गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरिएको हो।
विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन निकै कमजोर भएपछि नेपालले सन् २०२२ मा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको ईसीएफ सुविधा लिएको थियो।
सलिनाले काठमाडौँको नाम त सुनेकी थिइन्, तर देख्न पाएकी थिइनन्। काठमाडौँ कस्तो होला भन्ने सधैँ उनको दिमागमा घुमिरहन्थ्यो। अनि १४ वर्षकी सलिनाले भलिबल सिक्न काठमाडौँ जाने सपना बनाइन्।
विभिन्न राइड सेयरिङ एपमार्फत यात्रुहरूलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरू आइरहेको नेपाल प्रहरीले जनाएको छ।
यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्।
यसलाई रुसी वायुसेनामाथि अहिलेसम्मकै सबैभन्दा आक्रामक आक्रमण मानिएको छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
पन्जाब किंग्सले क्वालिफायर-२ खेलमा मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गर्दै आईपीएलको फाइनलमा स्थान बनाएको छ।
काठमाडौँको नारायणचौरमा आइतबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहित सात जनालाई रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सिफल चौर, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खुबाहेकका स्थानमा विरोधका कार्यक्रम गर्न निषेध गरेको छ।
संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले जलविद्युत् आयोजना बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको छ।
गणतन्त्रलाई सबल र उत्तरदायी बनाउन राजनीतिक नेतृत्वको आचरण, संस्थागत जबाफदेहिता, नागरिक सहभागिता र संवैधानिक मूल्यको सम्मान सुनिश्चित गर्नुपर्नेमा नागरिक अगुवा, प्राज्ञ र राजनीतिज्ञले जोड दिएका छन्।
केही वर्षअघि तिंकर पुग्न नेपाली गोरेटो बाटो प्रयोग हुन्थ्यो। गोरेटो बाटो मर्मतमा ध्यान नजाँदा स्थानीयले केही वर्षदेखि आफ्नै गाउँ फर्किन भारतीय भूमि र अनुमतिको भरपर्नु परेको छ।
विगत १० वर्षमा मनसुनजन्य विपद्का कारण २ हजार ३१७ जनाको ज्यान गयो, ४१९ जना बेपत्ता छन्। गत वर्ष मात्र बाढी र पहिरोमा परी ४९५ जनाको ज्यान गयो, ६६ जना बेपत्ता छन्।
खाडी मुलुकमा ग्रीष्म ऋतुमा तापक्रम प्रायः ५० डिग्री सेल्सियससम्म पुग्ने गर्दछ। खाडीमा नेपाल, भारत, पाकिस्तान लगायतका एशियाली मुलुकबाट पुगेका अधिकांश कामदार निर्माण क्षेत्रमा काम गर्न बाध्य हुन्छन्।
संखुवासभामा बाढीका कारण सडकसँगै लघु जलविद्युत् आयोजना, काठेपुललगायत संरचनामा क्षति पुगेको छ।
गायक तथा लेखक गणेश रसिक (राई)को ७८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ।
थापासहितका प्रदर्शनकारी राजसंस्था पुनर्स्थापना मागसहितको प्रदर्शनका क्रममा नारायणचौरबाट बालुवाटार जाँदै गर्दा पक्राउ परेका हुन्।
‘राइड शेयरिङ’लाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात बन्द गरेका यातायात व्यवसायीलाई यसअघि बुधबार वार्तामा बोलाइएकामा उनीहरू गएका थिएनन्।
दुर्घटनामा घाइते जिप चालकसहित आठ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।