उनी आफ्ना भाइ आन्द्रेसँगै कारमा यात्रा गरिरहेका थिए, दुर्घटनामा २६ वर्षका आन्द्रेको पनि मृत्यु भएको बताइएको छ। जोटाले दुई हप्ताअघि मात्रै विवाह गरेका थिए।
बालकृष्ण खाणले आफ्ना सहायक नरेन्द्र केसीमार्फत १ करोड रुपैयाँ कांग्रेस नेता आङटावा शेर्पालाई पठाएको र त्यसबाट ३० लाख रुपैयाँ राजु भण्डारीलाई भरपाई गरिदिएको कागजसमेत प्रहरी मिसिलमा राखिएको छ।
गैरकानूनी रूपमा डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न भएको आरोपमा ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई सीआईबीले पक्राउ गरेको छ।
सबै सामग्री तयारी अवस्थामा रहे पनि वर्षाका कारण धुलिखेलबाट बनेपातर्फको सडक तथा बनेपास्थित जनागाल क्षेत्रमा एक किमी सडक पक्की नगरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए।
बारपाकको पुछारमा रहेको दलितबस्ती सबै हिसाबले पिछडिएको छ। २०७२ सालको विनाशकारी भूकम्प गएको १० वर्ष बितिसक्दा पनि यहाँका बासिन्दा अझै त्रिपालभित्र बस्न विवश छन्। दलितबस्तीको मुख्य समस्या शौचालय हो।
घरेलु टोली मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको मलेसिया ४३.१ ओभरमा ९० रन बनाउँदै अलआउट भएको हो।
संवैधानिक निकायका ५२ मध्ये ३२ पदाधिकारीको नियुक्ति बदर हुने फरक राय लेखेका प्रधानन्यायाधीश राउत र न्यायाधीश सुवेदीले उही अध्यादेशबाट भएको २० पदाधिकारी नियुक्तिलाई भने संविधानसम्मत ठहर्याए, किन?
काठेखोला गाउँपालिका–७ स्थित तीतेझारी, माकुका र साँघुखोला सामुदायिक वनको ३०० रोपनी क्षेत्रमा खेती शुरू गरिएको छ। अन्य सामुदायिक वनमा पनि खेती बिस्तार गर्ने योजना छ।
पहिरोको कारण मानवीय क्षति बढी देखिएको छ। १० वर्षको अवधिमा पहिरोका कारण एक हजार २९६ जनाको मृत्यु भएको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
उद्योग सञ्चालनमा रहेको समयमा विस्फोट भएको हुँदा सम्भावित मानवीय क्षतिको आशंका गरिए पनि एक जना मात्र घाइते भएको जानकारी प्राप्त भएको प्रहरीले जनाइएको छ।
तत्कालीन ओली सरकारका पालामा अध्यादेशमार्फत नियुक्त संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतको रायबाट खारेज गरिदिएको छ। योसँगै उनीहरूको नियुक्ति सदर भएको छ।
व्यापक एआई विकास ढाँचा स्थापना गर्ने दक्षिणपूर्वी युरोपको पहिलो देशको रूपमा, सर्बियाले आफूलाई क्षेत्रीय नेताको रूपमा स्थापित गरेको छ।
एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बुधबार श्रीलंकालाई ८–० को फराकिलो गोल अन्तरले हराएको छ।
एमसीए–नेपालले सडक मर्मत आयोजना अन्तर्गत सडक व्यवस्थापनसम्बन्धी प्राविधिक सहायता परामर्श सेवा खरिद गर्न बुधबार नै बोलपत्र आह्वान गरिसकेको छ।
विसं २०६६ देखि ०७५ सम्म बैंकको अध्यक्ष रहेका पशुपति दयाल मिश्र अहिले नेकपा (एमाले)का केन्द्रीय सदस्य हुन्।
बांग्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना मुद्दामा छ महिनाको जेल सजाय सुनाइएको छ।
आज १.२९ प्रतिशतको वृद्धिपछि नेप्से २,६९४.८२ को बिन्दुमा कायम भएको हो।
राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्था सच्च्याउन राष्ट्रियसभालाई अनुरोध गर्ने निर्णय गरेको छ।