तनहुँको भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन्।
महाशाखाले तिहारको समयमा ठूलो मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य असरका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने सम्भावना रहेको जनाएको छ।
जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण उपत्यकाका ट्राफिक प्रहरी पोस्टमा रहेका ब्रेथलाइजर मेसिन नष्ट भएपछि अहिले मापसे जाँचमा समस्या भएको छ।
धौलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ–१ मा पर्ने धम्पुस पिक जाने क्रममा पथप्रदर्शक र जर्मनीका पर्यटक शुक्रबार रातिदेखि सम्पर्कविहीन भएका हुन्।
क्यानले अमेरिका र यूएईसँगको त्रिकोणात्मक शृंखला खेल्नका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
पाकिस्तानका योजना, विकासमन्त्री अहसान इकबालका अनुसार बाढीका कारण देशभर करिब दुई लाख २९ हजार घरमा क्षति पुगेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गतेसम्म स्थगित भएको छ।
रौतहटको झाँझ नदीमा नुहाउन गएका दुई जना बालकको मृत्यु भएको छ।
सडक फराकिलो बनाउन जथाभाबी भित्तो खन्दा धेरै ठाउँमा पहिरोको जोखिम बढेको छ। कतै पर्याप्त भौगर्भिक अध्ययन नहुँदा र काटिएको भित्तोमा आधुनिक प्रविधि प्रयोग नहुँदा पनि पहिरो गइरहेको छ।
नेपाली सेनाको फौज स्थिति सामान्य भएपछि ४१ स्थानबाट फिर्ता भएको छ, तर सुरक्षा चुनौतीलाई ध्यानमा राखी अझै पनि २१ स्थानमा फौज तैनाथ रहेको सेनाले जनाएको छ।।
मिराज ढुंगानाले जेनजीलाई संगठित गर्न दल गठन गरे पनि, प्रत्यक्ष कार्यकारी शासकीय स्वरूप र विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्ने आफ्नो न्यूनतम शर्त पूरा नभएसम्म चुनावमा सहभागी नहुने बताए।
राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकार र चारवटै सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेका छन्।
तीन महिनाको अवधिमा सरकारको राजस्व संकलन वार्षिक लक्ष्यको १६.५१ प्रतिशत छ।
ह्वाइट हाउसमा भएको वार्ताका क्रममा रुस–युक्रेन युद्धका बारेमा कुराकानी भएको थियो। सो क्रममा ट्रम्पले युक्रेन र रुसलाई हालको सीमा रेखामा युद्ध रोक्न आग्रह गरेका छन्।
घाइतेमध्ये १३ जनाको नेसनल सिटी अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ।
लामो वर्षा हुँदा दशैँमा सडक बाढी पहिरोले अवरुद्ध भएका थिए। तिहार नजिकिएसँगै ग्रामीण सडक खुलेपछि स्थानीयलाई यात्रा गर्न र सामान ढुवानी गर्न सहज भएको छ।
दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ। राति देशभर मौसम मुख्यतया सफा रहनेछ।
प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त संरचनाका लागि २० अर्ब ८८ करोड, मनसुनबाट क्षतिग्रस्त संरचनाका लागि १ अर्ब ३ करोड, प्राविधिक सहयोगका लागि २८ करोड र जनशक्ति एकाइका लागि ५ करोड आवश्यक पर्ने अनुमान गरेको छ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपाल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो।
नेपालमा किसान परिवारको संख्या करिब ४१ लाख ३० हजार रहेकोमध्ये वर्षैभरि खान नपुग्ने कृषक परिवारको संख्या करिब ५५ प्रतिशत रहेको पाइएको छ।