जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन शुरू भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपद्लाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि आजदेखि देशभरका अस्पतालले नियमित सेवा सञ्चालन गरेका हुन्।
विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड संगठन (आईएसओ)को प्रमाणपत्र प्राप्त गरेको छ।
अवैध बाटो अमेरिका जानेहरू बढेसँगै रुकुम बैंकहरूको आकर्षणको केन्द्र बनेको थियो। तर अमेरिकी नीतिमा कडाइसँगै अमेरिका जान खोज्नेहरू गाउँमै रोकिएका छन्, बैंकबाट ऋण लिने पनि ह्वात्तै घटेका छन्।
सफ्टवेयर, तथ्यांक र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अमूर्त वस्तुमा भएको लगानीले भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिनेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
गत सोमबार र मंगलबार घटेर बन्द भएको शेयरबजार परिसूचक नेप्से बुधबार २२.०४ अंक बढेर २,७०५.९० को विन्दुमा पुगेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार यो पुल लगभग ४० वर्ष पुरानो थियो। कांग्रेस र आम आदमी पार्टीले यस घटनाको लागि गुजरात सरकारलाई जिम्मेवार ठहर्याएका छन्।
धवलागिरि हिमालमा मुहान भएको म्याग्दी नदी बेनी बजारमा आएर कालीगण्डकीमा मिसिन्छ।
उपकुलपतिका लागि निमित्त उपकुलपति प्राडा खड्ग केसी, त्रिवि विज्ञान संकायका पूर्वडीन प्राडा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दीपक अर्यालको नाम सिफारिस भएको थियो।
मध्य टेक्सासको ‘फ्ल्यास फ्लड एली’ भनेर चिनिने केर काउन्टीमा सबैभन्दा धेरै क्षति भएको छ। जहाँ कम्तीमा ९४ जनाको मृत्यु भएको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ।
ज्यालामजदुरी गर्न बर्दियाबाट पहिलोपटक काठमाडौँ पसेका विशाल चौधरीको यही यात्रा अन्तिम बन्यो। निर्माणाधीन नौतले भवनमा निर्माण सामग्री ओसार्ने लिफ्टसँगै चार तलाबाट बजारिएका उनी त्यहाँबाट उठ्नै पाएनन्।
अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर र रोल्पास्थित शहीद राजमार्ग भने एकतर्फी रूपमा सञ्चालन भएका छन्।
बागलुङ नगरपालिका–१० दब्ल्याङस्थित कालीगण्डकी करिडोरमा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ।
फ्लुमिनेन्सलाई २–० ले हराउँदै चेल्सी उपाधिनजिक पुगेको छ। चेल्सीको जितमा दुवै गोल ब्राजिलियन खेलाडी ज्याओ पेड्रोले गरे।
महानगरले ट्यांकर तथा दमकमबाट पानी ल्याएर वितरण गरिरहेको छ। यसरी खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान नहुने स्थानीय बताउँछन्।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बाढीका कारण जोखिमा रहेको एक होटल र लोमन्थाङ-४ स्थित न्याम्डो गाउँका दुई परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
रसुवामा बाढीमा परी बेपत्ता भएकामध्ये नौ जनाको शव फेला परेको छ। अझै १९ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
राष्ट्रिय विपद् परिषद्को बैठकले रसुवागढी बाढीमा बेपत्ताको खोज-उद्धारलाई प्रभावकारी बनाउने तथा चीनसँगका वैकल्पिक नाकाको सञ्चालनका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ।