AnonymousUser

Logout

दक्षिणी गाजामा इजरायलको हवाई आक्रमण, ५४ जनाको मृत्यु

यसअघि, उत्तरी र दक्षिणी गाजामा बुधबार भएको हवाई आक्रमणमा करिब दुई दर्जन बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु भएको थियो।

टेरामक्स खरिद प्रकरण: तत्कालीन सञ्चारमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा 

टेरामक्स खरिद प्रकरणमा मुछिएका भनिएका तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गोकुल बाँस्कोटा र पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई भने प्रतिवादी बनाइएको छैन।

बहराइनविरुद्ध नेपाल बलिङमा 

नेपालले यसअघि बहराइनलाई ९ विकेटले हराएको थियो। मंगलबार हङकङसँग भने पराजित भएको थियो।

ठूला दलमा जम्बो केन्द्रीय समिति, झनै जम्बो साना दलमा

ठूला दलमध्ये कांग्रेसका केन्द्रीय सदस्य १६८ र एमालेका ३६० जना छन्। माओवादीको केन्द्रीय समितिमा ४०७ जना छन्। यी दलभन्दा न्यून साधारण सदस्य भएका दलले पनि पदकै लागि केन्द्रीय सदस्य ‘बाँड्ने’ गरेका छन्।

तोलामा ३ हजार ५०० रुपैयाँले घट्यो सुन

नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ।

मासिए ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा

तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा राजा भर्दिबम मल्लले निर्माण गर्न लगाएका चारवटा कुवा र अन्य ऐतिहासिक सम्पदा मासिएको स्थानीयले बताएका छन्।

सतुंगलको कपडा पसलमा आगलागी

चन्द्रागिरि नगरपालिका– ११ सतुंगल चोकस्थित आरआर कम्प्लेक्सको भुइँतलामा रहेको कपडा पसलमा बिहीबार बिहान साढे पाँच बजेतिर आगलागी शुरू भएको थियो।

अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै

परिवारलक्षित नीतिका माध्यमबाट दिगो विकासका लक्ष्य हासिल गर्न, उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यका साथै वातावरणीय विनाशलाई सम्बोधन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ। 

कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना 

कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

संखुवासभामा चट्याङ लागेर १ जनाको मृत्यु, ३ घाइते

संखुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

भारत–पाकिस्तान द्वन्द्व: जेएनयूले गर्‍यो टर्किएको इनोनु विश्वविद्यालयसँगको सम्झाैता निलम्बन

राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको जेएनयूले जनाएको छ।

गत वर्ष ९१ अर्ब ५९ करोड बेरूजु थपियो

महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक भएको छ।

तल्लो बाटोमा रोकिएकाहरू– ‘घर नफर्कने, अमेरिका नपाए युरोप, क्यानडा छिर्ने’

दलाललाई आधा करोडभन्दा धेरै पैसा बुझाएर अमेरिका हिँडेका रुकुमेलीहरू ट्रम्प नीतिका कारण बाटोमै रोकिएका छन्। उनीहरू घर नफर्कने, अमेरिका नभए युरोप र क्यानडा छिर्ने तरखरमा छन्। 

उकालोको खोजमूलक रिपोर्टलाई ‘स्पेसल मेन्सन’

बीपी अनमोल र दीप सुवेदीले तयार पारेको रिपोर्टले ‘एआईपीएस स्पोर्ट्स मिडिया अवार्ड २०२४’ को ‘बेस्ट इन्भेस्टिगेसन’ विधामा ‘स्पेसल मेन्सन’ प्राप्त गरेको हो।

बालकमाथि हुने यौन हिंसा अन्त्य गर्न नीलो छाता अभियान

सूचना प्रविधिको प्रयोगसँगै बालकहरू यौन हिंसाको जोखिममा रहेका छन्। साइबर ब्युरोको तथ्यांकअनुसार गत आ.व.मा २५३ बालक र ३८२ बालिका साइबर अपराध पीडित भएका थिए।

लगातार चाैथो कारोबार दिन पनि घट्यो शेयरबजार

अघिल्लो बुधबार ६२ अंकले बढेको नेप्सेले त्यसपछि भने घट्ने क्रमलाई निरन्तरता दिएको छ।

महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ

हत्या गरी फरार भएका पन्त भारतबाट काठमाडौँ फर्कंदै गर्दा काठमाडौँको नागढुंगाबाट पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पोरेसन’का प्रमुखको भेट

कर्पोरेसनका प्रतिनिधिले यसअधि भौतिक पूर्वाधार मन्त्रालय र लगानी बोर्डसँग भेटेर रेलवे निर्माण र सहकार्यका लागि संयुक्त कार्य समूह बनाइ अध्ययन गर्ने विषयमा समझदारी गरेको थियो।

भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी विधेयकलाई समयानुकूल बनाउनुपर्ने भएकाले संसद्मा प्रस्तुत गरिएको बताएका छन्।

उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन

सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका नेता मुहिका आफ्नो साधारण जीवनशैलीका कारण विश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’को उपनामले परिचित थिए।