राहदानी विभागको अनलाइन फारम साइबरहरूबाट भरेको एक महिनापछि बल्ल प्रक्रिया थाल्ने पालो आउँछ। यही झन्झटिलो प्रणालीको फाइदा उठाएर बिचौलियाले राहदानी बनाउने सेवाग्राहीलाई फन्दामा पार्ने गरेका छन्।
मंगलबार नाका खुलेसँगै नेपालबाट ५० लाख ७० हजार रुपैयाँ मूल्य बराबरको बाँसको मुढा, तामाका भाँडाजस्ता वस्तु चीनतर्फ निर्यात भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ।
प्राधिकरणले देशभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गर्दै आएको छ।
ताइवानकी राष्ट्रपति साईले बेइजिङबाट हुनसक्ने सम्भावित आक्रमणलाई मध्यनजर गर्दै ताइवानको सुरक्षा प्रणाली बलियो पार्न सैन्य सेवाको अवधि लम्बाउने निर्णय गरेको बताइन्।
संघीयता नै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आऊ भन्ने राप्रपा लगायतका राजनीतिक दल रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने मीन विश्वकर्माको टिप्पणी छ।
सरकारमा जाने विषयमा संसदीय दल र केन्द्रीय समितिको बैठकमा छलफल भए पनि निर्णय गर्ने अधिकार रवि लामिछानेले लिएका थिए। उनी गृहमन्त्री बन्ने सुनिश्चित हुँदासमेत सांसद र केन्द्रीय सदस्यलाई जानकारी थिएन।
टोलीले ढाकामा २०२३ फेब्रुअरी ३ देखि ९ सम्म हुने साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा भाग लिनेछ।
संघीय संसद्का महासचिव गौतमले अख्तियारको पत्रका आधारमा सांसद गुरुङ भ्रष्टाचार निवारण ऐन २०७५ को दफा ३३ बमोजिम स्वतः निलम्बनमा परेको जानकारी दिए।
अस्ट्रेलियाली ब्याट्सम्यान डेभिड वार्नरले १००औँ टेस्ट खेल्दै २५४ बलमा १६ चौका र २ छक्का प्रहार गर्दै २०० रन बनाएका छन्।
मंगलबार सेयर बजार परिसूचक नेप्से ५९.८७ अंकले बढेर १ हजार ९ सय ८३.९५ अंकमा पुगेको छ।
चीनले आगामी वर्ष जनवरीदेखि कोभिडका लागि तय भएका स्वास्थ्य मापदण्डहरू खुकुलो पार्दै क्वारेन्टिन नियम हटाउने भएको छ।
सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रलाई उच्च मनोबल बनाएर काम गर्न आग्रह गर्दै सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली कांग्रेसले निर्वाचनको समीक्षा र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
१८ महिनादेखि पीएसजीसँग आबद्ध रहेका स्टार फरवार्ड लिओनल मेस्सी २०२४ सम्म सोही क्लबमा रहने भएका छन्।
गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीलाई नियमविपरीत राखिएका निजी सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन दिएको छ।
गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादमा दर्ता भएको मुद्दा सुनुवाइका लागि सर्वाेच्च अदालतले पुस २२ गतेका लागि पेशी तोकेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेललाई सिफारिस गरेका छन्। उनलाई राष्ट्रपतिले आजै शपथ गराउने कार्यक्रम छ।
अर्थमन्त्रीका रूपमा अन्तिम दिन सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर शर्माले १७ महिना उपलब्धिमूलक रहेको दाबी गरे पनि उनी पाँचवटा यस्ता विवादमा फसे, जसले उनलाई आगामी दिनमा पनि पछ्याइरहने छन्।
हेफर इन्टरनेशनलको पहलमा नेपाल ल्याइएका शुद्ध नस्लका ६३ वटा गाई र बहर सिन्धुलीका किसानलाई हस्तान्तरण गरिएको छ।