प्रतिनिधिसभा निर्वाचनको पूर्ण नतिजा आउन अझैँ केही समय लाग्ने भएपनि सम्भावित नयाँ सत्तासमीकरणलाई लिएर छिमेकी राष्ट्रहरूको चासो बढ्न थालेको छ।
काठमाडौँ महानगरपालिका थापाथलीस्थित सुकुमबासी बस्ती हटाउन पुग्दा त्यहाँ आश्रयस्थल बनाएर बसिरहेका सुकुम्वासीहरूले प्रतिकार गरेका छन्। उनीहरूले मेयर बालेन शाहविरुद्ध नाराबाजी समेत गरेका थिए।
एमसीए–नेपालले एमसीसी परियोजना अघि बढाएको छ। एमसीएले परियोजनाअन्तर्गत निर्माण हुने प्रसारण लाइनको निर्माणका लागि ठेक्का आव्हान गरेको छ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सार्वजनिक गरेको तथ्यांकमा निर्वाचनको समयमा दल तथा उम्मेदवारले बालबालिका तथा विद्यालयको प्रयोग गरेको देखिएको छ।
चीनमा बढ्दो कोरोना संक्रमणका बीच कोभिडविरुद्धको सरकारी नीतिको तीव्र विरोध भएको छ। जनताले कोभिडविरुद्ध सरकारले अघि सारेको नीति अस्पष्ट रहेको भन्दै विरोध गरिरहेका छन्।
सोमबारको खेलमा ब्राजिलले नेयमारको स्थानमा अर्का युवा फरवार्ड ग्याब्रियल मार्टिनेलीलाई मैदानमा उतार्ने तयारी गरेको छ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत्काे आन्तरिक खपत बढाउन मधेशका विभिन्न जिल्लामा प्रसारण लाइन बनाउने भएको छ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
फिफा विश्वकप फुटबलमा सोमबार समूह ‘जी’ र समूह ‘एच’ का दुई–दुई खेल हुँदैछन्।
उत्तर अमेरिकी टोली क्यानडा क्राेएसियासँग फराकिलाे हार बेहाेरेसँगै एक खेल अगावै कतार विश्वकप २०२२ बाट बाहिरिएको छ।
रोजगार अनुमति प्रणाली (इपीइस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ।
अग्रता जोगाउन नसक्दा स्पेनले कतार विश्वकप अन्तर्गत समूह ई को खेलमा जर्मनीसँग अंक बाँडेको छ। अल बेयत रंगशालामा आइतबार राति सम्पन्न खेलमा जर्मनीसँग स्पेन १-१ गोलको बराबरीमा रोकिएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बालकोटस्थित निवासमै भेटेर कांग्रेस नेता प्रकाशमान सिंहले संवाद गरेका छन्।आमनिर्वाचनको पूर्ण नतिजा सार्वजनिक भइनसक्दै भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ।
भूकम्पले ६२ हजारभन्दा बढी घरमा क्षति पुगेको र ७३ हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन्।
लघुबीमा सञ्चालका लागि ३१ आवेदन परेकोमा प्राधिकरणले तीनवटा जीवन बीमा र चारवटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको छ।
मोरक्कोले बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको छ। मोरक्कोको जितमा अब्देलहामिद साबिरी र जाकारिया अबोउखलालले १/१ गोल गरे।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूको औसत ब्याजदर अन्तर ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर ४.६ प्रतिशत कायम गर्ने निर्णय गरेको छ।
सुदूरपश्चिमले गण्डकीलाई ११३ रनको फराकिलो अन्तरले पराजित गर्दै जारी प्रतियोगितामा तेस्रो जित हात पारेको छ।
मधेश राजनीतिमा लामो समयदेखि आधिपत्य जमाएका उपेन्द्र यादवको पराजयसँगै उनकै क्षेत्रबाट जित हासिल गरेका सीके राउत र जनमत पार्टीका लागि राजनीतिको नयाँ बाटो खुलेको छ।
कोस्टारिकाले एशियाली राष्ट्र जापानमाथि १-० को जित निकालेको छ। जितसँगै कोस्टरिकाले नकआउट चरण प्रवेशको सम्भावना जीवित राखेको छ