AnonymousUser

Logout

वन्यजन्तुका लागि बालेन शाहले बनाएको असफल ओभरपास डिजाइन

गएको वैशाखमा काठमाडौँ महानगर प्रमुखमा निर्वाचित बालेन शाहले तीन वर्षअघि बनाएको हुलाकी राजमार्गमा वन्यजन्तु ओहोरदोहोर गराउने ओभरपासको डिजाइन अनुपयुक्त भएको भन्दै संरक्षणकर्ताले विरोध गरेका थिए।

क्यानले स्वीकृत गर्‍यो मुख्य प्रशिक्षक मनोज प्रभाकरको राजीनामा

पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले गत साउनमा भारतीय नागरिक प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।

देशभर चिसो बढ्यो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओढ्न मन्त्रालयले आग्रह गरेको छ।

काठमाडौँ उपत्यकामा मेट्रो चलाउनुपर्छ : चिरिबाबु महर्जन

ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले उपत्यकामा मेट्रो चलाउनका निम्ति काठमाडौँ महानगरपालिकासँग आफूहरू सहकार्य गर्न तयार रहेको बताएका छन्।

सभामुख बन्न अर्जुननरसिंह केसीको दौडधुप!

निर्वाचनपछि मतगणना सम्पन्न भई देश नयाँ सरकार गठनको संघारमा रहेको बेला अर्जुननरसिंह केसीले प्रतिपक्षी लगायत सत्तारूढ दलका शीर्ष नेताहरूसँग भेटवार्ता तीव्र पारेका छन्।

ताइवानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। साे भूकम्पबाट भएकाे क्षतिकाे विवरण प्राप्त भएकाे छैन।

पाल्पामा कालीगण्डकी करिडोर निर्माण शुरू 

सार्वजनिक जग्गाका विषयमा स्थानीयसँग विवाद भएपछि तीन वर्षदेखि राेकिएकाे कालिगण्डकी करिडाेर निर्माण अघि बढेकाे छ।

खाद्यलाई धान बेच्न रातभर खुला आकाशमुनि

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्न थालेपछि कैलालीका खरिद केन्द्रमा अत्यधिक भीड छ। किसानहरू दुई दिनसम्म लाइन लागेर धान बेच्न बाध्य छन्।

नियमित सेवाप्रवाह रोकेर दिवस मनाउँदै काठमाडौँ महानगर

काठमाडौँ महानगरपालिकाले बिहीबार आफ्ना सबै सेवाप्रवाह बन्द गरेर महानगर दिवस मनाउँदै छ।

१३ निर्माण कम्पनी र आपूर्तिकर्ता कालो सूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण अलपत्र पार्ने र आपूर्ति गर्न नसक्ने १३ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखेको छ।

विश्वकप फुटबलको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने

फिफा विश्वकप फुटबल २०२२ काे उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स फाइनल पुगेकाे हाे।

वाणिज्य बैंकले चैतदेखि स्प्रेडदर ४.२ प्रतिशत कायम गर्नुपर्ने

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तरको सीमा घटाएको थियो।

देशको नेतृत्व गर्ने अवसर पाए आउँदो पिँढीले सम्झने काम गर्छु : प्रचण्ड

अध्यक्ष दाहालले आफूलाई देशको नेतृत्व गर्ने अवसर प्राप्त भए पहिलो प्रथामिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेतर्फ केन्द्रित हुने बताएका छन्।

के अहिले सेयरमा लगानीको उचित समय हो?

बैंकिङ क्षेत्रमा तरलता सहज हुँदा पनि तत्काल ब्याजदर नबढ्ने भएको छ, यस्तो अवस्थामा सेयर बजारमा उत्साह देखिनुपर्नेमा अहिले बजार स्थिर देखिएको सेयर जानकारहरू बताउँछन्।

कंगोमा बाढी र पहिरोमा परी १२० जनाको मृत्यु

विपद्पछि सरकारले तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ। बाढीमा बेपत्ता भएकाहरूको खोजी र उद्धार कार्य जारी छ। जलवायु परिवर्तनका कारण कंगोमा आकस्मिक बाढीको जोखिम बढिरहेको बताइएको छ।

रेशम चौधरीलाई छुटाउन ल्याइएको अध्यादेश प्रमाणीकरण गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

रेशम चौधरीलगायत टीकापुर घटनामा सजाय भोगिरहेकाहरूलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै थारू समुदायले माइतीघरमा प्रदर्शन गरेको छ।

'विशिष्ट अधिकृत'को स्वार्थले निजामती सेवा ऐन रोकिएको राष्ट्रियसभा अध्यक्षको भनाइ

अध्यक्ष तिमिल्सिनाले छाता ऐन भनेर प्रचार गरी अघि बढ्दा संघीय निजामती ऐन प्रभावकारी बन्न नसक्ने बताएका छन्।

न्युजिल्यान्डले लगायो चुरोट खरिदमा आजीवन प्रतिबन्ध

नयाँ कानूनले चुरोट बेच्न अनुमति दिने खुद्रा बिक्रेताको संख्या पनि ६ हजारबाट घटाएर ६ सय पुर्‍याएको छ भने सुर्तीमा निकोटिनको मात्रा पनि उल्लेख्य रूपमा घटाएको छ।

पुसमा तरलताको अभाव झनै बढ्छः गभर्नर अधिकारी

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक निजी क्षेत्रसँग खुला छलफल र सहकार्य गर्न तयार रहेको बताएका छन्।

रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट, प्रारम्भिक सुनुवाइ पुस ६ मा

रास्वपा सभापति लामिछानेको नागरिकता विवादलाई लिएर उनको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।