AnonymousUser

Logout

माओवादीसँग एकता हुने प्रचारमा सत्यता छैन : एकीकृत समाजवादी

नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्नेमा आफूहरू प्रष्ट रहेको तर माओवादी केन्द्रसँग एकता गर्नका लागि भने छलफल नै नभएको एकीकृत समाजवादीले जनाएको छ।

नेपाली ग्राहकले गुल्जार रक्सौल : बालेन शाह ‘पोष्टर बोई’, पसलका साइनबोर्ड नेपालीमा

नेपाली ग्राहकका लागि वीरगन्जपारिको भारतीय बजार रक्सौलका व्यापारीले साइनबोर्ड पनि नेपालीमा लेख्ने गरेका छन्। नेपालतर्फ दैनिक उपभोग्य मात्र नभई अन्य सामानसमेत महँगो हुँदा उताको बजार गुल्जार बनेको छ।

भरतपुर अस्पतालमा एचआईभी संक्रमित आमाबाट स्वस्थ बच्चाको जन्म

नियमित औषधि सेवन गरिरहेका महिलाले सुरक्षित प्रसूति सेवा लिने र दूध खुवाउँदा विशेष ध्यान दिनसकेमा संक्रमण नुहुने चिकित्सकको भनाइ छ।

रवि लामिछानेको नागरिकता विवाद छानबिन गर्न काठमाडौँ प्रहरीलाई प्रशासनको पत्र

रास्वपाका सभापति रवि लामिछानेको नागरिकता छानबिन गर्न काठमाडौँ जिल्ला प्रशासनले प्रहरीलाई पत्राचार गरेको छ। लामिछानेमाथि नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरेको आरोप छ।

ब्राजिललाई हराएर ३२ वर्षपछि अन्तिम १६ मा पुग्ने क्यामरुनको लक्ष्य

जारी विश्वकपमा १ अंक जोडेको क्यामरूनले अघिल्लो चरणमा पुग्न ब्राजिललाई हराएर मात्र पुग्दैन। अर्काे खेलमा सर्बियाले स्वीट्जल्यान्डलाई पनि पाखा लगाउनुपर्ने छ।

लिग टू : नामिबियासँग खेल्दै नेपाल

आईसीसी विश्वकप डिभिजन लिग टू अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले शुक्रबार घरेलु टाेली नामिबियासँग खेल्दै छ।

रुस–युक्रेन युद्धमा १ लाख रुसी सैनिक मारिएको युक्रेनको दाबी

युक्रेनले रुससँगको युद्धका क्रममा आफ्ना १३ हजार सैनिक मारिएको तथ्यांक सार्वजनिक गरेको छ। त्यस्तै, उसले युद्धमा रुसका १ लाख सैनिक मारिएको दाबी गरेको छ।

विश्वकप फुटबलः समूह चरणका अन्तिम ४ खेल हुँदै 

विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम चार खेल हुँदैछन्।

बेल्जियम र क्यानडा विश्वकपबाट बाहिरिए

बेल्जियम र क्यानडा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएका छन्।

स्पेनलाई हराउँदै जापान नकआउट चरणमा

स्पेनमाथि सनसनीपूर्ण जित निकाल्दै जापान विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरियो

जर्मनी फिफा विश्वकपबाट बाहिएको छ। समूह चरणको अन्तिम खेलमा कोस्टारिकामाथि जित निकाले पनि समूहकै अर्काे खेलमा जापानले स्पेनलाई हराएपछि जर्मनी अभागी बनेको हो। 

किन सुस्तायो नेपालको निर्यात व्यापार?

आयात र निर्यातको खाडल बढ्दै जाँदा चालु आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा ४ खर्ब ७७ अर्ब पुगेको छ।

आज देशभरको माैसम सफा रहने

हाल पहाडी भेगमा आंशिक बदली रहे पनि उल्लेखनीय मौसमी प्रणाली नभएका कारण अधिकांश स्थानको मौसम सफा रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।

नवलपरासीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

घटनास्थल दुर्गम पहाडी क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताए।

प्रचण्ड र गृहमन्त्रीसँग सीके राउतको भेटवार्ता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र गृहमन्त्री बालकृष्ण खाँणसँग सीके राउतले छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

एकीकृत समाजवादी : नेता छन्, कार्यकर्ता छैनन्!

अध्यक्ष माधव नेपालसहित झलनाथ खनाल, वेदुराम भुसाल, मुकुन्द न्यौपानेजस्ता पाका र रामकुमारी झाँक्रीजस्ता युवा नेता भएको पार्टीको उम्मेदवार नभएका क्षेत्रमा समानुपातिक मत माग्ने कार्यकर्ता नै भएनन्।

सरकारमा ल्याउन साना दलहरू फकाउँदै देउवा

देउवाले बुधबार र बिहीबार मधेशकेन्द्रित दुईवटा दलसँग छुट्टाछुट्टै छलफल गरेका छन् भने अन्य साना दलहरूसँग पनि संवाद बढाइरहेका छन्।

यू-१९ : लुम्बिनीको चौथो जित

बिहीबार सम्पन्न खेलमा लुम्बिनीले प्रदेश-१ लाई ६ विकेटले हराउँदै लगातार चौथो जित निकालेको छ।

११ महिनामा साढे ५ लाख विदेशी पर्यटकले नेपाल घुमे

पछिल्लो ११ महिनाको अवधिमा साढे ५ लाख विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्।

पराजयको जिम्मा लिँदै मेक्सिकोका प्रशिक्षक मार्टिनोले दिए राजीनामा

मेक्सिको विश्वकपबाट बाहिरिएसँगै प्रशिक्षक जेरार्डो मार्टिनोले राजीनामा दिएका छन्।