AnonymousUser

Logout

देशभर ६ राजमार्ग अवरुद्ध, १६९ सडकखण्ड एकतर्फी

हाल देशभरका ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध र १६९ सडकखण्डमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालनमा रहेको सडक विभागले जनाएको छ।

दशैँ मनाउन ५ दिनमा राजधानीबाट बाहिरिए करिब २ लाख यात्रु

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमार्फत करिब दुई लाख यात्रु उपत्यकाबाट बाहिरिएका हुन्।

अनि डा. संगीता मिश्राको नियुक्ति रोकियो

आइतबार दिउसो मन्त्रिपरिषद् बैठकपछि नयाँ बन्ने पाँच मन्त्रीको नाम मन्त्रालयसमेत तोकेर राष्ट्रपति कार्यालयलाई जानकारी गराइएको थियो। तर राति ९ बजेपछि अख्तियार सक्रिय बन्दा उनको नियुक्ति रोकियो।

चार महिनापछि रारा विमानस्थलमा उडान

मुगुको रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सले सोमबार उडान भरेको छ।

सुन प्रतितोला सात सयले बढ्यो

आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

भाटभटेनी वेरहाउस बचाउने दाजु–बहिनी

‘अब हामीले केही न केही गर्नुपर्छ। आगो निभाउनुपर्छ र बचाउन सकिने सामान बाहिर निकाल्नुपर्छ,’ भनेर भाइकाजीले भनेपछि वेरहाउसका कर्मचारी पनि हौसिए र थप स्थानीय पनि सहयोगमा जुटे।

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

चाडपर्वको बेलामा सहज ढंगले यातायात सञ्चालन गर्नका लागि आजदेखि देशभर ‘रुट परमिट’ खुला गरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।

मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा

इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो।

एशिया कपमा भारतसँग पाकिस्तान पराजित

गएराति यूएईमा भएको खेलमा पाकिस्तान ६ विकेटले पराजित भएको हो।

मौसम पूर्वानुमान: केही स्थानमा मध्यम वर्षाको सम्भावना

महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव कमजोर रहे पनि स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आइतबार साँझ पुनः पहिरो खसेर अवरुद्ध भएको छ।

प्रधानमन्त्री कार्कीले टुंग्याइन थप ५ मन्त्रीको नाम

प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच जना मन्त्रीको नाम टुंगो लगाएर नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्।

‘जेनजी’ आन्दोलनबारे जाँचबुझ गर्न उच्चस्तरीय आयोग गठन

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।

नेपालगन्जमा २ हजारभन्दा बढी गोलीका खोकासहित २ जना पक्राउ

नेपालगन्जमा २ हजारभन्दा बढी गोलीका खोकासहित दुई जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

नेपालका चार खेलाडीले विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने

प्रवेशाज्ञाका कारण पूरा टिम सहभागी हुन नपाए पनि नेपालबाट सबैभन्दा माथिल्लो वरीयताका ट्रेल रनरले विश्वस्तरीय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न लागेका हुन्।

कहाँ ‘हराए’ प्रहरीका ११ सय बन्दुक र जेलबाट भागेका ८ हजार कैदीबन्दी?

जेनजी आन्दोलनका नाममा प्रहरीबाट लुटिएका इन्सास, एसएलआरलगायत करिब ११ सय बन्दुक र कारागारबाट भागेका ८ हजारभन्दा धेरै कैदीबन्दीबारे सरकार नै बेखबर बन्दा समाज अपराधको भुंग्रोमा पर्ने जोखिम बढेको छ।

तुइन खोलाको पहिरो हटाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलामा शुक्रबारदेखि खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

जलेश्वर कारागारबाट भागेका २३३ कैदीबन्दी फर्किए, ३४३ जना अझै फरार

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले भदौ २४ गते साँझ करिब ७ बजे कारागारका तीन वटा ढोका फोडेर सबै कैदीबन्दीलाई भगाएका थिए।

मन्त्री बनाउन ७ जनाको नाममा छलफल, गुनासोपछि अड्कियो निर्णय

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बनाउन अगाडि सारेका सात जनामध्ये केही नाममा गुनासो आएपछि मन्त्रिपरिषद् विस्तार आजै हुने/नहुने टुंगो लागेको छैन।

फिलिपिन्समा ‘बाढी नियन्त्रण’ भ्रष्टाचारविरुद्ध विशाल प्रदर्शन

फिलिपिन्सको झण्डा बोकेका प्रदर्शनकारीहरूले 'अब अति भयो, तिनीहरूलाई जेलमा हाल' भन्ने नारासहितका ब्यानर लिएर अनियमिततामा संलग्नहरूलाई तत्काल कारबाही गर्न माग गरेका छन्।