यसअघि विश्वकै धनी व्यक्तिका रूपमा रहेका एलन मस्क दोस्रो स्थानमा पुगेका छन् भने तेस्रो स्थानमा भारतका गौतम अडानी रहेका छन्।
कांग्रेस नेता पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई संसदीय दलको नेता चयनका लागि सघाउन आग्रह गरेका छन्।
सरकारले कतिपय वस्तु आयातमा लगाएको प्रतिबन्धका कारण तेस्रो मुलुकबाट आउने सामान घट्दा व्यापार लागतसँगै बजार भाउ पनि बढेको व्यापारीहरू बताउँछन्।
मेलम्चीकाे पानी वितरणका लागी बनाइएका १० मध्ये आठ वटामा पानी पुगिसकेको छ। बाँकी दुईवटामा चार दिनभित्र पुग्ने केयूकेएलले जनाएकाे छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी महासचिव देवप्रसाद गुरूङबीच भएकाे भेटमा के कुराकानी भयाे भन्ने बाहिर आएको छैन।
संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले अवकाश हुन नाै महिना बाँकी छदै पदबाट राजीनामा दिएका छन्।
नारायणगढ–मुग्लिन सडकखण्डमा १५ पुल बनिरहेका छन्। त्यसलाई तीव्रता दिन पुस पाँचदेखि दिउँसो सडक बन्द गरी काम गर्ने तयारी रहेकाे आयोजनाले जनाएकाे छ।
कैलालीसहित पश्चिम तराईमा शीतलहर शुरू भएको छ। हुस्सु र शीतलहरका कारण सडकमा गाडी र मानिसको आवतजावत पातलिएको छ।
मोरक्काेका मुख्य प्रशिक्षक वालिद रेग्रागुईले कुनै समय ओलिभर जिरूउडसँगै फ्रान्सकाे क्लबबाट खेलेका थिए। बुधबार जिरूउड मोरक्कोविरुद्ध खेलिरहँदा रेग्रागुई ‘टचलाइन’ सम्हालिरहेका हुनेछन्।
दमक नगरपालिका र रेडक्रसले सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेका छन्।
बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किंदै गरेको बस मंगलबार साँझ चलाल गणेस्थानमा दुर्घटना हुँदा १७ जनाकाे मृत्यु भएकाे छ। जसमध्ये चार जनाकाे अझै परिचय खुलेकाे छैन।
कतार विश्वकपकाे दाेस्राे सेमीफाइनलमा फ्रान्स र माेरक्काे भिड्दै छन्। अफ्रिकन टोली मोरक्को पहिलोपटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेकाे हाे।
कप्तान लियोनल मेसी र फर्वार्ड जुलियन अल्भारेजले उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिना विश्वकपकाे फाइनलमा पुगेकाे छ।
‘राजनीतिक सहमति’का नाममा जघन्य अपराधमा संलग्नहरूलाई पनि उन्मुक्ति दिन सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति कार्यालयले ‘होल्ड’ गरेर राख्ला या जारी गर्ला भन्नेमा सबैतिर कौतूहल देखिन्छ।
गृहमन्त्री खाँणले घाइतेको उपचारका लागि अस्पतालसम्म पुर्याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएका छन्।
काभ्रेको बेथानचोकमा भएको बस दुर्घटनामा मृतकको संख्या १७ पुगेको छ भने २२ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले दुर्घटनामा १३ जनाको मृत्यु भएको बताए।
२०७२ सालको मधेश आन्दोलनबारे छानबिन गर्न गठित उच्चस्तरीय लाल आयोगले आन्दोलनमा भएका जघन्य अपराधदेखि त्यसका दोषीसम्मलाई लिपिबद्ध गरेको छ। तर, अहिलेसम्म प्रतिवेदन नै सार्वजनिक नहुँदा ती सबै ‘बेवारिस’ छन्।
‘ट्रस्ट एन्ड सेफ्टी काउन्सिल’का प्रतिनिधिहरूले बैठक बस्ने तयारी गरिरहेकै बेला काउन्सिल नै भंग भएको सूचना इमेलमार्फत पठाइएको थियो।
नेता खनालले पुनः मतदानको माग गर्दै निर्वाचन आयोग, इलामका मुख्य निर्वाचन अधिकृत, संघीय संसद् सचिवालय लगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन्।