धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभाव हुँदा मनोरोग विभागको सेवा प्रभावित भएको छ।
बिहीबार नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ को विन्दुमा सीमित भएको छ।
भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धकलाई कुटपिट गरेको आरोपमा भीमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन्।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीमा सरकारी वकिलको जवाफी बहस सकिएको छ।
डढेलो शहरमा प्रवेश गरेपछि कम्तीमा एक हजार ५०० भन्दा बढी घर जलेर नष्ट भएका छन्। एक लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन्।
चीनलगायत केही मुलुकमा फैलिरहेको ह्युमन मेटान्युमो भाइरसले अर्को महामारीको रूप लिन सक्ने आशंका सामाजिक सञ्जालमा भइरहँदा विज्ञहरूले त्रसित हुन नपर्ने बताएका छन्।
चिसोले विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका छन्।
आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पुर्याएको भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीयले आयातित पेयपदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाएका छन्।
पहिलो दिनको खेल सकिँदा त्रिभुवन आर्मीले बागमती प्रदेशविरुद्ध १५२ रनको अग्रता लिएको छ भने मधेश प्रदेशविरुद्धको खेलमा नेपाल प्रहरी ४५ रनले अगाडि छ।
जलवायु परिवर्तनका कारण मानव स्वास्थ्य, पारिस्थितिक प्रणाली, परम्परागत कृषि प्रणाली, प्रकृति चक्र, मौसमी स्वभावमा आमूल परिवर्तन भइसकेको छ। यो क्रम आगामी दिनमा थप गहिरिँदै जानेमा विज्ञ एकमत छन्।
एचएमपीभी, एम्प्क्सलगायत संक्रामक रोगमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु उचित हुने भएकाले व्यक्तिगत सुरक्षाका उपाय अपनाउन मन्त्रालयले अनुरोध गरेको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना पराकम्प निरन्तर गइरहेका छन्।
गत वर्षको क्रोकस सिटी हल आतंकवादी आक्रमणपछि रुसले आप्रवासन नीतिहरू कडा पारेको छ।
यस सम्झौतासँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निर्माणको बाटो खुलेको छ।
नेपालमा सडक विस्तार तीव्र गतिमा बढेको छ। अहिले देशभर सडकको कुल लम्बाइ ३४ हजार ३४७ किलोमिटर पुगेको छ, तर दुर्घटनाको तथ्यांक हेर्दा यी सडकलाई सुरक्षित बनाउन बाँकी नै छ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकले मूलपानी र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणका लागि स्रोतको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको हो।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा बाक्लो हुस्सु र शीतलहरले सडक चिप्लो भएपछि आवागमन अवरुद्ध भएको थियो।
आज नेप्से परिसूचक ६.३८ अंकले बढेर २ हजार ६५३.२३ को विन्दुमा कायम भएको हो।
वैदेशिक रोजगारीमा पोल्यान्ड पठाइदिन्छु भन्दै ८१ लाख रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्।