AnonymousUser

Logout

अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै लाखाैँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासंघको ७ बुँदे सुझाव प्रस्तुत

लगानी वृद्धि र पर्यटन आकर्षणका लागि सन् २०२६ देखि २०३० सम्मलाई निर्यात वर्ष घोषणा गरी सरकार र निजी क्षेत्रको सहकार्य बढाउन आग्रह गरिएको छ।

जापानमा जन्मदर घट्दो, गत वर्ष ७ लाखभन्दा कम शिशुको जन्म

जापानले सन् २०२४ मा ६ लाख ८६ हजार ६१ नवजात शिशुलाई स्वागत गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ४१ हजार २२७ ले कम हो।

बीपी राजमार्गले उठाएको सिन्धुली फेरि थलिँदै

सिन्धुलीको विकासमा बीपी राजमार्गको ठूलो भूमिका छ। यही राजमार्गका कारण खुर्कोट र मुलकोटजस्ता गाउँ साना शहरमा परिणत भए। तर बाढीपहिरोले सडक क्षतिग्रस्त हुँदा व्यवसायी र किसान चिन्तित छन्।

तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ।

नेपाल–बांग्लादेश व्यापार: आयात ४ अर्ब ७५ करोड, निर्यात ३५ करोड

काँकडभिट्टाबाट सबैभन्दा बढी ३० करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको खुदो बांग्लादेश निर्यात भएको छ। १ अर्ब ७८ करोड ४२ लाख रुपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको छ।

विज्ञापनमा भ्रष्टाचार: तिलाठी कोईलाडीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा

बोलपत्र आह्वानको सूचना लुकाउने उद्देश्यका साथ सार्वजनिक रूपमा प्रकाशन नगरी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना एकप्रति मात्रै प्रकाशित गरेको पाइएको आयोगले जनाएको छ।

कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ।

बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो। 

यातायात व्यवसायीले फिर्ता लिए आन्दोलनका कार्यक्रम

गण्डकी प्रदेशले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय लिएसँगै यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।

गण्डकीको राइड सेयरिङ नियममावली कार्यान्वयन १ महिना स्थगित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अनुरोधपछि गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीको कार्यान्वयन प्रक्रिया एक महिनाका लागि स्थगन गर्ने निर्णय गरेको छ।

काठमाडौँ महानगर प्रहरी प्रमुखबाट राजु पाण्डे निलम्बित, जोशीलाई निमित्तको जिम्मेवारी

राजुनाथ पाण्डे निलम्बनमा परेपछि काठमाडौँ महानगरको नगर प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी विष्णुप्रसाद जोशीले पाएका छन्।

तल्लो बाटोको पीडाः ट्रम्पको त्रास रुकुमसम्मै

ट्रम्पले आप्रवासीप्रति कठोर नीति लिँदा त्यसको त्रास नेपालसम्मै फैलिएको छ। करोडसम्म खर्चिएर तल्लो बाटो अमेरिका पुगेकाका परिवार आफ्ना मान्छे ‘डिपोर्ट’ भए ऋणको पासोमा परिने चिन्तामा छन्।

गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा आन्दोलन गर्ने दललाई कारबाही गर्न आयोगमा उजुरी

संविधानको प्रस्तावनाविपरीत गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा आन्दोलन गर्ने दललाई कारबाही गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

गाजाको सहायतास्थल वरपरका आक्रमणलाई संयुक्त राष्ट्रसंघले भन्यो– ‘युद्ध अपराध’

संयुक्त राष्ट्रसंघले गाजा पट्टीमा सहायता वितरणस्थल वरपर सर्वसाधारणमाथि भएका ‘घातक आक्रमण’बाट अन्तर्राष्ट्रिय कानूनको ‘गम्भीर उल्लंघन’ र ‘युद्ध अपराध’ भएको बताएको छ।

करण केसीः ओडीआईका ‘गेम चेन्जर’

सात वर्षअघि नेपाललाई ओडीआई मान्यतासम्म पुर्‍याउने क्यानडाविरुद्धको खेलकै झल्को दिने गरी स्कटल्यान्डविरुद्ध ब्याट र बलबाट सनसनीपूर्ण प्रदर्शन गरेका करणले १३ पटक तीन वा त्योभन्दा धेरै विकेट लिएका छन्।

नेप्से परिसूचकमा ३५ अंकको गिरावट, साढे ६ अर्बको शेयर किनबेच

मंगलबार नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ को विन्दुमा कायम भएको छ।

प्रतिनिधिसभा बैठक बुधबारसम्म स्थगित

भिजिट भिसा प्रकरणका कारण उत्पन्न अवरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरे पनि सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो।

पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको संख्यामा वृद्धि

स्वास्थ्य संस्थामा पोषण प्याकेज दिन थालेपछि दलित तथा मुसहर समुदायका गर्भवती पनि नियमित गर्भावस्था परीक्षणका लागि आउन थालेका छन्।

विपद् जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा सदस्यहरूले विपद् जोखिम न्यूनीकरणका लागि स्थायी समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन्।