संसदीय दलको नेतामा कँडेलसँगै दैलेख क्षेत्र २ (२)बाट निर्वाचित प्रदेशसभा सदस्य एवं एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको दाबी थियो।
अमेरिकी सर्वोच्च अदालतले सीमासम्बन्धी विवादास्पद नीति ‘टाइटल ४२’लाई निरन्तर्ता दिने आदेश दिएको छ। पाँचमध्ये चार जना न्यायाधीशले नीतिलाई तत्कालका लागि निरन्तरता दिने पक्षमा मत दिएका छन्।
पोखरा रंगशालामा सम्पन्न खेलमा कासेरेन्योले गण्डकी ११ लाई ३-० गोलअन्तरले पराजित गरेको छ।
नगर प्रहरीमा कार्यरत महिला कर्मचारीलाई सुत्केरी अवस्थामा मानसिक यातना दिएको आरोपमा मुछिएका काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई महानगरले उजुरी आएपछि पनि पदक दिएको खुलेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार बेलुका बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सरेका छन्।
वैदेशिक रोजगारीमा गएकाले व्यक्तिगत प्रयोगका लागि ल्याएका मोबाइलको एमडीएमएस प्रक्रिया आफैँले पूरा गर्नुपर्ने प्रावधान व्यवहारिक नभएको भन्दै विदेशमा बसेकाहरूले गुनासो गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपतिले डा. दिनमणि पोखरेलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
नेपाल टी-२० लिगमा हुसेन टलटको अर्धशतकमा विराटनगर सुपर किंग्सले पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकालेको छ।
गृहमन्त्री रवि लामिछानेले बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेर अवस्थाबारे निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ।
संघीय सरकारका लागि नयाँ गठबन्धन बनेसँगै प्रदेशमा पनि यही गठबन्धनको सरकार बन्ने निश्चित छ। जसमध्ये चार प्रदेशमा एमाले, दुईमा माओवादी केन्द्र र एउटामा जसपा वा जनमतको नेतृत्वमा सरकार बन्ने सम्भावना छ।
इरानमा चलिरहेको हिजाबविरोधी आन्दोलनको समर्थनमा इरानी चेस खेलाडी सारा खादेम हेडस्कर्फ नलगाई अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा सहभागी भएकी छन्।
पानी नपर्दा काठमाडौँसहित सबैजसो ठाउँमा सुक्खापन बढेको छ। जसका कारणले आगलागीका घटना पनि बढ्न थालेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पूर्वका उद्योगी–व्यवसायीले राखेका मागमा अर्थमन्त्री सकारात्मक रहेको बताए।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको बुधबारको बैठकले शर्मालाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे पार्टीभित्र सल्लाह तथा सुझाव लिन थालेका छन्।
दुई हप्ताअघि तालिबान सरकारका शिक्षामन्त्रीले महिला तथा किशोरीलाई विश्वविद्यालय जान रोक लगाउने निर्णय गरेको बताएका थिए। उक्त निर्णयको सबैतिर विरोध भइरहेको छ।
सांसदले स्वदेशभित्र भ्रमण गर्नुपरेमा दैनिक भ्रमण–भत्ताबापत २ हजार ५०० रुपैयाँ पाउँछन् भने विदेश भ्रमण गर्नुपरे प्रतिदिन २२५ डलर पाउने छन्।
रास्वपाका प्रवक्ता मुकुल ढकालले सत्तागठबन्धनको बैठकमा थप पाँच मन्त्रालयसँगै उपसभामुखमा पनि दाबी गर्ने बताए।
तीन दशक पुरानो तेक्वान्दो संघ सक्रिय हुँदाहुँदै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको दबाबमा राखेपले तेक्वान्दो युनियन दर्ता गरेको थियो। त्यसको ११ वर्षपछि ‘विवाद मिलाउन’ दुवै संघ खारेज गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच नवगठित सरकारलाई बलियो बनाउने तथा सरकारको मूल नीत के हुने भन्ने विषयमा छलफल भएको छ।