प्राकृतिक ग्यासको भण्डार त फेला पर्यो, तर उत्पादन परीक्षण नगरी कति ग्यास निस्कन्छ थाहा हुँदैन। परीक्षण शुरू गरेको तीन महिनामा व्यावसायिक रूपमा उत्पादन हुन्छ वा हुँदैन भन्ने निष्कर्ष निकाल्न सकिन्छ।
विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत् चुहावट हुँदा खच्चरलाई करेन्ट लागेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमा शासन परिवर्तनको बारेमा टिप्पणी गरेका छन्।
फिफा क्लब विश्वकप अन्तर्गत बैंक अफ अमेरिका स्टेडियममा भएको खेलमा रियल मड्रिडले पाचुकालाई ३–१ ले पराजित गरेको छ।
हमास लडाकु समूहले अपहरण गरेको २० महिनाभन्दा बढी समयपछि इजरायली सेनाले गाजाबाट तीन जना बन्धकको शव फेला पारेको छ।
देशभर मनसुनी वायुको प्रभाव रहेकाले मनसुनजन्य जोखिमबाट बच्नका निम्ति आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
एकदिवसीय शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार स्कटल्यान्डबाट स्वदेश फर्किएको छ।
इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
चालु आर्थिक वर्षको ११ महिनामा सात अर्ब १८ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ।
इरानमाथिको अमेरिकी आक्रमणले तेहरानसँग इजरायलको युद्ध व्यापक क्षेत्रीय द्वन्द्वमा परिणत हुन सक्ने आशंकालाई बढावा दिएको छ। आक्रमणपछि विभिन्न देशहरूले कूटनीति र सावधानी अपनाउनका लागि आग्रह गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आईक्यानले इरानमाथि अमेरिकी सैन्य आक्रमणबाट ‘अन्तर्राष्ट्रिय कानूनको उल्लंघन’ भएको र यसले आणविक हतियारको प्रसार रोक्ने अन्तर्राष्ट्रिय प्रयासलाई पनि कमजोर बनाउने बताएको छ।
गौमूल गाउँपालिकामा खोलाले बगाएर आइतबार एक जना बेपत्ता भएका छन्।
आइतबार नेप्से परिसूचक १.२५ प्रतिशतले घटेर २५९५.९७ को बिन्दुमा कायम भएको छ।
तामाकोशी नदीमाथि निर्माणाधीन पक्की पुलको एउटा स्पानको स्ल्याबमा चिरा परेपछि मर्मत भइरहेकै बेला आइतबार बिहान पूरै भाँचिएर खसेको छ।
हनुमाननगर कंकालिनी नगरपालिकामा आइतबार दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
योजनाअनुसार काम भएको भए नारायणघाट–बुटवल खण्ड तीन वर्षअघि नै चार लेनको (दाउन्ने खण्ड १३ किमि तीन लेन) भइसकेको हुन्थ्यो। तर आगामी साउनमा चौथो पटक ठेक्काको समय थप्नुपर्ने अवस्था छ।
दलीय हिसाबले निर्देशन दिएको भन्दै सांसद सिंहले सभामुख घिमिरेको भूमिकामाथि नै प्रश्न उठाए। सभामुख घिमिरेले विषयमा बोल्न र नबोल्ने भए रोष्ट्रम छोडेर जान निर्देशन दिए।
सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपाले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका प्रशिद्ध जैसी ५५ रनमा अविजित रहे।
राष्ट्र बैंकले मधेश प्रदेशका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशभित्र हुने आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्न प्रोत्साहित गरी राजस्वको दायरा बढाउनुपर्ने उल्लेख गरेको छ।