प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भएको भेटवार्तामा सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा जाने सहमति भएको छ।
सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच सहमति कार्यान्वयनको अवस्थाबारे छलफल भएको छ।
पाँचौ विश्वकप खेलिरहेको मेस्सी विश्वकपमा दुई पेनाल्टी 'मिस' गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। उनले अहिलेसम्म ३१औँ पेनाल्टी मिस गरेका छन्।
गण्डकीले कर्णालीलाई १०९ रनले पराजित गरेको छ। गण्डकीले दिएको २३५ रनको लक्ष्य पछ्याएको कर्णाली ३० ओभरमा अलआउट हुँदै १२५ रनमा समेटियो।
गभर्नर महाप्रसाद अधिकारीले विनिमय सञ्चितिमा सुधार देखिएकाले मुलुकको अर्थतन्त्र सहज अवस्थामा पुगेको बताएका छन्।
अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा केही चुनौती देखिए पनि संकटमा भने नरहेको दाबी गरेका छन्।
बिहीबार कालिका कन्स्ट्रक्सनको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएपछि धनगढी बजार तनावग्रस्त बनेको छ।
वर्षमा विश्वभर करिब ६० वटा ज्वालामुखी विस्फोट हुने गर्छन्। तीमध्ये केही हानिकारक हुन्छन् भने केही विनाशकारीसमेत हुने गरेका छन्।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, आन्तरिक र भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि भएको बताए।
जर्मनी र कोस्टारिका विश्वकपको मञ्चमा भिड्न लागेको यो दोस्रोपटक हो। सन् २००६ को जर्मनी विश्वकपमा समूह ‘ए’ को पहिलो खेलमै जर्मनीले कोस्टारिकालाई ४-२ गोलअन्तरले पराजित गरेको थियो।
युक्रेनसँगको युद्धका क्रममा रुसले गरेको सम्भावित युद्ध अपराधको अनुसन्धान गर्न ईयूले अन्तर्राष्ट्रिय अदालतसामु माग राखेको छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
ब्राजिलका चर्चित पूर्वफुटबलर पेलेलाई नियमित जाँचका लागि अल्बर्ट आइन्स्टाइन अस्पताल भर्ना गरिएको छ।
पाेर्चुगलले समूह चरणको आफ्नो अन्तिम खेल शुक्रबार एशियाली राष्ट्र दक्षिण कोरियासँग खेल्दै छ। उक्त खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले खेल्नेमा शंका रहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।
अर्जेन्टिना र पोल्यान्ड कतार विश्वकप २०२२ को नकआउट चरणमा पुगेका छन्।
समूह ‘डी’ को अन्तिम खेलमा ट्युनिसियासँग १-० ले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ।
एशियाली राष्ट्र अस्ट्रेलिया १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको छ।
काठमाडौं महानगरका मेयर बालेन साहले तीन महिनाअघि भूमि आयोगसँग सम्झौता गरेर सुकुमबासी र भूमिहीनको समस्या समाधान गर्ने वाचा गरेका थिए। तर, त्यसलाई उल्लंघन गर्दै उनले सुकुम्वासी बस्तीमा डोजर पठाए।
काठमाडौं महानगरका मेयर बालेन साहले तीन महिनाअघि भूमि आयोगसँग सम्झौता गरेर सुकुमबासी र भूमिहीनको समस्या समाधान गर्ने वाचा गरेका थिए। तर, त्यसलाई उल्लंघन गर्दै उनले सुकुम्वासी बस्तीमा डोजर पठाए।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले रूसको रोक्का सम्पत्ति जफत गर्दा प्राप्त हुने रकम युक्रेनमा भएको क्षतिको पूर्तिका लागि पठाइने बताइन्।