मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा सुक्खा पहिरो खस्दा खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध भएको छ।
जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि शुभम खनालले ५ विकेट लिए।
पीएसजीले अमेरीकी टोली सिएटल साउन्डर्सलाई २-० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो। पीएसजीको जितमा कवा-रात्स-खेलिया र अच्राफ हाकिमीले गोल गरे।
राष्ट्रपति ट्रम्पले दुवै राष्ट्रले धैर्य, साहस र समझदारी देखाएकोमा बधाई दिँदै, यस सहमतिले दीर्घकालीन विनाशबाट सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई बचाउन सक्ने विश्वास व्यक्त गरेका छन्।
देशका अधिकांश स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
अल उदीद सैन्य अड्डाबाट सुरक्षाका सबै आवश्यक कदम अपनाउँदै समयमै सैनिक र कर्मचारीको सुरक्षित स्थानान्तरण गरिएको थियो। यस आक्रमणबाट कुनै पनि व्यक्ति घाइते वा हताहत नभएको जनाइएको छ।
बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत कर्जा प्रवाहमा कायम गर्नुपर्ने न्यूनतम सीमा पुर्याउने समय एक वर्ष थपिएको छ।
कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ।
इजरायलले युद्धको एघारौँ दिनमा इरानको राजधानी तेहरानस्थित इरानी सेनाको संरचना, बासिज मिलिसियाको कमान्ड केन्द्र, इभिन जेल र फोर्डो युरेनियम समृद्धिकरण केन्द्रमा शक्तिशाली हवाई आक्रमण गरेको छ।
६१ किलो सुन तस्करी प्रकरणका आरोपी अमला रोका रिहालगत्तै पक्राउ परेकी छन्। सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा रहेकाले उनलाई नियन्त्रणमा लिएर सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको प्रहरीले जनाएको छ।
इरानमा रहेका ११ नेपाली श्रमिक भारतको सहयोग र समन्वयमा राजधानी तेहरानबाट ९०० किलोमिटर टाढाको मासाद शहरमा आइपुगेका छन्।
मो. आफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध सर्वोच्चको परमादेश र प्रत्यक्षदर्शीका बयानलाई बेवास्ता गरी फैसला गरेको भन्दै न्याय परिषद्मा अर्को उजुरी परेको छ।
काठमाडौँ जिल्ला अदालतले बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
कोलम्बियाको दक्षिणपश्चिमस्थित छापामार नियन्त्रित क्षेत्रका स्थानीय बासिन्दाले ५० जनाभन्दा बढी कोलम्बियाली सैनिकलाई बन्धक बनाएको सेनाले जनाएको छ।
अख्तियारले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सोमबार नेप्से परिसूचक ४.७८ अंकले बढेर २६००.७६ बिन्दुमा उक्लिएको छ।
इरान र इजरायलबीच चलिरहेको युद्धका कारण प्रभावित नेपाली नागरिक तथा उनीहरूको सुरक्षाको अवस्थाबारे सदनलाई जानकारी गराउन सांसदले माग गरेका छन्।
कैलालीको टीकापुरस्थित टीकापुर बहुमुखी क्याम्पसको जग्गा कब्जा र किनबेच काण्डमा आफू नजोडिएको भट्टको दाबी छ।
देशको केन्द्रीय राजधानी काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने सडकमध्ये कान्ति लोकपथ अहिले सबैभन्दा चल्तीको सडक हो।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा उठेको प्रश्नको विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ।