गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
कम्बोडियाका नेतासँगको विवादास्पद फोन वार्तापछि थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामा माग्दै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन्।
कम्बोडियाका नेतासँगको विवादास्पद फोन वार्तापछि थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामा माग्दै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन्।
सोमबारसम्म भारी वर्षाले नदीनालामा पानीको सतह बढ्ने भएकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र डुबान क्षेत्र तथा नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन विपद् जोखिम न्यूनीकरण प्राधिकरणले आग्रह गरेको छ।
प्रधानमन्त्री ओलीले स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन्।
विधेयकमा १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र दिन सकिने व्यवस्था पनि राखिएको छ।
आइतबार मनाइने धान दिवस र दही चिउरा खाने दिनका लागि भक्तपुरको प्रसिद्ध जुजुधौको माग ह्वात्तै बढेपछि यहाँका व्यवसायीहरूलाई जुजुधौ बनाउन भ्याईनभ्याई भएको छ।
धुर्कोट गाउँपालिका–७ द्वानेटामा रहेको राष्ट्रिय प्रसारण लाइनको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
संशोधन प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर नीतिमा स्थिरता कायम गरी लगानीको वातावरण बनोस् भन्ने उद्देश्यसहित धेरै हेरफेर नभएको बताए।
फ्रान्समा प्रत्येक वर्ष करिब ७५ हजार मानिसको मृत्यु धूमपानसम्बन्धी रोगका कारण हुने अनुमान गरिएको छ। ६२ प्रतिशत फ्रेन्च नागरिकले सार्वजनिक स्थानमा धूमपान प्रतिबन्धलाई समर्थन गरेका छन्।
सयौँको संख्यामा भेडा, गाइ, भैँसीलगायत पशु पाल्ने किसानहरू लेकबेँसी गरिरहन्छन्। यतिबेला लेकमा उक्लिएका गोठाला अब असोज पहिलो साता मात्रै बेँसी झर्छन्।
सुदूरपश्चिममा सबैभन्दा बढी ४५.५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। यस वर्ष मुलुकभर १३ लाख ९१ हजार ३२१ हेक्टरमा धान रोपाइँ हुने जनाइएको छ।
ललितपुरको गोदावरी नगरपालिका–६, ढुंगे, जुरेडाँडा, नयाँबस्ती, गैरीगाउँ र टुसाल गाउँका स्थानीय बर्खा लागेसँगै त्रासमा छन्। उक्त क्षेत्रमा गत वर्ष असोजमा आएको बाढीले क्षति पुर्याएको थियो।
“मौसम प्रतिकूल भएकाले जहाजले अवतरण गर्नसक्ने अवस्था छैन। सुरक्षाको दृष्टिकोणले उडान रोक्नुपरेको हो,” स्टेसन इन्चार्ज कार्कीले भने।
असुरक्षित र द्वन्द्व प्रभावित मुलुकमा अत्यधिक गरिबी र खाद्य संकटको अवस्था अझ गहिरिँदै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट निजी विद्यालय सञ्चालन र प्रारम्भिक बाल विकाससम्बन्धी व्यवस्था पारित भएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ। एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ।
कामपा वातावरण व्यवस्थापन विभागका अनुसार विष्णुमती, धोबीखोला, मनोहरा र टुकुचालगायतका खोलाबाट निकालिएको करिब २ हजार ट्रिप माटो चोभार र कीर्तिपुरमा व्यवस्थापन गरिएको छ।