भारतको ओडिसा प्रान्तस्थित भुवनेश्वरमा रहेको केआईआईटी विश्वविद्यालयको होस्टेलमा अर्को नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन्।
उदयपुरको कटारीमा सवारी दुर्घटना हुँदा दमक नगरपालिकाका कानून अधिकृतको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
मे दिवसको प्रदर्शन रोक्नका लागि प्रहरीले इस्तानबुलबाट बिहीबार ४०० भन्दा बढी मानिसलाई पक्राउ गरेको छ।
आन्दोलन भएको २९औँ दिनमा सरकार र शिक्षक महासंघबीच कतिपय मागमा सहमति भयो भने, कतिपय थाती रहे। यो सहमतिले आन्दोलन स्थगित त भयो, तर विद्यालय कर्मचारी र शिक्षक नै सन्तुष्ट हुन सकेनन्।
३१ वटा संघसंस्थाका प्रतिनिधिले सरकारलाई डिजिटल प्लेटफर्मसँग लोकतान्त्रिक संवाद गर्न, पारदर्शिता अपनाउन र मानव अधिकारमैत्री नीति तथा नियमनको निर्माणमा सहकार्य गर्न अपिल गरेका छन्।
उनीहरूले पीडितलाई थप पीडा र निराश पार्ने देखावटी प्रक्रिया अपनाइए पीडित समुदायकै अगुवाइमा समानान्तर नागरिक आयोग बनाई सत्य अन्वेषण गरी पीडकको नाम सार्वजनिक गर्न बाध्य हुनेसमेत चेतावनी दिएका छन्।
सडक मार्गनजिक भएका कारण पनि गोकुलेश्वर अस्पतालमा सेवाग्राही बढी हुने गर्छन्। तर अस्पतालसँग भएका उपकरण बिग्रिँदै जानु तथा मर्मतमा समेत कसैले चासो नदिँदा अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ।
चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दाको मुख्य आयस्रोत यार्सागुम्बाबाट हुने कमाइ हो। उनीहरूले यार्सागुम्बा बेचेर २ लाखदेखि ४ लाख रुपैयाँसम्म कमाउने गर्छन्।
यस वर्ष ३२ हजार ८४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १० हजार १२ मेट्रिक टन उत्पादन भएको छ। गत वर्ष एक लाख १४ हजार ३१२ मेट्रिक टन उत्पादन भएको थियो।
प्रदेश सरकारले लगानी सम्मेलनमा १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरका ७१ वटा परियोजना सोकेसिङ गर्ने तयारी गरेको छ।
बार्सिलोना ओलम्पिक स्टेडियममा बुधबार राति सम्पन्न सेमिफाइनलको पहिलो लेग ३-३ को बराबरीमा सकिएको हो।
श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।
पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनको मूल्य १ रुपैयाँले घटेको छ।
विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्नेबारे पनि सरकारले प्रतिबद्धता जनाएको छ। तर तोकिएको समयमा ऐन जारी नभए अहिलेकोभन्दा झन् कडा आन्दोलन गर्ने शिक्षक महासंघको भनाइ छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।
सन् २०२५ को पहिलो तीन महिना (जनवरी-मार्च)मा अमेरिकी अर्थतन्त्र अप्रत्याशित रूपमा खुम्चिएको बुधबार प्रकाशित पछिल्लो तथ्यांकले देखाएको छ।
भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतंकवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतंकवादी हमलाविरुद्ध रहेको स्पष्ट पारे।
सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा संरक्षक चौधरी पक्राउ परेका थिए।
अधिकृत महिमानसिंह विष्टले लेखेको पत्र शंकास्पद र कानूनसम्मत नभएपछि सर्वोच्चले चाैधरीलाई थुनामुक्त गर्न भन्दै कारागारलाई नयाँ पत्र काटेको छ। विष्ट भने प्रहरी हिरासतमा छन्।
बुधबार नेप्से ८.१४ अंकले घटेर २ हजार ६२३.८३ को विन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.५३ अंक घटेको छ।