AnonymousUser

Logout

अपराजित रहँदै सुदूरपश्चिमले उचाल्यो यू-१९ क्रिकेटको उपाधि

कीर्तिपुर मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको हो। लुम्बिनीले दिएको ९३ रनको लक्ष्य सुदूरपश्चिमले ४ विकेट गुमाउँदै २१ ओभरमा पूरा गरेको थियो।

ताेलाकाे ९९ हजार नाै सय पुग्याे सुन

सुनचाँदी बजारमा साेमबार छापावाल सुनको मूल्य प्रतितोला चार सयले बढेर ९९ हजार नौ सय रुपैयाँ पुगेकाे छ।

इन्डोनेसियाको जाभा टापुमा ज्वालामुखी विस्फोट

जाभा टापुको पश्चिमी क्षेत्रमा गएका शृंखलाबद्ध भूकम्पपछि त्यहाँ पुनः ज्वालामुखी विस्फोट भएको हो। यसअघि गतवर्ष सोही स्थानमा भएको विस्फोटमा ५० जनाको मृत्यु भएको थियो।

पाँचपटकको विश्वविजेता ब्राजिललाई रोक्ने लक्ष्यमा दक्षिण कोरिया

स्टेडियम ९७४ मा सोमबार दक्षिण कोरियाविरुद्ध जित निकाल्दै ब्राजिल कीर्तिमानी छैटौँ विश्वकपको उपाधि होड कायम राख्न चाहन्छ। काेरिया भने ब्राजिललाई राेक्ने लक्ष्यमा छ।

भारतले महाकालीमा तटबन्ध बनाउन खोजेपछि दार्चुलामा ढुंगा हानाहान

भारतले दार्चुलास्थित महाकाली नदीमा नेपालतर्फ पानी पठाइ तटबन्ध बनाउन खोजेपछि दुवैपक्षबीच ढुंगा हानाहान भएको छ। 

निर्वाचनको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक बस्दै

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ।

नेयमार मैदान फर्किँदै

कतारमा जारी विश्वकप फुटबलकाे प्रि-क्वार्टरफाइनल अन्तर्गत् साेमबार दक्षिण कोरियाविरुद्धकाे खेलबाट ब्राजिलका स्टार फरवार्ड नेयमार मैदान फर्किने भएका छन्।

क्वार्टरफाइनलमा इङ्ल्यान्ड र फ्रान्स भिड्ने

कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा पूर्व विजेताहरू इङ्ल्यान्ड र फ्रान्स भिड्ने भएका छन्। 

फ्रान्स क्वार्टरफाइनलमा : एमबाप्पेले तोडे पेलेको कीर्तिमान

साविक विजेता फ्रान्स पाेल्यान्डलाई ३–१ गाेलअन्तरले पराजित गर्दै कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

कांग्रेसमा सिटौला समूहको अवसान!

१४ औँ महाधिवेशनबाट तितरबितर हुनथालेको कांग्रेसभित्रको सिटौला गुट यसपालिको निर्वाचनको नतिजासँगै अस्तित्वमा देखिने सम्भावना निकै कम रहेको कांग्रेस नेताहरू नै बताउँछन्।

माओवादी बटमलाइन : प्राथमिकतामा गठबन्धन, त्यसपछि अन्य विकल्प

माओवादीले सुध्रिने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा कार्यान्वयन गर्न नसक्दा जनाधार कमजोर हुँदै गएको नेताहरूको बुझाइ छ।

क्रिस्टोफरको अलराउन्डर प्रदर्शनमा नेपालमाथि स्कटल्यान्डको जित

स्कटल्यान्डसँग नेपाल ३ विकेटले पराजित भएको हो। नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ३२.१ ओभरमा ७ विकेट गुमाउँदै १४३ रन बनायो।

निर्वाचनपछि के गर्दैछन् रवि लामिछाने?

चितवन-२ बाट निर्वाचित रवि लामिछानेले खानेपानी, सडक निर्माणजस्ता काममा श्रमदान गरेका तस्वीर सामाजिक सञ्जालमा राखिरहँदा कतिपयले जिम्मेवारी भुलेर 'पपुलिस्ट' हुने बाटोमा हिँडेको भन्दै आलोचना गरेका छन्।

कृषि मन्त्रालय भन्छ– ४२ हजार मेट्रिक टन मल मौज्दात छ

सरकारसँग हाल ४२ हजार मेट्रिक टन भन्दा बढी रासायनिक मल मौज्दात कृषि मन्त्रालयले जनाएको छ। त्यस्तै पुषको पहिलो साता जीटुजीमार्फत् ३० हजार मेट्रिक टन मल भारतबाट ल्याइनेसमेत मन्त्रालयले जनाएको छ।

ग्यांगस्टर पक्रिन १० हजार सैनिक परिचालन

शहरमा फैलिएको ग्यांगस्टरको आतंक कम गर्न भन्दै मध्य अमेरिकी मुलुक एल साल्भाडोरमा सेना परिचालन गरिएको छ।

साफ यू-१९ पुरुष फुटबल प्रतियोगिता नेपालमा आयोजना हुने

प्रतियोगिता जुलाई १ देखि १३ सम्म आयोजना हुने साफले जनाएको छ।

अर्थतन्त्र जोगाउन माग गर्दै अर्थमन्त्रीलाई भेट्न पुगे व्यवसायी

उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले अर्थतन्त्रमा देखिएको विद्यमान समस्या समाधान गर्न नसकेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई समन्वयकारी भूमिका खेल्न आग्रह गरेको छ।

वर्तमान गठबन्धनको विकल्प सोचेका छैनौँ : माओवादी

माओवादी केन्द्रका महासचिव देव गुरुङले गठबन्धनको विकल्प नसोचेको बताएका छन्। उनले सरकार निर्माण तथा निर्वाचन समीक्षा भोलि बस्ने गठबन्धनको बैठकले गर्ने बताए।

'अन्तर्घाती'लाई कारबाही गर्न कांग्रेस अनुशासन समितिको निर्देशन

कांग्रेसको केन्द्रीय अनुशासन समितिले विज्ञप्ति जारी गर्दै चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो।

झिनो अंकले बढ्यो नेप्से

आइतबार १ अर्ब ५६ करोड १७ लाख रुपैयाँ बराबरका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।