स्कटल्यान्डको डन्डीस्थित फोर्टहिल क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो।
संघीय सरकारले प्रदेश सरकारका लागि वित्तीय समानीकरण अनुदान ६० अर्ब रुपैयाँ, सशर्त अनुदान २५ अर्ब ८४ करोड र पूर्वाधारका आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान ६ अर्ब २० करोड रुपैयाँ उपलब्ध गराएको थियो।
भारतसँग पछिल्लो महिनाको तनावपूर्ण संघर्षपछि पाकिस्तानले रक्षा खर्चमा २० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलो पटक पराजित भएको हो।
खानेपानीमा कोलिफर्म भेटिएपछि २ लाख जरिबानासँगै काठमाडौँ महानगरले आपूर्तिकर्तासँगको सम्झौता पनि भंग गरेको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रन बनायो।
नेपालमा काम खोजिरहेका युवा एआईप्रति उत्सुक भए पनि डिजिटल ज्ञानको कमी, डाटा सुरक्षा, मानसिक स्वास्थ्य तथा अनलाइन प्लेटफर्मका खतराबारे जानकार नहुँदा उनीहरू जोखिममा पर्नसक्ने प्रतिवेदनले औँल्याएको छ।
हवाई फायर गर्दा पनि उत्तेजित भएर प्रहरीमाथि आक्रमण गर्न नछाडेपछि तीन राउन्ड गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
श्रममन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी तत्काल दुई वटा सम्झौता गर्न साउदी अरब तयार भएको बताए।
न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ।
अस्ट्रियामा स्कुलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ भने धेरै विद्यार्थी र शिक्षक गम्भीर घाइते भएका छन्।
नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको जनाएको छ।
दुई वर्षअघि ह्युमपाइप बिछ्याएर पुरिएको खोलालाई गत चैतमा गोदावरी नगरपालिकाले खुला गर्ने निर्णय गरेको थियो। तर खोलै पुरेर बनाइएको सडकको आधा भागबाट मात्र ह्युमपाइप निकालिएको छ।
पूर्वी एशिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु कोशी प्रदेश बाट उता फर्किएको मौसमविद्ले बताएका छन्।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-२ का रवीन्द्र वासुकला, मोरङ रतुवामाई नगरपालिका-१० का लक्ष्मण पराजुली र धनुषा सबैला नगरपालिका-१२ घर भएका अरुणराज शर्मा रहेका छन्।
चाँदीको मूल्यमा पनि केही फेरबदल भएको छ। एक तोला चाँदी २ हजार १५० मा कारोबार भइरहेको छ।
माइक्रोवेभ टेक्नोलोजी आफैमा सुरक्षित भएकाले यसले वातावरणीय प्रदूषण नल्याउने अस्पतालले जनाएको छ। मेसिनबाट निस्किने बाफलाई समेत हेपा फिल्टरमार्फत शुद्ध पारेर मात्र वातावरणमा छाड्ने गरिएको छ।
पृथ्वी राजमार्गस्थित थर्पुबाट २५ मिनेटमा मनपाङ गाउँ पुगिन्छ। यहाँबाट म्याग्दे गाउँपालिकाका विभिन्न ठाउँ, पृथ्वी राजमार्ग, दमौली बजार तथा शुक्लागण्डकीका विभिन्न ठाउँको अवलोकन गर्न सकिन्छ।
गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी मंगलबार र बुधबार नगरभित्र विद्यालय बिदा दिइएको नगरपालिकाले जनाएको छ।
पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफादेखि आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।