AnonymousUser

Logout

संघीयताको दृष्टिकोणबाट बजेट: स्रोतसाधन वितरणमा एकपक्षीय, अधिकार हस्तान्तरणमा उदासीन

‘संघीयताको दृष्टिमा आर्थिक वर्ष २०८२/८३ को बजेट’ विषयक छलफलमा वक्ताले अधिकार र स्रोतको उचित बाँडफाँट नहुँदा प्रदेश र स्थानीय तहले प्रभावकारी काम गर्न नसके, संघीय बजेटमा सुधार नभएको बताए।

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

बन्दीपुर गाउँपालिका–२ कुवादीमा सोमबार साँझ चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।

सोलार फेन्सिङ बिग्रिएसँगै हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

स्थानीय शंकर लुइँटेलले मेची नदी किनारमा गरिएको सोलार फेन्सिङ बिग्रिएपछि हात्ती फेरि बाहुनडाँगीमा हुल बाँधेर आउन थालेको बताए। सोलार फेन्सिङ मर्मत गर्न सम्बन्धित निकायले चासो नदिएको उनको गुनासो छ।

महाराष्ट्रमा रेलबाट खसेर ४ जनाको मृत्यु, ९ घाइते

भारतको महाराष्ट्रमा भिडभाडयुक्त रेलबाट खसेर चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

जैतुनको अध्ययनमा ठूलो लगानी, सम्भावना देखिएपछि मर्न छाडियो बोट

जैतुनको व्यावसायिक खेतीबारे अध्ययन गर्न सरकारले ठूलो लगानी गर्‍यो। त्यसपछि बाजुरालगायत ठाउँमा बिरुवा लगाउन करिब ९ करोड खर्च गरियो। अहिले जिम्मा लिने सरकारकै निकायलाई जैतुनबारे जानकारी छैन।

काठमाडौँ महानगरका तत्कालीन इन्जिनियर कोइरीको साढे ४ करोडको गैरकानूनी सम्पत्ति, भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

सूचना प्रकाशन नै नगरी भुक्तानी लिएको आरोपमा सम्पादकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पत्रिकामा सूचना प्रकाशन नै नगरी भुक्तानी दिएको आरोपमा फतुवा विजयपुर नगरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, जनसवाल राष्ट्रिय दैनिकका सम्पादकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

७२ जिल्लामा फैलियो डेंगी, सबैभन्दा धेरै संक्रमित काठमाडौँमा

ईडीसीडीका अनुसार जनवरी १ देखि जुन ८ सम्ममा डेंगीका एक हजार २५५ संक्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा संक्रमण पुष्टि भइसकेको छ।

राष्ट्रियसभाबाट पारित भयो पानीजहाज विधेयक

राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिबाट पारित भएको छ।

बेगनास तालमा बेपत्ता पुरुषको शव भेटियो

पौडी खेल्ने क्रममा आइतबार साँझ कास्कीको बेगनास तालमा बेपत्ता एक जनाको शव फेला परेको छ।

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

सोमबार नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ को बिन्दुमा कायम भएको छ।

राप्ती नगरपालिकाले हटायो चिकित्सकसहित ७२ कर्मचारी

राप्ती नगरपालिकाले आन्तरिक स्रोत अभाव र अख्तियारले चासो राखेको कारण देखाउँदै चिकित्सकसहित ७२ जना दैनिक ज्यालादारी कर्मचारीलाई  हटाएको छ।

मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएको छ।

सडक मर्मत र पूर्वाधार निर्माण गर्दा बनेका खाडल नागरिकलाई पासो

सडक मर्मत वा पूर्वाधार निर्माणका लागि खनिएका खाडलमा परी विगत पाँच वर्षमा २२ जनाको ज्यान गएको छ। सरकारले कडाइ नगर्दा अझै पनि विभिन्न प्रयोजनमा खनिएका खाडल नपुरी छाडिन्छ।

सुनको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १०० रुपैयाँले घटेको हो।

‘मेडिकल इम्प्लान्ट’लाई सरकारी फार्मेसीमै उपलब्ध गराउन मन्त्रालयको परिपत्र

हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरणसमेत सार्वजनिक नहुँदा बिरामीहरूले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ।

हमासको गाजा प्रमुख सिनवारको शव भेटिएको इजरायलको भनाइ

इजरायली सेनाले डीएनए परीक्षण मार्फत सिनवारको शव पहिचान गरेको बताएको छ। यद्यपि, हमासले अहिलेसम्म सिनवारको मृत्युको सार्वजनिक रूपमा पुष्टि गरेको छैन।

सुन्तला लगाउने बारीमा भेटिएका वस्तु यार्सागुम्बा भएको पुष्टि

पाल्पाको रम्भा गाउँपालिकामा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बा जस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो।

मौसम पूर्वानुमान : आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यूईएफए नेसन्स लिग: स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगलले जित्यो उपाधि

म्युनिखमा आइतबार राति भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ ले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो।