आइतबार नेप्से परिसूचक १११.७० अंकले बढेर २६२३.७० बिन्दुमा उक्लेको छ।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाले वर्षा नभएका खण्डमा साँझसम्म मुग्लिन–नारायणघाट सडकखण्डको पहिरो पन्छाएर सडक खुलाउने गरी काम भइरहेको जानकारी दिए।
मन्त्री कुलमान घिसिङले कुनै पनि व्यवसायीप्रति पूर्वाग्रह नराखी, तर अलपत्र परेका र लापरबाहीले बिग्रिएका आयोजनाका ठेक्का तोड्ने स्पष्ट पारेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।
बागलुङ नगरपालिका-८ सिगानामा सडक माथिबाट खसेको पहिरोले सडकसहित एउटा गोठ पुरेको थियो।
इजरायलले गाजामा बमबारी जारी राखेको छ। लामो समयदेखि इजरायलको सहयोगी रहँदै आएका राष्ट्रहरू यही कारण आफ्नो नीतिमा परिवर्तन गर्न थालेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
आगोले सिंहदरबारको छाना ह्वांग छ, भित्ताका कतिपय भाग भत्किएका छन्। ठडिएको भाग पनि कालै छन्। भुईंमा जलेका इँटा, फलामका टुक्रा र खरानीको थुप्रो छ। त्यहीँ भेटिए पसिना बगाइरहेका कर्मचारी।
असारदेखि अवरुद्ध मार्तडी–कोल्टी सडक असोज पहिलो सातासम्म पनि सञ्चालनमा आउन सकेको छैन। मर्मतमा कुनै निकायले चासो देखाएका छैनन्।
सडक निर्माण र यातायातको पहुँच पुगेसँगै कम समय र लागतमा धेरै काम हुने भएकाले खच्चड व्यवसाय बिस्तारै लोप हुँदै गएको स्थानीयले बताएका छन्।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकीसहित देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ।
काठमाडौँ उपत्यकामा दशैँ, दीपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित बनाउन तथा अप्रिय घटना हुन नदिन चार प्रकारका सुरक्षा रणनीति तय गरी प्रहरी परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
सडक खुलाउन मुग्लिनबाट तीन र नारायणगढबाट दुई गरी पाँचवटा साधन परिचालन गरिए पनि शनिबार साँझ ६ः३० बजे फेरि ठूलो पहिरो खसेपछि काम रोकिएको छ।
हमासले इजरायलको लगातारको स्थल र हवाई आक्रमणले गाजामा रहेका बन्धकहरूको सुरक्षामा खतरा बढेको बताएको छ।
'जेनजी' आन्दोलनका क्रममा देशभरका २८ कारागार र नौ बालसुधारगृहबाट भागेका आठ हजारभन्दा बढी कैदीबन्दी अझै फरार रहेका छन्।
'जेनजी' आन्दोलनका क्रममा भएको चोरीको घटना अनुसन्धानका क्रममा प्रहरीले सुनचाँदीका गहनासहित काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ।
चाडपर्व नजिकिएसँगै रोजगारीका लागि भारत गएकाहरू घर फर्कन थालेका छन्। भिसाको आवश्यकता नपर्ने र काम पाउन पनि सजिलो हुने भएकाले सुदूरपश्चिम प्रदेशका धेरै युवा रोजगारीका लागि भारत जाने गरेका छन्।
अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले भारत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापानलगायतका देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ।
ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायत युरोपका प्रमुख विमानस्थलहरूमा शनिबार ‘साइबर-सम्बन्धित अवरोध’ देखिएको छ।
मधेश प्रदेशसभाको बैठक असोज ७ गते मंगलबार आह्वान गर्ने सर्वदलीय सहमति भएको छ।