काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
यस वृद्धिदरले रुसको आर्थिक विकास मन्त्रालय तथा केन्द्रीय बैंकले यसअघि गरेको अनुमानभन्दा केही कम परिणाम देखाएको छ।
गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा एक हजार ८७२ उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ।
सरोकारवाला विज्ञहरूले तुलनात्मक रूपमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढी हुने गरेको उल्लेख गर्दै क्षतिपूर्तिका लागि विश्वको ध्यानाकर्षण गराएका छन्।
धुलिखेलमा विद्युत्को खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।
सरकारी तथ्यांकअनुसार पाँच प्रतिशत बायोइथानोल मिश्रणको आवश्यकता पूरा गर्न इन्डोनेसियालाई वार्षिक १० देखि १२ लाख किलोलिटर इथानोल आवश्यक पर्नेछ।
नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभागप्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटना हुँदा निधन भएको थियो।
काठमाडौँबाट बाहिरिने वा भित्रिने सवारीसाधनले यो सडक रोज्न थालेका छन्। करिब ४५ मिनेटमा सीतापाइलाबाट धार्के पुग्न सकिन्छ।
२१३ रनको विजयी लक्ष्य नेपालले ३७.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। गुल्सन झाले सर्वाधिक ८० रन बनाए। आरिफ शेख ७३ रनमा नटआउट रहे।
उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
वर्षासँगै आएको आँधी, हावाहुरीका कारण उदयपुरका विभिन्न स्थानमा दर्जनौँ घर तथा विद्यालयमा क्षति पुगेको छ।
सरोकारवाला विज्ञहरूले जलवायु परिवर्तनका कारण खाद्य सुरक्षामा चुनौती बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका आठ विमान ‘डाइभर्ट’ भएका छन्।
संयुक्त राष्ट्रसंघीय अन्तरिम बलका प्रवक्ताका अनुसार दक्षिण लेबनानमा शान्ति सैनिकको नियमित गस्तीका क्रममा स्थानीयले हातहतियारसहित अवरोध गरेपछि झडपको स्थिति सिर्जना भएको हो।
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेले बताए।
दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीले नियुक्त हुन पेश गरेका अनुभवका दुई वटा प्रमाणपत्रमाथि अख्तियारले छानबिन थालेको छ। दुई वटा कम्पनीमा एकै समय काम गरेको देखिएपछि भण्डारीविरुद्ध उजुरी परेको थियो।
सगरमाथा संवादमा सरोकारवाला विज्ञहरूले अन्तर्राष्ट्रिय जलवायु संकट समाधानमा सामूहिक प्रतिबद्धतामा जोड दिएका छन्।
काठमाडौँ महानगरपालिका–३१ कात्यानी चोकमा कारको ठक्करबाट घाइते भएका एक बालकको उचारका क्रममा शुक्रबार मृत्यु भएको छ।
खर्चको तुलनामा राजस्व संकलन निकै कम हुँदा चालु आर्थिक वर्षको १० महिनाको अवधिमा घाटा बजेट दुई खर्ब रुपैयाँ नाघेको छ।
भक्तपुर प्रहरीले २४ घण्टाको अवधिमा सूर्यविनायक र मध्यपुरथिमि नगरपालिका विभिन्न क्षेत्रबाट लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ।