AnonymousUser

Logout

बर्खास्तीपछि झन् व्यस्त कुलमान

राजनीतिमा आउने मन बनाइसकेका कुलमान तत्कालै कुनै पार्टी प्रवेश गरिहाल्ने मुडमा भने छैनन्। नयाँ पार्टी नै खोल्नेसम्मको विकल्प राखेर उनी ‘पर्ख र हेर’को रणनीतिमा छन्।

फुल्न लागेको स्याउका बोटमा वर्षाले असर, उत्पादन घट्ने

फुल्दै गरेका स्याउ बोटमा वर्षाले असर पुर्‍याएकाले यस वर्ष स्याउ उत्पादन कम हुने प्रक्षेपण गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले जनाएको छ।

दाउन्नेमा वैशाख ३१ सम्म रातको समयमा सवारी आवागमन रोकिने

१७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ। तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ।

वैभवको कीर्तिमानी शतकमा राजस्थानको जित

१४ वर्षीय वैभवले ३५ बलमा शतक प्रहार गरे। उनी आईपीएलमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी र सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी पनि बनेका छन्। 

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहीन

लुम्बिनीमा ल्याइएका १४ भ्यान र पाँच वटा विद्युतीय बस वातानुकूलित, अपांगता मैत्री र स्वचालित ढोका भएका छन्। प्रत्येक बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमता छ।

सरकार र शिक्षक महासंघबीचको वार्ता सकारात्मक

शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको उल्लेख गरेका छन्।

खुम्बु क्षेत्रमा भारी हिमपात

हिमपातका कारण सगरमाथा आरोहण पनि प्रभावित भएको छ। अधिकांश आरोही आधार शिविरमै रोकिएका छन्।

स्पेन र पोर्चुगलका धेरैजसो क्षेत्रमा विद्युत् अवरुद्ध, हवाई तथा रेल सेवा प्रभावित

विद्युत् आपूर्तिमा आएको समस्याका कारण रेल सेवा अवरुद्ध भएका छ भने मानिसहरू लिफ्टमा फस्नुका साथै मोबाइल तथा इन्टरनेट नेटवर्कमा समेत प्रभाव परेको छ।

१७ अर्ब ८६ करोडको अवैध कारोबार, ११ जिल्लाका २१ जना पक्राउ

सीआईबीले १७ अर्ब ८६ करोड रुपैयाँ बराबरको अवैध कारोबारमा संलग्न रहेको आरोपमा ११ जिल्लाका २१ जनालाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ।

घाइते शिक्षक ऐनकै अडानमा: महासंघ भन्छ– सडक छाड्दैनौँ, सरकारले तीन वर्गमा खाका ल्याओस्

शिक्षक महासंघले आफ्ना मागलाई मन्त्रिस्तरीय निर्णय, मन्त्रिपरिषद् र ऐन–कानून बनाएर समाधान गर्न सकिने वर्गमा विभाजन गरी सरकारले त्यहीअनुसार खाका बनाउनुपर्ने जनाएको छ।

इरानको बन्दरगाह विस्फोटमा मृत्यु हुनेको संख्या ४६ पुग्यो

इरानको राजी बन्दरगाहमा शनिबार भएको विस्फोटमा मृत्यु हुनेको संख्या ४६ पुगेको छ। इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले घटनाको अनुसन्धान गर्न आदेश दिएका छन्। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गर्न गठित संसदीय उपसमितिले बुझायो प्रतिवेदन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता, भ्रष्टाचारसम्बन्धी गुनासाबारे अध्ययन गर्न गठित राजेन्द्रप्रसाद लिङ्देन संयोजकत्वको उपसमितिले सोमबार प्रतिवेदन सार्वजनिक लेखा समितिका सभापतिलाई बुझाएको छ।

एमबीबीएस तथा बीडीएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकन गर्न बाटो खुल्यो

चिकित्सा शिक्षा आयोगको बैठकले स्नातक एमबीबीएस तथा बीडीएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकन गर्न गठित कार्यदलको प्रतिवेदन स्वीकार गरेको छ।

उड्डयन क्षेत्र थप सुरक्षित गर्ने गरी कानून बनाइनुपर्नेमा सांसदको जोड

सांसदले नेपालको आकाश किन असुरक्षित भन्नेबारे अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी विधेयकलाई अन्तिम रूप दिनुपर्ने बताएका छन्।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, करिब ९ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ को विन्दुमा कायम भएको छ।

क्षमताभन्दा बढी व्यक्ति र मोटरसाइकलको ओहोरदोहोरले जोखिममा सुस्ता झोलुंगे पुल

क्षमताभन्दा बढी व्यक्तिको ओहोरदोहोर र मोटरसाइकल कुदाउँदा झोलुंगे पुल जोखिममा परेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले बताए।

वर्गीकरण थालेपछि घट्यो बञ्चरेडाँडा लगिने फोहोर

काठमाडौँ महानगरले ३२ वटा वडालाई भौगोलिक र जनसंख्याका आधारमा क्षेत्र निर्धारण गरी स्रोतमा नै वर्गीकरण गरिएको फोहोर मात्रै व्यवस्थापन गरिरहेको छ।

चट्याङ लागेर १७ भैँसी मरे

संखुवासभाको मकालु गाउँपालिका–३ कालोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन्।

शिक्षकलाई विद्यालय फिर्ताको वातावरण बनाउन सांसदहरूको माग

विद्यालय शिक्षा ऐन दिएर शिक्षकलाई विद्यालय फर्कने वातावरण बनाउन पनि सांसदहरूले सरकारसमक्ष माग गरेका छन्।

सुनचाँदीको मूल्य घट्यो 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँ घटेको हो।