AnonymousUser

Logout

नेपाल तेस्रोपटक टी२० विश्वकपमा

नेपालले तेस्रोपटक टी२० विश्वकपमा स्थान बनाएको छ। यूएईले समोआलाई पराजित गरेसँगै नेपाल अन्तिम दुई खेलअघि नै विश्वकपमा स्थान बनाउन सफल भएको हो।

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

भेपमार्फत सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।

खण्डहर बस्तीमा ठिंग उभिएको हुँडार, यो वर्षको वन्यजन्तु फोटोग्राफर पुरस्कार डेन हीभरलाई

'घोस्ट टाउन भिजिटर' नाम दिइएको यो विशेष तस्बीर खिच्न आफूलाई दश वर्ष लागेको उनले बताएका छन्।

विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले आज जारी गरेको समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख छ।

नेप्सेसँगै घट्यो कारोबार रकम

समाज लघुवित्त वित्तीय संस्था र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर नकारात्मक सर्किट तहमा कारोबार भएको छ।

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

छलफलमा सभामुख घिमिरेले अहिलेको परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि आफ्नो महत्त्पूर्ण भूमिका रहने जनाउँदै त्यसका लागि सबै दलको आवश्यक सहयोगको अपेक्षा व्यक्त गरे।

सामाजिक सञ्जालमा बदलिएका बालेनः सकारात्मक पोस्टमा पनि किन भइरहेछ आलोचना?

असोज ५ यता शनिबार र दशैँको बिदाबाहेकका १६ दिनमा बालेन शाहले १५ दिन सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनका अधिकांश पोस्टमा महानगरका कामबारे उल्लेख छ।

एमाले महाधिवेशन मंसिर २७–२९ मा गर्ने प्रस्ताव

ललितपुर भनिमण्डलस्थित रामबाग महलमा बुधबार शुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मिति र स्थान प्रस्ताव गरेका छन्।

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु

पर्खाल भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए। उनीहरूमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो।

इटलीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा’

इटलीमा प्रवासीहरू गरिबीबाट अझ बढी प्रभावित रहेको अध्ययनले देखाएको छ। प्रवासी परिवारमध्ये ३५ प्रतिशत गरिबीको रेखामुनि रहेका छन्।

नेता जोडिएका फाइल खोतल्दै सीआईबी, सुन तस्करीपछि बालमन्दिर, शरणार्थी र सहकारी प्रकरणमा ध्यान

कतिपय अदालत पुगिसकेका, कतिपय अनुसन्धानकै क्रममा सेलाएका प्रकरण पुनः खोतल्न सीआईबीले पुराना फाइल अध्ययन शुरू गरेको छ जसमा दलका नेता जोडिएका ठूला काण्डहरू छन्।

सुइरेचौरबाट हिमाल हेर्दा [तस्वीरहरू]

काठमाडौँबाट नजिकै रहेको र बस्नका लागि पनि व्यवस्था रहेका कारण सुइरेचौरमा शुक्रबार र शनिबार पर्यटकको चहलपहल बढी हुने गरेको छ।

देशभरको मौसम सफा रहने पूर्वानुमान

देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मेची राजमार्ग सञ्चालनको प्रयास: जोगमाई खोलामा डाइभर्सन निर्माण

जोगमाई खोलाको बेलिब्रिज गत असोज १८ गतेको बाढीले बगाएपछि डाइभर्सन निर्माण गरिएको हो। ११ दिनमा समेत वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती परेको छ।

विपिनको निधनबारे इजरायलद्वारा औपचारिक जानकारी, शव ल्याउने प्रक्रिया शुरू

तेल अभिभस्थित नेपाली राजदूतावासले इजरायलका सम्बन्धित निकायसँग समन्वय गरी शव नेपाल पठाउने प्रक्रियासमेत शुरू गरेको मन्त्रालयले जनाएको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा मंगलबार १० रिट पेस

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति बदर, प्रतिनिधिसभा विघटन खारेजी तथा पुनर्स्थापनाका लागि उत्प्रेषण र परमादेशको आदेश माग राखी रिट निवेदन पेस भएका हुन्।

मुद्रास्फीति १.८७ प्रतिशत, शोधनान्तर स्थिति १ खर्ब ५३ अर्बले बचतमा

असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति पछिल्लो दुई महिनामा ७.६ प्रतिशतले बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ।

मधेशमा बुधबार ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेकी छन्।

मध्यरात दरबारमार्गको त्यो भेलाः जंगीअड्डा हुँदै सिंहदरबार पुग्दा यसरी थपिँदै गए जेन–जी समूह

जेन–जीका १५ भन्दा धेरै समूह देखिए पनि सरकारलाई प्रभाव पारिरहेकाहरू तिनै छन्, जो भदौ २४ मध्यरातिको भेलामा सहभागी थिए। मतभेदको प्रस्थानबिन्दुसमेत बनेको त्यो भेला के थियो, अनि त्यहाँ को–को थिए?

कारागारबाट भागेका ५२५७ कैदीबन्दी अझै बाहिरै

भदौ २३ र २४ गतेको आन्दोलनका दौरान भागेकामध्ये चार हजार ६१८ नेपाली, ५३५ भारतीय र १०४ अन्य देशका गरी पाँच हजार २५७ जना कैदीबन्दी अझै कारागार बाहिरै रहेका छन्।