यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ। यस राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
बागलुङको निसीखोला–६ पातिहाल्नेदेखि पूर्वी रुकुमको भूमे–१ रुपगासम्मको १३ किलोमिटर २०७३ जेठमा कालोपत्र गरीसक्ने सम्झौता भएकामा हालसम्म ७० प्रतिशत मात्र काम भएको छ।
लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा गण्डकीमा पश्चिमी वायुको प्रभाव रहे पनि बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विभागले बालबालिकाका लागि प्रयोग हुने कुनै पनि औषधि चिकित्सकको सल्लाहबिना प्रयोग नगर्न पनि सर्वसाधारणलाई सचेत गराएको छ।
सडक निर्माण शुरू गरेर निर्माण व्यवसायी नै सम्पर्कविहीन भएपछि सडक झनै अस्तव्यस्त बनेको छ।
ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ आङखोपस्थित सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार, सन् २०२४ सेप्टेम्बरको तुलनामा यो वर्ष सोही अवधिमा पर्यटक आगमनमा १८.३ प्रतिशतले कमी आएको छ।
कारागारका प्रशासक राजेन्द्र शर्माले आन्दोलनका क्रममा भागेका ७७३ कैदीबन्दीमध्ये ४८३ जना फर्किएको र २९० जना हालसम्म फरार रहेको जानकारी दिए।
जेनजी आन्दोलनका क्रममा भएको घटनालाई लिएर मेयर बालेन्द्र साह र सुदन गुरुङविरुद्ध परेको जाहेरीबारे प्रहरीले सरकारी वकिलसँगको सल्लाहमा २४ घण्टाभित्र निर्णय लिने भएको छ।
देशका महत्त्वपूर्ण अभिलेख जलेर खरानी हुनु भनेको देश नै स्मृतिविहीन बन्ने बाटोमा पुग्नु हो। यसबाट जोगिने उपाय एउटै छ– सरकारले नै कानून पालना गरेर अभिलेखहरूलाई डिजिटाइज्ड गर्न ढिला नगर्ने।
जोन क्लार्क, मिशेल एच. डेभरेट र जोन एम. मार्टिनिसले क्वान्टम मेकानिकल टनेलिङमा गरेको अनुसन्धानका लागि यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गरेका छन्।
उजुरी आयोगसमक्ष आइपुगेको र अध्ययन गरेर थप प्रक्रिया अघि बढाउने अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए।
अमेरिकाको प्रस्तावित शान्ति योजनामा छलफल गर्न इजरायल र हमासका प्रतिनिधि इजिप्ट पुगेपछि युद्ध अन्त्य हुने आशा पलाएको छ। यसबाट हमासले बन्धक बनाएका विपिन जोशीको रिहाइको सम्भावना बढेको छ।
आइतबार नेप्से परिसूचक ५८.५५ अंक अर्थात् २.१९ प्रतिशतले घटेर २६०४.९६ को विन्दुमा कायम भएको छ।
अवरुद्ध सडक खुलाउन, अव्यवस्थित यातायातलाई सहज बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरी तत्काल व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरेको छ।
असोज १२ गते राति गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
संयुक्त राष्ट्रसंघीय राहत र कार्य एजेन्सी (यूएनआरडब्लूए)ले गाजाका बालबालिकाहरू अकल्पनीय समस्याको सामना गर्न बाध्य भएको जनाएको छ।
लाङटाङ पदयात्राका रहेका भक्तपुरका संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ, संगीता श्रेष्ठ र रवि श्रेष्ठ भने बेपत्ता छन्।
झापा र इलामको सिमाना जोरकलशदेखि फिक्कलसम्म अवरोध नभए पनि गोदक, राजदुवाली, नेपालटारगायत ठाउँमा ठूला अवरोध छन्।
सोमबार २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको एक तोला सुनको मोल बढेर २ लाख ३५ हजार ४०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने स्थिर छ।