AnonymousUser

Logout

भत्किएको पुल १ वर्षदेखि अलपत्र, जोखिमपूर्ण यात्रा गर्न बाध्य धरान हरियालीका स्थानीय

धरान उपमहानगरपालिका–८ मा रहेको हरियाली तीनढ्वाङ्गे खहरे पुल भत्किएको एक वर्ष बितिसक्दा पनि पुनर्निर्माण नहुँदा स्थानीय बासिन्दा दैनिक ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन्।

निरन्तरको वर्षाले कञ्चनपुरको कृष्णपुरमा एक परिवार विस्थापित

डुबानका कारण पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुरक्षित स्थानमा सारेको छ।

विपद्जन्य सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री र सञ्चारमन्त्रीबीच छलफल

शहरी विकास मन्त्रालयमा आज भएको छलफलमा सूचना प्रवाहका लागि सञ्चार मन्त्रालयले गर्नसक्ने कामका बारेमा छलफल भएको हो।

लगातारको वर्षापछि धनगढीलगायत आसपासका क्षेत्र जलमग्न

गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन्।

अमेरिका सपनाले निम्त्याएको बसाइँसराइः रुकुमबाट धमाधम शहरतिर

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता तल्लो बाटो अवैधरूपमा अमेरिका जाने क्रम कम भएको छ, तर अमेरिका गएका परिवारले गाउँ छाड्ने क्रम रोकिएको छैन।

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

आइतबार पनि मुगुको जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

पर्सामा लागुऔषधका ११४ मुद्दा दर्ता

पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ।

रुससँग जारी युद्धका बीच युक्रेनी राष्ट्रपतिले लिए यो ठूलो निर्णय

युद्धको समयमा रुसले बारुदी सुरुङ प्रयोग गरेको आरोप छ। तर यस्ता हतियारहरू प्रयोग नगर्नुले आफूलाई नोक्सानमा पारिरहेको युक्रेनको तर्क छ।

कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट

बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ संस्थाको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरण, नवीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ।

पहाडी भेगमा भारी वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

टेरामक्स प्रकरण: पूर्वमन्त्री मोहन बस्नेतसँग २५ लाख धरौटी माग

टेरामक्स भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

नेपालसँग लाओस ९–० गोल अन्तरले पराजित

नेपालले एएफसी महिला एशिया कप छनोटमा लाओसलाई ९-० ले पराजित गर्दा कप्तान सावित्रा भण्डारी 'साम्बा'ले एक्लै चार गोल गरिन्।

सिनामंगल डिपो स्थानान्तरण: डीपीआर तयार, जग्गा प्राप्ति नहुँदा निर्माणमा ढिलाइ

नागरिक उड्डयन प्राधिकरणले जग्गाको स्वामित्व हस्तान्तरण नगर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई इन्धन डिपो सार्ने काममा ढिलाइ हुने भएको छ।

भुटान–भारतलाई प्रश्न— कहाँ छन् लोकनाथ?

१० वर्ष अघिसम्म झापाको बेलडाँगी शरणार्थी शिविरका बासिन्दा थिए– लोकनाथ आचार्य। उनलाई सिलिगुढी हुँदै भुटान लगिएको प्रमाण सामुमा छ। तर, आज उनी जीवित छन् कि छैनन्, थाहापत्तो छैन। 

ट्रम्पको स्टिल करले अमेरिकी कारखानामा सामान अभाव

ट्रम्पको आयातित स्टिल करले अमेरिकी क्यान निर्माता ‘इन्डिपेन्डेन्ट क्यान फ्याक्ट्री’ जस्ता साना उद्योगहरूलाई सामग्री अभाव, लागत वृद्धि र उत्पादन–माग व्यवस्थापनमा चुनौती थपेको छ।

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, ७ अर्बमाथिको कारोबार

आइतबार नेप्से परिसूचक २६.५३ अंकले बढेर २६२२.२८ बिन्दुमा उक्लिएको छ।

बागलुङमा पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित

पहिरोले बागलुङको बडिगाड गाउँपालिका–४ स्थित नैतुल आधारभूत विद्यालयको दुई वटा भवनका चार कक्षाकोठामा पूर्ण रूपमा क्षति पुर्‍याएको छ।

भारतको उडिसामा रथ महोत्सवमा भागदौड हुँदा ३ जनाको मृत्यु

भारतको उडिसामा रथ महोत्सवमा भएको भागदौडमा तीन जनाको मृत्यु भएको छ। मुख्यमन्त्री मोहनचरण माझीले घटनाको छानबिन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

इन्डोनेसियामाथि नेपालको ३७० रनको जित

नेपालले दिएको ४२१ रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो। नेपालका कप्तान विपिन शर्माले ६ विकेट लिए।