AnonymousUser

Logout

निर्वाचनको परिणामले दलहरूमाथि नै प्रश्‍न उठ्यो : राष्ट्रियसभा अध्यक्ष

अध्यक्ष तिमिल्सिनाले सचेत समुदायले दलहरूलाई सच्याउन सके मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास, निर्माणका कामले गति लिने बताए।

उकेरा डटकमको साइटमा अनधिकृत प्रवेश, समाचार हटाइएको दाबी

प्रधानसम्पादक केपी ढुंगानाले सीएमएसमा अनधिकृत प्रवेश गरी रास्वपाका सभापति रवि लामिछाने, उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन र काठमाडौँ महानगरका मेयर बालेन साहसँग सम्बन्धित समाचार हटाएको बताए।

चुनावको समीक्षा र सत्ता समीकरणबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा र सम्भावित सत्ता समीकरणबारे छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ।

उकालोकर्मी साखकर्मीसहित तीन पत्रकारकाे डकुमेन्ट्रीलाई ‘क्लाइमेट चेन्ज वारियर’ अवार्ड

उकालोकर्मी सुनीता साखकर्मी, पत्रकार लक्ष्मी बस्नेत र फोटोपत्रकार श्रुति श्रेष्ठले बनाएका तीनवटा डकुमेन्ट्रीले ‘क्लाइमेट चेन्ज वारियर’ अवार्ड जितेका छन्।

अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नु सबैको दायित्व हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। 

धनुषामा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु

सुनसरीको इटहरीबाट जन्ती लिएर महोत्तरीतर्फ गइरहेको जीप पूर्वपश्चिम राजमार्गको वीरेन्द्रबजारमा दुर्घटना हुँदा मृत्यु भएकाे छ।

मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

आठबीसकोट नगरपालिका–१२ झिनचौरस्थित कर्णाली वेभरेज र किसानबीच किवी प्रतिकिलो १२५ मा खरिदबिक्री गर्ने सम्झौता भएको छ।

ब्राजिललाई हराए पनि क्यामरुन बाहिरियो

समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग १–० को हार बेहोरे पनि ब्राजिल समूह विजेताका रूपमा नकआउट प्रवेश गरेको छ।

उरुग्वे चौथो पटक समूह चरण पार गर्न असफल

अफ्रिकी राष्ट्र घानालाई २–० ले पराजित गरेपनि दुई पटकको विजेता उरुग्वे विश्वकपको समूह चरणबाटै घर फर्किएको छ। 

पाेर्चुगललाई हराउदै दक्षिण कोरिया विश्वकपको अन्तिम १६ मा

पाेर्चुगलविरुद्ध पुनरागमन जित निकाल्दै एसियाली राष्ट्र दक्षिण कोरिया कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।

शंकास्पद कारोबारको विवरण ३/३ महिनामा राष्ट्र बैंकलाई बुझाउनुपर्ने

बैंक तथा वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको पहिचान भएको तीन महिनाभित्रमा राष्ट्र बैंकको सुपरिवेक्षण विभाग तथा वित्तीय जानकारी एकाइमा त्यसको विवरण पेश गरिसक्नुपर्नेछ।

विश्वभर एचआईभी संक्रमितको संख्या ३८ लाख नाघ्यो

पछिल्लो ४० वर्षयता ८४ लाख २० हजार मानिसमा एचआईभी र एड्स लागेको छ भने ४० लाख १० हजार मानिसको मृत्यु भएको छ।

ब्राभोले चेन्नईको बलिङ 'डिपार्ट' सम्हाल्ने

चेन्नईको बलिङ प्रशिक्षक बालाजीले व्यक्तिगत कारण देखाउँदै एक वर्षका लागि ब्रेक लिएका छन्। उनको स्थानमा ब्राभोले चेन्नईको टिमलाई बलिङ प्रशिक्षण दिने छन्।

पशुपतिमा बलजफ्ती : ८२ वर्ष पुरानो धर्मशालामा डोजर चलाउने अनधिकृत प्रयास

राणाकालमै बनेको र तत्कालीन काठमाडौँ नगरपालिकाबाट नक्सापास भएको गौशाला/धर्मशालामा डोजर चलाउने प्रयास गर्ने पशुपति विकास कोषका सदस्य-सचिव मिलन थापालाई पर्यटन मन्त्रालयले स्पष्टीकरणसमेत सोधेको छ।

रूस–युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग भेट्न तयार छु: बाइडेन

फ्रान्सका राष्ट्रपति म्याक्रोँले दबाबपूर्ण सम्झौताका लागि युक्रेनलाई कहिल्यै आग्रह नगर्ने विषयमा आफू र बाइडेनबीच सहमति भएको बताएका छन्।

आलोचकलाई पाखा लगाएर एमालेमा सर्वेसर्वा बनेका ओली

आफ्नो समूहका नेता–कार्यकर्तालाई संरक्षण गर्ने र आलोचकलाई ‘जसरी पनि’ ठेगान लगाउने ओली सामूहिक नेतृत्व प्रणालीलाई एकल नेतृत्वमा रूपान्तरण गरेर एमालेमा सर्वेसर्वा बनेका हुन्।

सुदूरपश्चिम यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा

शुक्रबार सम्पन्न खेलमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिम अपराजित रहँदै फाइनलमा पुगेको छ।

गल्ती कमजोरी बिर्सेर सबै दलसँग संवाद गर्छौं : सुवास नेम्वाङ

सुवास नेम्वाङले हालको राजनीतिलाई सुझबुझपूर्ण ढंगबाट अघि लैजान जिम्मेवारीपूर्वक सबैसँग छलफल र सल्लाह गर्ने बताएका छन्।

ज्ञानेन्द्रको अर्धशतकमा नेपालले नामिबियालाई दियो १९८ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रन बनाएको छ।

सुकुमबासीबारे भूमि आयोग र काठमाडौँ महानगरबीच 'जुहारी'

काठमाडौँमा अव्यवस्थित रूपमा बसोबास गरेकाहरूलाई हटाउन विषयलाई लिएर काठमाडौँ महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच टकराब बढेको छ।