बदलिँदो राजनीतिक र सामाजिक परिवेशलाई ध्यानमा राखेर अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो कदम चालिएको मार्क जुकरबर्गले बताएका छन्।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकामा ३.४ प्रतिशत मात्र हासिल भएको हो।
तराई मधेशमा विगत दुई–तीन दिनदेखि शीतलहर र चिसो हावा चल्न थालेपछि चिसोले जनजीवन प्रभावित बनेको छ।
मंगलबारदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ। बुधबार बिहान २ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ।
बागमती प्रदेश सरकारले मनोरञ्जन करको दर हेरफेर गर्दा महानगरको आम्दानी घटेको भन्दै काठमाडौँका मेयर बालेन शाह असन्तुष्ट छन्। तर प्रदेशले पाउने ४० प्रतिशत हिस्सा महानगरले नदिएको बागमती सरकारको दाबी छ।
सन् २०२३ को तुलनामा गएको वर्ष मनासलु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या १ हजार ४२८ जनाले बढी छ। सबैभन्दा धेरै फ्रान्सबाट आएका छन्।
सन् २०२३ मा इरानमा कम्तीमा ८५३ जनालाई मृत्युदण्ड दिइएको थियो। गत डिसेम्बरको एकै हप्तामा ४० जनालाई मृत्युदण्ड दिएको छ।
बढ्दो जाडोका कारणबाट विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै वर्षे बिदाबाट कट्टा हुनेगरी महानगरले विद्यालयमा बिदा दिएको हो।
सकारात्मक सोच र भूकम्पको जोखिम व्यवस्थापनका उपायबारेमा सरकारले व्यापक जनचेतना अभिवृद्धि गराउन आवश्यक छ।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।
तिब्बत क्षेत्रमा मंगलबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ भने अन्य १८८ जना घाइते भएका छन्।
तिब्बतको डिङ्गयीमा केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते भएको प्रहरीको भनाइ छ।
अध्यादेशबाट विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारीको मुद्दा टुंग्याउन ४ वर्षसम्म किन विलम्ब भयो? वर्तमान प्रधानन्यायाधीशले देखाएको अग्रसरतासँगै रिट निवेदक कानून व्यवसायी आशावादी बनेका छन्।
सीआईबीले ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङसँग दोस्रो पटक सोधपुछ गरेको छ।
सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा श्रव्यदृश्यसहितको अभिलेख झिकाउने आदेश गरेको छ।
फितलो व्यवस्थापन, आर्थिक संकट लगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमको अवस्था सुधार्न करार व्यवस्थापनमा जानुपर्ने सुझाव सांसदहरूले दिएका छन्।
बाँसबारीको जग्गा सरकारको नाममा फिर्ता ल्याउने निर्णयविरुद्ध दुई वटा मुद्दा दायर गरेको चौधरी ग्रुपले अचानक मुद्दा फिर्ता लिएसँगै यसबारे जारी प्रहरी अनुसन्धान प्रभावित हुने आशंका बढेको छ।
सहकारीपीडितले सरकारले समस्या समाधानभन्दा पनि सहकारी ठगीमा संलग्नलाई बचाउने उद्देश्यसाथ सहकारी अध्यादेश ल्याएको आरोप लगाएका छन्।
भारत निर्वाचन आयोगले दिल्ली विधानसभा निर्वाचन फेब्रुअरी ५ मा एकै चरणमा सम्पन्न गर्ने घोषणा गरेको छ।
मंगलबार नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ बिन्दुमा कायम भएको छ।