पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
१५ वर्षीय किशोरलाई भारतबाट अपहरण गरी ल्याएर बन्धक बनाई फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्रेर अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान शुरू गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माइती नेपालको अक्षय कोष वृद्धि गर्न एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प, बाढी पहिरोजस्ता विपद्बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण गर्न करिब एक खर्ब एक अर्ब १२ करोड लागत लाग्ने अनुमान गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा चार वटा अध्यादेश जारी गरेका छन्।
स्वर्णलक्ष्मी सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी मुद्दामा सोमबार थुनछेक बहस नसकिएको र मंगलबार सार्वजनिक बिदा परेकाले पूर्वगृहमन्त्री रवि लामिछाने बुधबारसम्म प्रहरीकै जिम्मामा रहने भएका छन्।
लस एन्जलसमा लागेको भीषण डढेलोमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ भने करिब एक लाखको हाराहारीको संख्यामा विस्थापित भएका छन्।
नागरिक समाजका अगुवाहरूले यथाशक्य चाँडो संसद् बैठक आह्वान गर्न माग गरेका छन्।
आईसीसी यू१९ महिला टी२० विश्वकपको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको छ।
हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध भएको छ।
पछिल्लो ९ वर्षमा कक्षा १२ उत्तीर्ण भएपछि नेपालका शैक्षिक संस्था नपुगेका लाखौँ विद्यार्थी कहाँ गए भन्ने अध्ययन भएको छैन। ‘हराउने’को संख्या बर्सेनि थपिइरहँदा कतिपय क्याम्पसमा विद्यार्थीको संकट छ।
राष्ट्र बैंकको प्रतिवेदनले देशमा सञ्चालित अधिकांश उद्योग ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालित रहेकाले बढी क्षमतामा सञ्चालन हुने वातावरण तयार पार्नुपर्ने औँल्याएको छ।
सोमबार नेप्से परिसूचक १५ अंकले घटेर २५९४ को बिन्दुमा सीमित भएको छ।
मनाङमा विगतका वर्षमा मंसिरदेखि हिउँ पर्ने भए पनि यस वर्ष पुसको अन्तिम सातामा मात्रै परेको हो।
निर्देशिकाले आकस्मिक तथा भर्ना भएका बिरामीको उपचार सम्भव नभएमा अर्को अस्पतालमा नपुर्याउँदासम्मको जिम्मेवारी प्रथम अस्पतालको हुने निश्चित गरेको छ।
यस वार्तालाई डोनाल्ड ट्रम्पले राष्ट्रपति बन्नुअघि सहमतिमा पुग्ने अन्तिम प्रयासको हिस्साका रूपमा लिइएको छ।
अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो।
साउदी अरबको जेद्दाहमा आइतबार सम्पन्न स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग रियल ५–२ गोल अन्तरले पराजित भएको हो।
केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।