दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको हेटौँडा सिमेन्ट उद्योग आर्थिक समस्याका कारण थलिएको छ।
झापा गाउँपालिका–२ र गौरीगन्ज गाउँपालिका–१ जोड्ने कन्काई पुलको निर्माण १३ वर्षदेखि अलपत्र परेको छ। चार वर्षमा सक्ने सम्झौता भएको पुल नबन्दा स्थानीयले सास्ती बेहोर्नु परेको छ।
यस सम्झौताले गाजामा लडाइँ रोक्ने, प्यालेस्टिनी नागरिकलाई आवश्यक मानवीय सहयोग बढाउने र बन्धकलाई उनीहरूको परिवारसँग पुनर्मिलन गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।
९४ वर्षीय दीर्घबाहुको पार्थिव शरीरको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।
दशक अगाडिसम्म रमाइला गाउँबस्ती अचेल उराठलाग्दा छन्। घरमै बाँदर, ब्वाँसो र स्याल आएर दुःख दिन थालेपछि स्थानीय त्रसित छन्।
कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
व्यवसायीलाई लगानीमा सहजीकरण गर्न भन्दै निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा गरिएको संशोधनलाई संवैधानिक इजलासले खारेज गरेको हो।
इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले भाइरसबारे नेपालका बिरामीमा पहिलो पटक अध्ययन गर्न लागेको जनाएको छ।
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीविरुद्ध दायर रिट संवैधानिक इजलासले खारेज गरेसँगै उनको सांसद पद जोगिएको छ।
कमजोर वित्तीय अवस्था भएका कम्पनीलाई पनि महँगोमा आईपीओ निष्कासन गर्न दिएको भन्दै सार्वजनिक लेखा समिति र महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएपछि रोकिएको प्रिमियममा आईपीओ निष्कासन अनिश्चित बनेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन्।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा लामिछानेलाई अदालतले धरौटीमा छोड्न आदेश दिएको हो।
नेता कोइरालाको निजी सचिवालयका अनुसार मार्टिनले शान्ति प्रक्रियाका कुरालाई लामो समयसम्म राख्न नहुने बताएका थिए।
आज नेप्से परिसूचक १.८३ अंकले बढेर दुई हजार ५९५.९६ को बिन्दुमा कायम भएको छ।
संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिप्रसाद फुयालले उक्त मुद्दा आफूले हेर्न नमिल्ने भनेर घोषणा गरेपछि आजका लागि तोकिएको सुनुवाइ हुन नसकेको हो।
वि.स. २०३७ सालमा निर्माण गरिएको धनगढी डिपोको भण्डारण क्षमता हालको बजार मागलाई अपुग हुनुको साथै डिपोको भौतिक पूर्वाधार पनि जीर्ण भएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रननगरमा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला–२०८१ को आयोजना गरिएको छ।
आगलागीबाट करिब ५० करोड रुपैयाँ बराबर क्षति भएको र २९ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ।
डब्लूएचओले तान्जानियाका छिमेकी देशलाई सतर्क रहन र सम्भावित संक्रमणको व्यवस्थापनका लागि तयार रहनसमेत आग्रह गरेको छ।
नेपाली बजारमा छापावाल सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।