राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक तथ्यांकअनुसार सोमबार साँझ ६:०० बजेसम्म ९३९ जनाको शव फेला परेको छ भने ३ हजार ९२५ जना अझै सम्पर्कविहीन रहेका छन्।
काठमाडौँ— रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या ९३९ पुगेको छ। गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक तथ्यांकअनुसार सोमबार साँझ ६:०० बजेसम्म ९३९ जनाको शव फेला परेको छ भने ३ हजार ९२५ जना अझै सम्पर्कविहीन रहेका छन्।
प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनमा २७९, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६८, नुवाकोटमा ९५ र गोरखामा ६५ जनाको शव फेला परेको छ। त्यसैगरी धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ जनाको शव भेटिएको विवरणमा उल्लेख छ।
बेपत्ता हुनेहरूमा नुवाकोटका करिब १ हजार ५५८ जना, जलविद्युत् आयोजनाका ६३९ जना, ५९२ जना विदेशी नागरिक र विदेशी पर्यटकसँगै गएका १६४ जना नेपाली रहेका छन्। साथै, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल एवं भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारीहरू पनि बेपत्ता छन्।
विपद्मा परी हालसम्म २७९ जना घाइते भएका छन्। तीमध्ये १६८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ, जसमध्ये सेनाको हेलिकप्टरमार्फत ३ हजार ४०४ नेपाली र २५३ विदेशी गरी ३ हजार ६५७ जनाको हवाई उद्धार गरिएको हो।
उद्धार तथा खोजी कार्यका लागि २१ हजार ८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाल प्रहरीका ७ हजार ९०९, नेपाली सेनाका ८ हजार ८९६ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका प्राधिकरणले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
