AnonymousUser

Logout

आममाफी दिने अध्यादेश खारेज गर्न नेपाल प्रहरीका १३ पूर्वआईजीपीको माग‍

नेपाल प्रहरीका १३ पूर्वआईजीपीहरूले अध्यादेशले बहालवाला तथा पूर्वसुरक्षाकर्मी र उनीहरूका परिवारलाई हतोत्साहित र निराश बनाएको बताएका छन्।

सत्ता गठबन्धनमै रहने लोसपाको निर्णय

अध्यक्ष महन्थ ठाकुरले लोसपाका शीर्ष नेताहरूको बैठकले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुनेबारे समान धारणा बनाएको बताएका छन्।

सरकारको विरोध गरेको भन्दै इरानमा १ जनालाई सार्वजनिक रूपमा दिइयो मृत्युदण्ड

हालैका दिनमा सरकार विरोधी गतिविधिमा संलग्न भएको भन्दै इरानले मृत्युदण्ड दिएको यो दोस्रो घटना हो।

नयाँ पार्टी खोल्ने छलफलमा प्रभु साह र अमरेश सिंह

प्रभु साह र अमरेश सिंह मिलेर नयाँ पार्टी खोल्ने विषयमा छलफल थालेका छन्।

संसद् सचिवालयका कर्मचारीको सेवा-सुविधा बढाउने अवस्था छैन : राष्ट्रियसभा अध्यक्ष

अध्यक्ष तिमिल्सिनाले संसद्को कामकारबाहीबारे वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढनुपर्ने बताएका छन्।

नेप्सेसँगै कारोबार रकम पनि घट्यो

 मंगलबार ७७ करोड ७० लाख ८९ हजार रुपैयाँबराबरका २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

पुसमा निक्षेपको ब्याजदर यथावत् रहने

६ महिनापछि गत असोजमा बैंकहरूले औसत १० प्रतिशतका दरले निक्षेपको ब्याजदर बढाएका थिए।

यसरी चुनिन्छन् प्रधानमन्त्री र सभामुख

प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने छन्।

ऐन, नियम बनाउँदा दलहरू विभाजित बन्नु हुँदैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ऐन, नियम बनाउने कुरामा विभाजित हुन नहुने बताएका छन्। उनले संसद्‌मा रहेका दलहरू नीति निर्माणका लागि एकठाउँ उभिनु आवश्यक भएको बताए।

नारायणगढ–मुग्लिन सडकमा दैनिक ४ घण्टा सवारी आवागमन रोकिने

काठमाडौँ तर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०ः५५ बजे रोकिने भएको छ।

संघीयता कार्यान्वयनमा गर्व गर्न लायक काम गर्‍यौँ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयता कार्यान्वयनमा गर्व गर्न लायक काम गरेको दाबी गरेका छन्। उनले विकास निर्माणका साथै प्रदेश राजधानी सार्नुलाई आफ्ना उपलब्धि भएको बताए।

दुर्घटना न्यूनीकरणका लागि सवारी साधनको यान्त्रिक परीक्षण गरिँदै

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारीसाधनको यन्त्रिक परीक्षण थालेको छ। सवारीसाधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलोपटक यान्त्रिक परीक्षण थालेको हो।

ओझेलमा बागलुङको ‘खिउ बराह ताल’

पूर्वाधार र प्रचारप्रसारकाे अभावमा बागलुङको ताराखोला गाउँपालिका–३ स्थित ‘खिउ बराह ताल’ ओझेलमा परेकाे छ। तालबाट दर्जन बढी हिमश्रृ‌खला देख्न सकिन्छ।

सुनको मूल्य ताेलाकाे एक लाख रुपैयाँ

नेपाली बजारमा मंगलबार छापावाल सुन प्रतिताेला एक लाख र तेजाबी सुन ९९ हजार ५०० मा काराेबार भइरहेकाे छ।

सञ्चालन भएको दुई दशकपछि हिले–खाल्सा सडक कालोपत्रे

धनकुटा सहिदभूमिको खाल्सा क्षेत्रमा २०५८ सालदेखि सञ्चालनमा आएको सडककाे १० किमी कालाेपत्रे गर्ने कार्य ७० प्रतिशत सकिएकाे छ।

विराटनगरलाई डुबानमुक्त बनाउन एडीबीले थाल्यो अध्ययन 

विराटनगर महानगरपालिकाले डुबानकाे दीर्घकालीन समाधान खाेज्न एसियाली विकास बैंकसँग सहकार्य गरेर सम्भाव्यता अध्ययन थालेकाे छ।

भूमि आयोगले बुधबारदेखि लगत संकलन पुनः सुचारु गर्ने 

राष्ट्रिय भूमि आयोगले जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणका लागि दोस्रो पटक लगत संकलन गर्न लागेको सूचनामा उल्लेख छ।

जाजरकोट दुर्घटना : एकै वडाका आठसहित १२ जनाको मृत्यु

जाजरकोटको छेडागाड नगरपालिका–४ भल्कुवाबाट विवाहका पाहुना लिएर फर्कदै गरेको जिप दुर्घटना हुँदा एकै वडाका आठसहित १२ जनाको मृत्यु भएको छ।

खोटाङ अस्पतालकाे एक्स–रे  सेवा ३ दिनदेखि ठप्प

खाेटाङ जिल्ला अस्पतालले एक्स–रे सेवाका दुवै कर्मचारीलाई एकैपटक बिदा दिएपछि उक्त सेवा तीन दिनदेखि ठप्प छ।

टीकापुरजस्तै हत्याकाण्ड, तर कसरी ‘उन्मुक्ति’ पाए लक्ष्मी महतोले?

महोत्तरी–१ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरी सशस्त्र प्रहरीका घाइते असईलाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको घटनाका ‘फरार अभियुक्त’ हुन्। काठमाडौँ आउजाउ गरिरहने उनी पक्राउ भने पर्दैनन्।