

इजरायलले विगत साढे दुई महिनादेखि गाजामा राहत सामग्री प्रवेशमा समेत प्रतिबन्ध लगाएको छ।

चितवनमा बस दुर्घटना हुँदा १५ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रुवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका हुन्।

साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल शुरू

सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको दूतावासले जनाएको छ।

ला लिगा: बार्सिलोना बन्यो च्याम्पियन

बिहीबार राति भएको खेलमा इस्पान्योललाई २–० ले पराजित गर्दै बार्सिलोनाले लिगको उपाधि हात पारेको हो।

आजदेखि शुरू हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौँमा

जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि शुरू हुँदैछ।

कोशी, बागमती र गण्डकी प्रदेशसहित केही पहाडी भेगमा पानी पर्ने

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आयल निगमले घटायो पेट्रोल र डिजेलको मूल्य

आयल निगमले पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले घटाएको छ।

इजरायली आक्रमणबाट गाजामा मृतकको संख्या १०० नाघ्यो

गाजाको नागरिक सुरक्षा निकायका अनुसार बिहीबार बिहानैदेखि भएको इजरायली बमबारीमा परी मृत्यु हुनेको संख्या १०३ पुगेको छ।

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको मृत्यु

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ।

संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा सकियो सुनुवाइ, जेठ २८ गते ‘निसु’

संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्तविरुद्धको मुद्दामा संवैधानिक इजलासले गत माघ ३० गतेबाट हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्दै आएको थियो।

नेप्से परिसूचकमा लगातार पाँचौँ दिन गिरावट

नेप्से परिसूचक बिहीबार ८.४१ अंकले घटेर २६११.८५ को विन्दुमा कायम भएको हो।

नक्कली कागजात बनाउने गिरोह तारकेश्वरबाट पक्राउ

सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कागजात किर्ते गरी नक्कली बनाउने गिरोहका तीन जनालाई प्रहरीले तारकेश्वर नगरपालिका–७ फुटुङबाट पक्राउ गरेको छ।

यार्सागुम्बा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

यार्सा संकलन हिमाली क्षेत्रका बासिन्दाका लागि रोजगारी र आयआर्जनको माध्यम बनेको छ। यार्सा संकलक बुकीमा ओढार र त्रिपालको छाप्रो हालेर बास बस्ने गरेका छन्।

मनसुनअगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग

सांसदले मनसुन शुरू हुनुअगावै सडक मर्मतसम्भार, स्तरोन्नति र निर्माण सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

तीन पूर्वमन्त्री जोडिएको टेरामक्स प्रकरणः बस्नेतविरुद्ध मुद्दा दर्ता, कार्की र बास्कोटालाई ‘चलाउनु नपर्ने’

टेरामक्स उपकरण खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मोहन बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दर्ता गर्दा ज्ञानेन्द्र कार्की र गोकुल बास्कोटालाई ‘मुद्दा चलाउनु नपर्ने’ जनाएको छ। के हो टेरामक्स प्रकरण?