कांग्रेसमा संसदीय दलको नेता चयनको विषय चर्चामा रहेका बेला सभापति शेरबहादुर देउवाले बालुवाटारमा सांसद भेला गर्न लागेका छन्।
भौगोलिक विकटता र पानीका मुहान सुक्दै गएकाले बागलुङको खेतियोग्य जमिनमध्ये ८० प्रतिशत भागमा सिँचाइ सुविधा पुग्न सकेको छैन।
शनिबार प्रदेश–१, बागमती र गण्डकीका पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ।
विश्वकपको सेमिफाइनलमा क्रोएसिया अर्जेन्टिनासँग र मोरक्को फ्रान्ससँग पराजित भएका हुन्।
चितवन गार्डेन रिसोर्टमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि ३ लाख जरिबाना गर्न अनुगमन समितिले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरिएको छ।
आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्यमा ३/३ रुपैयाँका दरले घटेको छ भने एलपी ग्यासको मूल्य यथावत् राखेको छ।
मस्कले आधिकारिक ट्विटर ह्यान्डलमा डक्सिङमा संलग्न एकाउन्टहरू, विशेष गरी वास्तविक समय स्थानहरूका सार्वजनिक रूपमा पहिचान–सम्बन्धित जानकारी पोस्ट गर्ने प्रयोगकर्तालाई दण्डित गरिने बताएका छन्।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु तथा २१ जना घाइते भए। मृत्यु हुने अधिकांश नातागोताकै हुन्। रिजर्ब गरिएको बस कसरी परेको थियो दुर्घटनामा?
धान काट्नेबित्तिकै किन्दा त्यसको चिस्यान बढी हुने र तौल पनि बढी हुने तर गुणस्तर भने नपुग्ने भएका कारण ढिलो गरी धान किन्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ।
जग्गा लेनदेनको रकम तिर्नुपर्ने फैसला अनादर गरेपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीलाई जेल पठाउन जिल्ला अदालत मकवानपुरले दिएको आदेश सर्वोच्च अदालतले दुई वर्षअघि नै सदर गरेको थियो।
संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुनेमा माओवादीभित्र एकमत रहेको मुख्यसचिव श्रीराम ढकालले बताए।
टोखामा उत्पादन भएको चाकुको नारायणघाट, पोखरा, बुटवल, विराटनगरसहितका शहर र नेपालबाहिर जापान, अस्ट्रेलिया लगायतका देशमा माग छ।
महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउनु राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने बताएका छन्।
सञ्चालक समितिमा रहेकै बेला एकाघर परिवारका सदस्यको नाममा रहेको सेयर किनबेच गरेको भेटिएपछि ज्ञानेन्द्रलाल प्रधान र गुरुप्रसाद न्यौपानेविरुद्ध सेबोनले कारबाही प्रक्रिया अघि बढाएको छ।
संघीय सरकारले आवश्यक बजेटको व्यवस्था गर्न नसक्दा दिगो विकास लक्ष्य हासिल हुनेगरी शिक्षाक्षेत्रको विकासमा काम गर्न कठिनाइ भइरहेको जनप्रतिनिधिले गुनासो गरेका छन्।
मलेसियाको सेलाङ्गोर राज्यमा गएको पहिरोमा परी १६ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन्। ७० जनाको उद्धार गरिएको अग्नि तथा उद्धार विभागले जनाएको छ।
नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ शुरू भएको छ। अभ्यासमा विपद् व्यवस्थापन, उपचार, प्रतिविद्रोह तथा प्रतिआतंकवादजस्ता विषय समावेश हुनेछन्।
संवैधानिक निकायका पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगाडि नै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने संवैधानिक परिषद्का सदस्यकै टुंगो नलाग्दा सर्वोच्चमा नयाँ प्रधानन्यायाधीश आउन ढिला हुने भएको छ।
धनुषाको छेडीपोखरीमा २००७ सालअगावै जंगल फडानी शुरू भएको थियो। फडानी नरोकिएपछि बस्ती उजाड मात्रै भएको छैन। स्थानीय विस्थापित नै भएका छन्।
संयुक्त राष्ट्रसंघले २०१९ पुस १ गते नेपालको राष्ट्रिय झण्डालाई अंगीकृत गरेको थियो। सोही दिनलाई राष्ट्रिय झण्डा दिवसका रूपमा मनाउने गरिएको छ।