AnonymousUser

Logout

कांग्रेस नेता अफताव आलमको निधन

आलमलाई दशैँअघिदेखि अस्पतालमा राखिएको थियो। एक सातायता स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

वर्षाले खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

जिल्लामा यस वर्ष नौ हजार ९८८.०३ हेक्टर खेतमा धानबाली लगाइएको थियो। जसमध्ये ६ हजार ९९१.६ हेक्टर खेतमा लगाइएको धानबालीमा वर्षाले क्षति गरेको छ।

हङकङ सिक्सेसमा नेपाल दक्षिण अफ्रिकासँग पराजित

नेपाल समूह चरणका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो कोशी र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

वेदकोट नगरपालिका–८, आमथलास्थित भित्री सडकखण्डमा शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

हितेन्द्रदेव शाक्यको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाउने निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

सुरक्षा खतरा भन्दै रुसी नागरिकका लागि भिसा नियममा ईयूले गर्‍यो थप कडाइ

धेरै सदस्य राष्ट्रहरूमा ड्रोन आक्रमण र आगजनीका शंकास्पद घटनाहरू बढेपछि ईयूले त्यसलाई रुसी 'हाइब्रिड युद्ध'को खतरा मान्दै भिसा प्रतिबन्धको उपाय अपनाएको छ।

मतदाता नामावलीमा नाम टिपाइ ‘विवेकको मत’ प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री कार्कीले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने बताइन्।

कांग्रेस संस्थापन पक्षले निर्वाचनपछि महाधिवेशन गर्न चाहनुको अन्तर्य

कांग्रेस संस्थापन पक्ष महाधिवेशनलाई जसरी पनि निर्वाचनपछि धकेल्ने रणनीतिमा हुँदा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले तत्काल विशेष महाधिवेशन बोलाउन माग गरेका छन्। किन महाधिवेशनको मितिमा चर्को बहस भइरहेको छ?

सभामुखहरूको बैठक: प्रदेश कानूनका व्यवस्था केन्द्र सरकारले हटाउन नहुने निष्कर्ष

संघीय संसद् (प्रतिनिधिसभा)सहित प्रदेशसभाका सभामुखहरूको बैठकले संघीय सरकारको निर्णयले विधिको शासनमा चुनौती थपिएको निष्कर्ष निकालेको छ।

लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु

लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।

सुरक्षण मुद्रण केन्द्रबाट थालियो लाइसेन्स छपाइ

विदेशी कम्पनीलाई ठेक्का दिएर सवारी चालक अनुमतिपत्र (लाइसेन्स), राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका महत्त्वपूर्ण कागजात छपाइँदै आएकोमा, सरकारले अहिले लाइसेन्सको छपाइ आफ्नै मुद्रण मेसिनबाट थालेको छ।

हिमपातले मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध, साङ्तामा सञ्चार र विद्युत् पनि ठप्प

सडक अवरोधका कारण जोमसोमदेखि छुकसम्वसम्म मालवाहक सवारीसाधन चलाउन सकिएको छैन। जनप्रतिनिधिले मुस्ताङ-डोल्पा सडकको हिउँ पन्छाएर सडक सञ्चालन गर्न सडक डिभिजन कार्यालय बागलुङसमक्ष माग गरेका छन्।

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दीको मंगला गाउँपालिका–२ लाम्पाटास्थित मंगला शिक्षा क्याम्पसको छात्रावास परिसरमा रहेको पाखो सम्याएर नयाँ खेलमैदान निर्माण गरिएको छ।

फिनल्यान्डका एनआरएन अभियन्ता दम्पतीलाई मानव तस्करी र ठगीमा ५ करोड जरिबाना

पीडित दोलखाकी तारा थापा र गुल्मीका दील खरेलले फिनल्यान्डको जिल्ला तथा उच्च अदालतको फैसलाबाट झन्डै ५ करोड रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन्।

मंसिर १ देखि सर्वोच्च अदालतको सबै सेवा सञ्चालनमा आउने

सर्वोच्चले सूचना जारी गर्दै मंसिर १ देखि सबै खालका मुद्दाको सुनुवाइ हुने जानकारी दिएको हो। भदौ २४ गतेको जेन–जी प्रदर्शनका क्रममा अदालत पूर्ण रूपमा जलेको थियो।

एलन मस्क बन्लान् पहिलो खर्बपति?

यो तलब प्याकेजले मस्कलाई दीर्घकालीन रूपमा टेस्लासँग बाँधिराख्ने अपेक्षा गरिएको छ। तर कम्पनीको भविष्य बजारको प्रवृत्ति, प्राविधिक नवप्रवर्तन र विश्वव्यापी आर्थिक स्थिरतामा निर्भर रहनेछ।

स्थानीयले बन्द गरे काठमाडौँ आउने मेलम्चीको पानी

तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले मुहान बन्द गरेका हुन्।

हङकङ सिक्सेसमा नेपाल अफगानिस्तानसँग पराजित

११३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै ९५ रनमात्र बनाउन सक्यो।

सूत्र कार्यान्वयन: मलेनिका र पालिका आपसी दोषारोपणमा

सूत्र प्रणालीमा स्थानीय तहको आय–व्ययको अनुमान, बजेट स्वीकृति, धरौटी, राजस्व बाँडफाँट, तलबी विवरण, राजस्व तथा अनुदानलगायत विवरण समावेश हुन्छन्।