AnonymousUser

Logout

कराँचीमा भवन भत्किँदा १६ जनाको मृत्यु, २० भन्दा बढी फसेको अनुमान

पाकिस्तानको कराँचीस्थित लियारीमा एउटा भवन भत्किँदा १६ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी मानिस फसेको अनुमान गरिएको छ।

टौवास खोलाले बगाउँदा १ जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका-१ स्थित टौवास खोलाले बगाउँदा वीरगन्जका एक पुरुषको मृत्यु भएको छ।

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित, मल अभावको समस्या उस्तै

गत वर्ष यति बेला झापामा करिब २५ प्रतिशत रोपाइँ सकिएको थियो भने यो वर्ष १४ प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ।

टेक्सासमा बाढीका कारण २५ जनाको मृत्यु, २३ बालिका सम्पर्कविहीन

अमेरिकाको टेक्सासमा अचानक आएको बाढीका कारण २४ जनाको मृत्यु भएको छ भने अन्य २३ जना बालिका सम्पर्कविहीन रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

सिंगापुरलाई हराउँदै नेपालले जित्यो यू१६ इस्ट जोन कपको उपाधि 

जितका लागि पाएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। जोय थापाले अविजित २४ रन बनाए।

बुकीपाटन र पर्यटक लोभ्याउने भेडीगोठ

ढोरपाटन उपत्यका पुग्ने जो कोही पर्यटक बुकीपाटन सहजै पुग्न सक्दैन। उच्च पहाडी क्षेत्र रहेको हुँदा लेक लाग्ने सम्भावना बढी हुन्छ।

सिंगापुरले नेपाललाई दियो ११४ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुर ४०.५ ओभरमा ११३ रन बनाउँदै अलआउट भयो। 

चेल्सी क्लब विश्वकपको सेमिफाइनलमा 

चेल्सीले फाइनल प्रवेशका लागि मंगलबार न्यु जर्सीको मेटलाइफ स्टेडियममा फ्लुमिनेन्सको सामना गर्नेछ।

काभ्रेको नालामा पुल भाँचिदा काठमाडौँ जोड्ने वैकल्पिक सडक अवरुद्ध

काभ्रेपलान्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो। 

चैते धान बिक्री नहुँदा समस्यामा भजनीका किसान

सरकारले चैते धानको समर्थन मूल्य तोकेको भए पनि त्यो मूल्यमा व्यापारी किसानको धान खरिद गर्न इच्छुक देखिएका छैनन्।

पाँच प्रदेशमा धेरै भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

देशभर आंशिकदेखि साधारणतया बदली बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मधेश प्रदेशको दक्षिण भूभागमा कम वर्षा हुने अद्यावधिक आकलन

जल तथा मौसम विज्ञान विभागले तीन महिनामा मधेश प्रदेशका दक्षिणी भू–भागमा सरदरभन्दा कम वर्षा हुने अद्यावधिक आकलन सार्वजनिक गरेको छ।

ट्रम्पको युद्धविराम प्रस्ताव अस्वीकारपछि रुसले किभमाथि तीव्र पार्‍यो ड्रोन आक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि रुसले युक्रेनसँग कूटनीतिक समाधानको सम्भावना नरहेको बताउँदै किभमा हालसम्मकै सबैभन्दा व्यापक हवाई आक्रमण थालेको छ।

अमेरिकी भिसा आवेदकले सामाजिक सञ्जाल ‘सार्वजनिक’ गर्नुपर्ने शर्त किन?

अमेरिका अध्ययनमा जाने तयारी गरिरहेका विद्यार्थीलाई आफ्ना सामाजिक सञ्जाल खाता जोसुकैले हेर्नसक्ने गरी खुला राख्न दूतावासले सार्वजनिक रूपमै भनेको छ। किन राखियो यस्तो शर्त?

बीपी राजमार्गको काभ्रे खण्डमा राति यातायात सञ्चालनमा रोक

बढ्दो बाढीपहिरोको जोखिमका कारण बीपी राजमार्गको काभ्रे खण्डमा आगामी आइतबारदेखि एक महिनासम्म राति साढे दश घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ।

प्रधानमन्त्री ओली राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई स्वदेश फिर्ता

स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सुर्खेतमा चट्याङ लागेर १ जनाको मृत्यु, ४ घाइते

चट्याङ लागेर घाइते भएका पाँच जनामध्ये एकको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको, अन्य व्यक्तिको उपचार भइरहेको प्रहरीले जनाएको छ।

आँप बेचेर वार्षिक ८ लाख बचत

व्यवसायी इन्द्रबहादुरका अनुसार, यहाँ फल्ने आँपमा कुनै विषादी र औषधि प्रयोग नगरेकाले ग्राहकहरूले विषादीरहित आँप खोज्दै बगैँचामै आउने गरेका छन्।

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले फिर्ता लियो सरकारलाई दिएको समर्थन

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट रामेश्वर चौधरीलाई पदमुक्त गरेपछि नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

मुगुमा पहिरोमा पुरिएर महिलाको मृत्यु

खत्याड गाउँपालिका–५, तारापानीमा सडकको नाला निर्माणको काम गरिरहेकी एक महिलाको पहिरोमा पुरिएर ज्यान गएको छ।