सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको शिखर सम्मेलनमा ब्रिक्स देशहरूले नयाँ साझा मुद्रा सिर्जना गर्ने सम्भावनालाई विचार गर्ने निर्णय गरेका थिए।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआईभी संक्रमण ९१ प्रतिशतले घटेको छ।
गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।
आयल निगमले पेट्रोल र हवाई इन्धनको मूल्य वृद्धि गरेको छ।
दर्शकको प्रवेश व्यवस्थित नहुँदा मैदानबाहिर भिडभाड मात्र होइन नाराबाजी, ढुंगामुढासमेत भयो। केही दर्शक घाइतेसमेत भए।
सेजन अवार्ड पत्रकार शरद ओझाले प्राप्त गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो १०० ग्राम सुनसहित एक जना पक्राउ परेका छन्।
घाइतेमध्ये एक प्रहरी जवानको अवस्था गम्भीर रहेको र उनको बाँसवारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
काठमाडौँको तारकेश्वरमा बसको ढोकाबाट खसेर शनिबार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
आयोगका अनुसार मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारीचालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउनेछन्।
एनपीएलको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको छ।
दक्षिणी थाइल्यान्डमा भारी वर्षापछि आएको बाढीले नौ जनाको ज्यान लिनुका साथै १३ हजारभन्दा बढी विस्थापित भएका छन्।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर १९ ओभरमा १२७ रनमा अलआउट भयो।
आँधीका कारण बढ्दो छालले तल्लो तटीय क्षेत्रमा बाढीको खतरा निम्त्याउने जोखिम भएकाले माछा मार्ने मानिसलाई पानीबाट टाढा रहन आग्रह गगरिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान अनिल शाहले जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन्।
डाँफे जेभीले दुई वर्षमा निर्माण गरेर २०७९ असोज अन्तिममा राखेपलाई हस्तान्तरण गरेको रंगशाला मनोहरा खोलाको बाढीको चपेटामा परेको छ ।
यस आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरस्थित अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।
बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने र नाली निर्माण गरी ग्राभेलसहित स्तरोन्नति गर्न थालिएको छ।
मैदानमा दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ। यसले खेलाडी र दर्शकलाई ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ।