AnonymousUser

Logout

एनपीएलमा आज दुई वटा खेल हुँदै

पहिलो खेल काठमाडौँ गुर्खाज र चितवन राइनोजबीच बिहान ९:१५ बाट तथा अर्को खेल दिउँसो १:१५ बाट जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ।

उपनिर्वाचन: गढीमाई –८ मा नेकपा एस र ईशनाथ–७ मा कांग्रेस विजयी

रौतहटको गढीमाई नगरपालिका– ८ को वडाध्यक्ष पदमा  नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बजरङ्गीप्रसाद यादव तथा ईशनाथ नगरपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका हुन्।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। तराईका एक/दुई स्थानमा हल्का हुस्सु लागेको छ।

अमेरिकी अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले प्रस्तावित ३०० मिलियन आरएमबी चिनियाँ युआन बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ।

दर्चुलाको दुहुँ–५ को वडाध्यक्षमा कांग्रेसका कुँवर विजयी

दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्षमा कांग्रेसका धनबहादुर कुँवर विजयी भएका छन्।

तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका शाही विजयी

कालीकोटको तिलागुफा नगरपालिका– ४ को वडा अध्यक्षमा नेमकिपाका खड्गराज शाही विजयी भएका छन्।

त्रिभुवन विमानस्थलबाट कोकिनसहित केन्याली नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित केन्याली महिला पक्राउ परेकी छिन्।

खुला लैनचौर खेलमैदानमा परिणत, अस्तित्व मेटिने चिन्ता

करिब २०० वर्षअघि बेलायती राजदूतावास स्थापना हुनुअघि नै लैनचौर खुला मैदान थियो। त्यो समयको विशाल लैनचौर मैदान अहिले खुम्चिएर फुटसल र बास्केट बल कोर्टमा सीमित छ।

स्थानीय तह उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान

आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

यस्तो छ प्रधानमन्त्रीको चीन भ्रमण तालिका

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचालउने निर्णयविरुद्धको रिट दरपीठ

सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्भ अधिकारीलाई तत्काल पक्राउ गरी प्रभावकारी अभियोजन गर्न माग गरिएको रिट निवेदन दरपीठ गरेको छ।

एशिया कप क्रिकेट: नेपाल बांग्लादेशसँग ५ विकेटले पराजित

यू१९ एशिया कप क्रिकेटमा नेपाल बांग्लादेशसँग ५ विकेटले पराजित भएको छ।

११ महिनामा भित्रिए १० लाख ५५ हजार विदेशी पर्यटक

पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर १० लाख ५५ हजार ५३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्।

दृष्टिविहीन विश्वकप क्रिकेट: नेपाल सेमिफाइनलमा पाकिस्तानसँग पराजित

नेपाल दृष्टिविहीन टी२० विश्वकप क्रिकेट सेमिफाइनलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको छ। 

नेप्से परिसूचक १० अंकले घट्यो, ८ अर्ब ८३ करोडको कारोबार

आइतबार नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०६ को विन्दुमा सीमित भएको छ।

जडीबुटीमा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ महानगरपालिका–३२, जडीबुटीमा रोकिराखेको टिपरमा ठोक्किएर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।

रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किएर पुरिँदा ५ मजदुरको मृत्यु

रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किएर पुरिँदा पाँच मजदुरको मृत्यु भएको छ। 

भारत र चीनबाट पर्यटक भित्र्याउन ‘नाइस–२०२५’ गरिँदै

पर्यटन प्रवर्द्धन गरी छिमेकी मुलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक  भित्र्याउने उद्देश्यले संयुक्त रूपमा ‘नेपाल इन्डिया चाइना एक्स्पो (नाइस)–२०२५’ गरिने भएको छ।

मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प

एडीबीको आर्थिक तथा प्राविधिक सहयोगमा २०६८ सालमा दुई करोड रुपैयाँको लागतमा स्थापना भएको केन्द्र टर्वाइन मर्मत तथा पुरानो ब्याट्री प्रतिस्थापन नहुँदा उत्पादनविहीन बनेको हो।

बीआरआईमा ऋणको झमेला, अनुदानमा आधारित सहयोग मात्र चीनलाई स्वीकार्य होला?

विगतको बीआरआई योजनाको ऋण अवधारणालाई ‘अनुदान आधारित’ भन्दै सरकारमा रहेका मुख्य दुई दलले गरेको व्याख्यालाई चीनले स्वीकार गर्ने वा नगर्ने भन्नेबारे निर्णायक तहमा जवाफ आएको छैन।