AnonymousUser

Logout

तुइन खोलाको पहिरोले पोखरा–काठमाडौँ यातायातसमेत प्रभावित

मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा–काठमाडौँ सडकखण्डमा पनि परेको छ।

लद्दाखमा प्रदर्शनकारीले भाजपाको कार्यालयमा आगजनी गरे

सोनम वाङचुकले एक्समा एक भिडियो सन्देश जारी गर्दै शान्तिको लागि अपील गरेका छन्। उनले यस प्रदर्शनलाई जेनजी क्रान्ति पनि भनेका छन्।

दशैँले शहर झार्दैछ, चरनले उकालो लगाउँदैछ

दशैँमा शहरबासीका लागि च्यांग्राको मासुको स्वाद ‘ब्रान्ड’ बनेको छ। दशैँमा मुस्ताङबाट शहर झारिँदै गरिएका च्यांग्राका हुल देखिन्छ। तिनको जीवनचक्र भने हिमाली क्षेत्रको मौसमी परिवर्तनले प्रभावित भइरहेको छ।

लगातार दुई कारोबार दिन बढेको शेयरबजार फेरि घट्यो

बुधबार नेप्से २७.८९ अंक अर्थात् १.०३ प्रतिशतले घटेर २,६५४.३५ विन्दुमा कायम भएको छ।

राष्ट्रपति पौडेलद्वारा मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेल र  प्रधानमन्त्री सुशीला कार्कीबीच आजै केहीबेर अघि शीतल निवासमा भेटवार्ता पनि भएको थियो।

ताइवानमा आँधीका कारण ताल फुट्दा १४ को मृत्यु

चीनका दक्षिणी १० शहरमा विद्यालय र व्यवसाय बन्द गरिएका छन्। मकाउको क्यासिनो क्षेत्रमा बाढीका कारण बिजुली आपूर्ति काटिएको छ।

नारायणगढ–मुग्लिन सडक: तुइन खोलाको पहिरो पन्छाउन २ दिन लाग्ने

पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ। दमौलीबाट अर्काे एउटा स्काभेटर मगाइएको छ।

आन्दोलनका भिडियो र तस्वीर हेर्दै प्रहरी, अपराधमा संलग्नलाई धमाधम पक्राउ

आन्दोलनका नाममा गरिएका विध्वंशका भिडियो र तस्वीर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन्। कतिपयले प्रहरीकै पोसाक लगाएर बन्दुकसहित सडकमा उत्रिएको भिडियो र तस्वीर पनि सञ्जालमा छन्।

सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज

संघ र प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्ति गर्न पाइनेछ।

तस्वीरमा बीपी राजमार्ग

राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र

सम्झौताअनुसार चार वर्षअघि नै निर्माण सकिनुपर्नेमा हालसम्म ५० प्रतिशत मात्रै पूरा भएको भएको छ। पुल नबन्दा स्थानीयले सास्ती भोग्नु परिरहेको छ।

टोपबहादुर रायमाझी कारागार फर्किए

कारागार व्यवस्थापन विभागका अनुसार, जेनजी आन्दोलनका क्रममा भागेका कुल १४ हजार ५५६ कैदीबन्दीमध्ये सात हजार १०७ जना कारागार फर्किसकेका छन् भने अझै सात हजार ३०६ कैदीबन्दी फरार छन्।

पाँच हजारनजिक पुग्यो डेंगी संक्रमितको संख्या

डोल्पा, हुम्ला र मनाङबाहेक सबैजसो जिल्लामा डेंगी फैलिएको छ भने संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ।

अपहरणपछि हत्या घटनाको अनुसन्धानका लागि ८ जना नियन्त्रणमा

गोलबजार नगरपालिका–१३ का एक किशोरको अपहरणपछि हत्या भएको घटनाको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ।

नारायणगढ-मुग्लिन सडकमा जोखिम मोलेर यात्रा नगर्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय, चितवनले नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेका कारण सडक तत्काल खुल्ने सम्भावना नरहेको भन्दै जोखिम मोलेर यात्रा नगर्न आग्रह गरेको छ।

जनताले बुझ्ने भाषामा कानून बनाउने निर्णय सदर

पदबहालीपछि मन्त्री सिन्हाले कानूनको भाषा, शैली र निर्माण प्रक्रियालाई आमजनताले सजिलै बुझ्न सक्ने बनाउन अध्ययन गर्ने निर्णय सदर गरेका छन्।

नारायणगढ-मुग्लिन सडकमा फेरि पहिरो, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै मंगलबार साँझ पहिरो खसेपछि सवारी आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

टुकुचामा हाम्फालेर ज्यान जोगाएका ट्राफिक प्रहरी: भग्नावशेषबाट उठेर फर्किए सडकमा

कमाण्डरले निमेषभरमै सही निर्णय नलिएको भए उपत्यका ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरीको जीवन नै तलबितल हुन सक्थ्यो। भदौ २४ गते टुकुचामा हाम्फालेर जोगिएका उनीहरू खरानी टकटक्याउँदै ड्युटीमा फर्केका छन्।

जेनजी प्रदर्शनका क्रममा भएको आगजनीमा परी घाइते भएकी महिलाको मृत्यु

जेनजी प्रदर्शनका दौरान वीरगन्जमा भएको आगजनीमा परेर गम्भीर घाइते भएकी एक महिलाको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

व्यवसायी भन्छन्: शान्ति सुरक्षाको ग्यारेन्टीसहित विशेष प्याकेज नभए अर्थतन्त्र उठ्दैन

सरोकारवालाले विगतका भूकम्प, आन्दोलन र अन्य संकटभन्दा यसपटकको समस्या फरक भएको भन्दै अर्थतन्त्रलाई उकास्न नीतिगत सुधार, सुरक्षाको प्रत्याभूति र पुनर्निर्माणमा जोड दिएका छन्।