मंगलबार नेप्से परिसूचक १४ अंकले बढेर २६२६ को विन्दुमा कायम भएको छ भने पाँच अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
बुबा र भाइबाट आफूमाथि तनाव बढेकाले हत्या गरेको रूपेशले स्वीकार गरेको अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए।
सिरहाका १७ वटै पालिकाका अधिकांश किसानले मल पाउन सकेका छैनन्। कतिपयले मल अभावका कारण गहुँ छर्न पाएका छैनन्। कतिपयले उम्रिएको गहुँमा मल छर्न सहकारी तथा अन्यत्र भौँतारिरहेका भेटिन्छन्।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार सरकारी ऋण करिब २५ खर्ब रुपैयाँ हाराहारी छ।
दुर्घटनामा ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको छ।
मंगोलियामा गत हिउँदमा पाँच दशक यताकै ठूलो हिमपात भएको थियो। जसका कारण ठूलो बाढी आएको र लाखौँ पशुधनको क्षति भएको थियो।
इन्धनबाट चल्ने जिप, कार र भ्यानको मात्रै नभएर वीरगन्ज नाका हुँदै भित्रिने चारपाङ्ग्रे विद्युतीय सवारीसाधनको संख्या पनि आयात घटेको भन्सारको तथ्यांकले देखाएको छ।
सप्तरीको सुरुंगा नगरपालिका–५ स्थित कुशाहाका विपन्न दलित परिवारको जीवतस्तर तरकारीखेतीबाट उकासिएको छ। उनीहरूले ‘बिर्धना कृषिक समूह’ गठन गरेका छन्।
मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यानमारमा लगी अवैध कार्यमा लगाउने गरेको सूचना प्राप्त भएको मन्त्रालयले जनाएको छ।
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात तथा अन्य केही क्षेत्रमा हल्का वर्षासमेत हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
हेटौँडा उपमहानगर–१ तिरतिरे धारास्थित सडकमा सोमबार साँझ भारतीय नम्बर प्लेटको कारले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
सोमबार छविलाल जोशीको मात्र बयान लिइएको, मंगलबार रवि लामिछानेसहित अन्य प्रतिवादीको बयान हुने कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीको भनाइ छ।
बांग्लादेशले पूर्वप्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक रूपमा अनुरोध गरेको छ।
एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइजले झापा कपको उपाधि जितेको छ। उपाधि जितेसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना जारी गरेर रवि लामिछानेको सांसद पद निलम्बनमा परेको जानकारी गराएका छन्।
रास्वपाले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ।
आर्थिक र कर्मचारी नियमावलीसँग बाझिने गरी काठमाडौँ विश्वविद्यालयले एकपक्षीय रूपमा निर्णय गरेको भन्दै धुलिखेल अस्पतालले असन्तुष्टि जनाएपछि विवाद उत्पन्न भएको थियो।
देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन, छिमेकी देशसँग विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार गर्न प्राधिकरणलाई ७२ अर्ब लगानी जुटेको छ।
सहकारी ठगीको आरोपमा प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्षलाई पक्राउ गरेको छ।
जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य भक्तपुरमा छोरासहित मृत फेला परेका छन्।