कुटपिटबाट गम्भीर घाइते भएका अनेरास्ववियू नेता चेतन अयडीको उपचारका लागि अछामको बयालपाटा अस्पताल लैजाँदै गर्दा आइतबार राति मृत्यु भएको हाे।
कतारविरुद्ध इक्वेडरको जितमा दुवै गोल कप्तान एनर भ्यालेन्सियाले गरे।
गृहसचिव सिंहले प्रहरीले पूर्ण अधिकार प्राप्त हुँदाहुँदै पनि धेरै संयमता अपनाएका कारण ठूलो दुर्घटना हुन नपाएको बताए।
प्रधानमन्त्री देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ।
देशभर लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव चलिरहँदा भुइँमान्छेमा भने उत्साह देखिएन। यसको कारकका रूपमा खासगरी विगतमा नेताहरूले गरेका बाचा पूरा नहुनु देखिन्छ।
गोली लागेर अन्य २ जना घाइते छन भने प्रहरीतर्फ पनि घाइते भएको बताइएको छ।
मतपेटिकामा आगजनी गरेको आरोपमा स्थानीय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।
अध्यक्ष दाहालले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा गठबन्धन दलहरू बीचमा छलफल नभएको बताए।
मृत्यु हुनेमा महाभारा ३ निवासी २८ वर्षीय होमबहादुर खत्री रहेका छन्।
कतार विश्वकपमा ६ वटा एशियाली राष्ट्र सहभागी हुन लागेको यो पहिलोपटक हो। यीमध्ये पाँचवटा राष्ट्र छनोट चरण पार गरेर कतार पुगेका हुन्। कतार भने आयोजक राष्ट्रको हैसियतमा छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेले बहुमत ल्याउने बताएका छन्।
बागलुङको मतदाता नामावलीमा नाम नभएपछि केसीले मतदान गर्न नपाएका हुन्। उनी रुपन्देही बस्न थालेपछि आफ्नो नाम पनि उतैको मतदाता नामावलीमा सारेका थिए।
कांग्रेस महामन्त्री गगनकुमार थापाले मूलधारको राजनीतिक दलभित्र परिर्वतन कसरी सम्भव छ भनेर काठमाडौं–४ का मतदातालाई हेक्का रहेकाे बताएका छन्।
गठबन्धन र एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताले हुलहुज्जत गरेपछि प्रहरीले हवाई फायर गरेको हो।
मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको पाइए सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कानूनी कारवाही गर्ने निर्वाचन आयोगले जनाएको छ।
हिमाली जिल्लामा मतपेटिका आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेबाट मतगणना शुरू गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन्।
विश्वकप फुटबल २०२२ को औपचारिक उद्घाटन समारोह कतारको राजधानी दोहाबाट ४० किलोमिटरको दूरीमा रहेको अल बायत रंगशालामा आयोजना हुँदैछ।
हेलिकप्टरको पनि केही उद्धार उडान हुने विमानस्थलले जनाएको छ।
मतदानलाई अवरोध हुन नदिन सम्पूर्ण निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयका सचिव सिंहले बताए।