AnonymousUser

Logout

यस्तो रहनेछ आइतबारको मौसम

दिउँसो कोशी र मधेशका साथै बाँकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

बुर्तिबाङलाई नयाँ शहर बनाउने कार्य सुस्त गतिमा  

पर्याप्त बजेट नआउँदा र आएको सबै बजेटलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा काममा ढिलासुस्ती भएको छ।

दाङमा थपिँदै सिकलसेलका बिरामी

सिकलसेल भएका युवायुवतीको रगत परीक्षण गरेर मात्रै विवाह गर्नुपर्ने सुझाव समुदायमा दिँदै आइएको  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख किशोर आचार्यले बताए।

मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको टिप्पणी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उद्यमी एलन मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ भन्दै टिप्पणी गरेका छन्। मस्कले राष्ट्रपति ट्रम्पको प्रस्तावित खर्च विधेयकको आलोचना गरेपछि विवाद चर्किएको थियो।

‘बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न कठिन’

सरकारले लिएको करनीतिले धनाढ्य वर्गलाई फाइदा पुग्ने तर मध्यम शहरिया वर्गलाई बढी कर तिर्नुपर्ने स्थिति रहने राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रमेश पौडेलको भनाइ छ।

उद्धार अभ्यासका क्रममा बेपत्ता भएका सुरक्षाकर्मीको खोजी जारी

विपद् उद्धार अभ्यासका क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

सुदूरपश्चिममा थप ४ जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

जुलियस र सन्ताेषीलाई नेपाल हेरिटेज रेसको उपाधि

नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि केन्याका जुलियस म्युरुकी र नेपालकी सन्तोषी श्रेष्ठले जितेका छन्। 

बाजुराको बाम्का बजारमा आगलागीबाट पौने ९ करोडको क्षति

बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा भएको आगलागीबाट फेन्सी, मेडिकल, इलेक्ट्रोनिक, पुस्तक, होटललगायतका पसल जल्दा पौने नौ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

बाढीले पुरियो नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ

संखुवासभाको उत्तरी क्षेत्र किमाथांकामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको छ।

म्यानमारले गर्‍यो श्रमिक अधिकारसम्बन्धी राष्ट्रसंघीय प्रस्ताव खारेज

सन् २०२३ मा गरिएको राष्ट्रसंघीय अनुसन्धान प्रतिवेदनले म्यानमारको सेनालाई श्रममा जबरजस्ती प्रयोग नगर्न र श्रमिक संगठनकर्मीमाथिको हिंसा तुरुन्त रोक्न आग्रह गरेको थियो।

झापामा पोखरीमा डुबेर तेह्रथुमका दुई बालकको मृत्यु

तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बाढीको डरले बसाइँ सर्न थाले कुतियाकवरवासी

जोगबुडा नदी र महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको कुतियाकवरबस्ती हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ। तटबन्ध निर्माण रोकिएपछि स्थानीय सुरक्षित स्थान खोज्न थालेका छन्।

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

कोशी र मधेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

बाम्का आगलागी: पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

बुढीगंगा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा शुक्रबार दिउँसो खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो।

बाम्का बजार आगलागी : ‘बाल्टिनकै भरमा आगो निभाइयो, दमकल भएको भए यति ठूलो क्षति हुने थिएन’

बाजुराको बूढीगंगा नगरपालिका–६ का वडाध्यक्ष हेमराज जैसी भन्छन्, ‘जिल्लामा दमकल नै छैन। छिमेकी जिल्ला अछामको दमकल बिग्रेको र डोटीबाट आउन सक्ने अवस्था भएन। त्यसैले ठूलो धनमालको क्षति भयो।’

भारतबाट फर्केका ८ जनामा कोरोना संक्रमण

तीन दिनमा भारतबाट फर्केका आठ जनामा कोरोना संक्रमण देखिएको र उनीहरूमा ज्वरो र रुघाखोकीको समस्या रहेको स्वास्थ्य आपत्कालीन केन्द्रका सूचना अधिकारी हेमराज जोशीको भनाइ छ।

हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा ८ जना घाइते

झापाको कनकाई नगरपालिका–२ मा हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा आठ जना घाइते भएका छन्।

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्कीवासको पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ।

बाजुराको बाम्का बजारमा सिलिन्डर फड्किएर आगलागी

बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा १२ भन्दा बढी पसल जलेको प्रहरीले जनाएको छ।